Wednesday, January 25, 2017

विष्णुदेवी मन्दिर परिसरको डीप बोरिंगको पानी कहिलेसम्म खान पाउने ?

विष्णुदेवी मन्दिर परिसरको डीप बोरिंगको पानी कहिलेसम्म खान पाउने ?



कीर्तिपुर नगरपालिकाभित्र विगत २ वर्षदेखि पानीको निकै समस्या हुँदै आइरहेको छ  । दुध पोखरी, सिम झवाहिटीको मुहानको पानी कम हुँदै गइरहेकोले त्यस मुहानबाट आउने पानीका केही हदसम्म भए पनि विकल्पको रुपमा की.न.पा. वडा नं. १८स्थित भाजंगाल विष्णुदेवी मन्दिर परिसरमा कीर्तिपुर नगरपालिका र श्री विष्णु देवी मन्दिर संरक्षण तथा उत्थान समाजको लागत सहभागितामा रु.२३,८८,०००÷को लागत र थप मेशिन जडान समेत गरी रु.२७,०००,००÷को खर्चमा पानीका लागि डिपबोरिङ्ग सफलतापूर्वक सम्पन्न गरी पम्प तथा ३०० मिटर पाईप समेत जडान गरी पानी निकाल्ने कार्य सम्पन्न भइसकेको छ ।
उक्त पानीलाई थप प्रसोधित तथा संकलन गरी वितरण प्रणालीमा जोड्नु पर्ने भएकोले कीर्तिपुर नगरपालिकाले तपशील बमोजिमका बजेट तत्कालै विनियोजन गरी कीर्तिपुर न.पा.का वडाहरु वडा नं.१८,१३।९,१७, ३का  वडावासीहरुलाई लाभान्वित हुने गरी तत्कालै काम थाल्न समाजका अध्यक्षले कीर्तिपुर नगरपालिकामा बजेट पेश गरिएको छ । जुन निम्न बमोजिम छ ।

१.फिल्टर प्लान्ट जडान गर्न रु.११,००,०००/ २. हाललाई प्लाष्टिकका ५००० लि.का ८ वटा ट्याङ्की रु. ४,००,०००/ ३.स्थायी स्टोर ट्याङ्की निर्माण १ लाख लिं क्षमममता जसको लगत इस्टिमेट समेत भैसकेको रु.२५,००,०००/ ४.पाईप विस्तार तथा अन्य खर्च रु.५,००,०००/ ५. डिपबोरिङ्ग गरेको ठाउँमा रिटेरिङ्ग वालको लागि रु.१५,००,०००/ गरी जम्मा रु.६० लाखको बजेट गत पौष १४ गते नगरपालिकामा समाजले बुझाएका थिए ।

 विश्वस्त सुत्रका अनुसार यस बजेटको विषयमा नगरपालिकामा दलिय संयन्त्रका साथ छलफल हुँदा कीर्तिपुर नगरपालिकामा संलग्न राजनीतिक संयन्त्रका प्रतिनिधि मध्ये एकजना वाहेक सबैले यस बजेटको पक्षमा स्वीकृति दिएका थिए । एक दलका प्रतिनिधिको विरोधका कारण सो बजेट आउने परिषदबाट अनुमोदन हुने नहुने ठेगान छैन । यदि यो बजेट उपलब्ध भएन भने यत्रो रकम खर्च गर्दा पनि कीर्तिपुर न.पा.का ५ वटा वडावासीहरुले पानी खान नपाउने देखिन्छ । २०७४ सालमा स्थानीय निकायको चुनाव हुने हल्ला छ । कसले यसमा अवरोध पु¥याई रहेको छ भन्ने जनताले थाहा पाएमा त्यो पार्टीको के हविगत होला समयमै विचार पु¥याउनु पर्ने देखिन्छ ।  छिट्टै यो समस्या समाधान भएर पानी खान पाउने आशाम जनता रहेका छन । जनताको लागि राजनीति गर्ने पार्टीहरुले जनताको पक्षमा निर्णय गर्नु अपरिहार्य छ ।

No comments:

Post a Comment