Thursday, February 2, 2017

कीर्तिपुरमा “संघीय प्रदेश र नेवाः” बारे अन्तक्र्रिया

कीर्तिपुरमा “संघीय प्रदेश र नेवाः” बारे अन्तक्र्रिया



ज्यापु महागुथि किपू नगरसमितिको आयोजनामा गत शुक्रवार कीर्तिपुर नयाँबजारस्थित कृष्णक्याटरिंग हलमा “संघीय प्रदेश रनेवाःत” विषयलमा अन्तक्र्रिया कार्यक्रम भयो । त्रिभुवन विश्वविद्यालय सिनासका प्राध्यापक डा.पंचनारायण महर्जन प्रमुख वक्ता रहनु भएको उक्त कार्यक्रम ज्यापु महागुथि किपू नगर समितिका अध्यक्ष  नजरराम महर्जनले संचालन गर्नु भएको थियो ।

प्रा.डा.पंचनारायण महर्जनले आफ्नो विचार राख्ने क्रममा भन्नुभयो, “हामी नेवारहरु भाषा, सांस्कृतिक क्षेत्रमा नाम कमाएका भिन्नै पहिचान भएको जाति हो । नेवारहरुको नेपालमण्डलको नामबाट नै नेपाल देशको नाम रहन गएको हो । नेवारहरुको सम्पदा, संस्कृति, बहाःबही हेर्न नै पर्यटकहरु नेपाल आउने हो । यस्तो ख्याती कमाएका जाति नेवारहरु आज आफ्नो पहिचान नै हराउने अवस्थामा पुगेका छन् । यसको कारण के हो भने हामी नेवारहरु नै हो । नेवारले नेवारको खुट्टा तान्ने, अरुलाई भए काँध थापेर माथि पु¥याउने एउटा कारण हो भने हामी नेवारहरु शासन प्रशासन कहिं पनि नपुग्नुको कारण पनि हो । हिजो उत्तम खेती, मध्यम व्यापार अनि सरकारी नोकरी भन्थ्यो । आज हामीसँग खेती गर्न खेत बारी छैन । कहिं कतै कसैको खेतबारी भए पनि खेती गर्न मन लाग्दैन । बाहिर जिल्लाबाट आएकाहरुले हाम्रो खेत बारी भाडामा लिएर खेती गरिरहेका
 छन । हामी काम गर्न अल्छि छौं । त्यस्तै व्यापार पनि हाम्रो हातबाट खुस्किरहेको छ । सरकारी जागीर खानमा पनि नेवारहरुले वास्ता गरेका छैनन् । प्रहरी र सेनामा त झन जान मन गर्दैन ।

सरकारी जागिर खान सक्दैन भनेर दरखास्त सम्म पनि राख्दैन । हामीमा मेहेनतको कमि छ । आजकल ठ्याक्कै उल्टो भएका छन् । अहिले सबभन्दा उत्तम सरकारी जागिर, मध्यम व्यापार अनि खेती भएका छन् ।”
 त्यस्तै उहाँले भन्नुभयो, “आज देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेको छ । नयाँ संविधानले ७ प्रदेश बनाएको छ । जसमा ३ नं प्रदेशमा हाम्रो स्वःनिगः पर्छ । जनसंख्याको आधारमा हेर्ने हो भने यो प्रदेशमा नेवारहरु १६ प्रतिशत मात्र छन् । त्यसैले हामी शासन सत्तामा पुग्ने कुरै छैन । त्यसो भएतापनि स्थानीय निकायमा हामी नेवारहरु एक धिक्का भयौं भने स्थानीय निकाय हाम्रो हातमा पर्न सक्छ । जुनसुकै पार्टीको भएतापनि नेवाःको इस्यूमा हामी एक धिक्का हुनुप¥यो । पार्टीको भ¥यांगमात्र हुने होइन हाम्रो ठाउँमा नेतृत्व लिन जान्नु प¥यो । अनि मात्र हाम्रो कल्याण हुन्छ । होइन भने भइगो, होस भन्ने बानी छाडेन भने हामी कहिले पनि माथि आउन सक्दैनौं । पहिले भाषा बाँचे जाती बाँच्छ भन्थे आज जाती बाँचे भाषा बाँच्छ भन्नु पर्ने भइसक्यो । किनभने अहिलेको बातावरण हेर्दा हामी विस्थापित हुने अवस्थामा पुगी सकेका छौं । हामी विस्थापित भयौं भने हाम्रो अस्तित्व कहां हुन्छ ? अस्तित्व नै रहेन भने भाषा कहाँ हुन्छ ? त्यसकारण विस्थापित नहुने उपाय सोच्नु प¥यो । अस्तित्व बचाई राख्नु प¥यो । हामी भयौं भने हाम्रो मातृभाषा रहन्छ, हामीले मातृभाषा छोड्दै गइरहेका छौं । मातृभाषा छाड्नु भएन । कुनै पनि जातिको पहिचान भनेको भाषा हो । जति भाषा सिकियो त्यो मान्छेको बौद्धिक क्षमता भएको प्रमाणित हुन्छ । त्यसैले हाम्रो जातीलाई बचाई राख्ने हो भने हामीले हाम्रो भाषा छाड्नु भएन ।”

  उहाँले स्थापित हुनको लागि धेरै प्रमाणहरु प्रस्तुत गर्नु हुँदै हरेक ठाउँमा आपूmहरुको सहभागिता जनाउनु प¥यो भन्नुहुँदै त्यसको लागि राजनीतिक, आर्थिक र अरुहरु ठाउँमा पनि हाम्रो पहुँच हुनुप¥यो । त्यसको लागि सबभन्दा पहिले हाम्रो परम्परागत बानी, व्यवहार, आचरण, संस्कारयात परिमार्जन गर्दै बाहुन, मारवाडीसंग सिक्नु प¥यो । अरुलाई दोष दिएर मात्र हुँदैन । आफैले गर्नु पर्ने कुरामा जोड दिंदै नेवाः जागरण हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँको मन्तव्य सुनेर प्रा.डा. शिवशरण महर्जन, कृष्णहरि महर्जन, शोभा महर्जन शाक्य, चण्डेश्वर महर्जन, उदय महर्जन, नन्दलाल महर्जन, नीलकण्ठ अमात्यले आ–आफ्नो धारणा राख्नु हुँदै प्रश्न पनि राख्नु भएको थियो ।

उहाँको जवाफले सहभागिहरु सन्तुष्ट भएको देखिन्छ । नेवाः जागरणको लागि यस्तो कार्यक्रम हरेक ठाउँमा बारंबार राख्नु पर्ने धारणा व्यक्त गर्नु भएको थियो ।

No comments:

Post a Comment