Sunday, February 5, 2017

जनसेवा उ.मा.वि.मा स्वागत तथा बधाई

जनसेवा उ.मा.वि.मा स्वागत तथा बधाई


कीर्तिपुर सन्देश ÷
दक्षिण भेगकै सबैभन्दा पुरानो विद्यालय जनसेवा उच्च मा.वि.ले गत पौष १६ गते शनिवार आफ्नै प्रांगणमा एक कार्यक्रम गरी कक्षा ११ मा नयाँ भर्ना भएका र वि.वि.एस. प्रथम वर्षका विद्यार्थीहरुलाई स्वागत तथा कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीहरुलाई बधाई दिइएको थियो ।

विद्यार्थी कैलास भट्टराईको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि काठमाडौं जिल्ला शिक्षा अधिकृत जयाप्रसाद आचार्य हुनुहुन्थ्यो । अन्य अतिथिहरुमा पूर्व राज्यमन्त्री दिलिप महर्जन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवलाल महर्जन, प्राचार्य नन्द कुमारी महर्जन र विभिन्न पुरस्कारका दाताहरु हुनुहुन्थ्यो ।

राष्ट्रिय गान पछि पानसमा दीप प्रज्वलन र सरस्वतीको मुर्तिमा पुजा गरी कार्यक्रमको सुरुवात गरिएको थियो ।
प्राचार्य नन्दकुमारी महर्जनले विद्यालयले गर्दै आएका विभिन्न क्रियाकलापहरुको बारेमा संक्षिप्त जानकारी दिनुहुँदै सबैलाई स्वागतलाई स्वागत गर्नु भएको थियो ।

कक्षा ११ मा नयाँ भर्ना भएका व्यवस्थापन तर्फ ३२ जना, शिक्षा तर्फ ३६ जना र टेक्निकल तर्फ ३१ जनालाई प्रमुख अतिथि, विद्यालयका अध्यक्ष र प्राचार्यले टीका, खादा र पूmलको गुच्छाबाट स्वागत गरिएका थिए । कक्षा १२ उत्तीर्ण भएका २५ जनालाई बधाई तथा शुभकामनाको साथै मायाको चिनो प्रदान गरिएको थियो ।
बधाई पाउनु हुने विद्यार्थीहरुको तर्फबाट कक्षा १२ का सृष्टि महर्जन, कक्षा ११ को सिम्रन श्रेष्ठ र कक्षा विविएस प्रथम वर्षको तर्फबाट मजित दाहालले मन्तव्य दिइएका थिए ।

त्यसपछि पुरस्कार वितरणको कार्यक्रम सुरु भयो । जस्मा स्व.हरिलाल–कान्छी स्मृति पुरस्कार सुरिस रत्न तुलाधरले व्यवस्थापन तर्फ रविना तामाङलाई, त्यस्तै स्वm चन्द्रमाया स्मृति प्रतिभा पुरस्कार उषा तुलाधरले शिक्षा तर्फ समिक्षा तामाङलाई, स्व. बाबुरत्न राजदेवी स्मृति प्रतिभा पुरस्कार महेशरत्न तुलाधरले समिक्षा तामाङ प्लस टु टपरलाई प्रदान गरियो । पला फ्रेण्डस् पुरस्कार विक्रम महर्जनले समिक्षा तामाङलाई प्रदान गरियो ।

पुनम अक्षय कोष दाता पद्मलाल महर्जन र कमला महर्जनले वितरण गर्नुभयो ।
त्यसपछि आफ्नो विषयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल हुनुभएका शिक्षकहरुलाई पनि पुरस्कृत गरिएका थिए । जसमा स्वास्थ्य तथा शारीरिक शिक्षामा शिक्षक देवराज महर्जन, पेडागोजी शिक्षा, मुल्याङ्कन, बाल विकास शिक्षामा शिक्षक तीर्थराज सापकोटा, शिक्षिका कुसुम प्रधानलाई मेजर अंग्रेजी शिक्षा र विजिनेस कम्यूनिकेशन, जानुका पौडेल अनिवार्य नेपाली शिक्षा, मेजर नेपाली शिक्षा, पुुष्प सिं थापामगरलाई अभ्यास शिक्षणमा पुरस्कृत गरिएका थिए ।

त्यसपछि विषयगत टपरलाई विषय शिक्षकले पुरस्कार दिने कार्यक्रम सुरु भयो । जसमा कक्षा १२ का सलिसा महर्जन मेजर अंग्रेजी प्राप्तांक ६७ लाई कुसुम प्रधान, अनिवार्य अंग्रेजीका लागि श्रीया प्रजापति र सृष्टि महर्जन प्राप्तांक ७१ लाई कुसुम प्रधान, अनिवार्य अंग्रेजी कक्षा १२ का सुशान्त थापा प्राप्तांक ८० लाई शिक्षिका कुसुम प्रधान, विजिनेस इङ््लिस विविएस प्रथम वर्ष रोजेन महर्जन प्राप्तांक ७२ लाई कुसुम प्रधान, विजिनेस कम्युनिकेशन विविएस द्वितिय वर्ष मिलिसा महर्जन प्राप्तांक ६० लाई शिक्षिका कुसुम प्रधानले प्रदान गर्नुभयो ।
न्यस्तै अनिवार्य नेपालीमा कक्षा ११ शिक्षा तर्फ मनिसा तामाङ प्राप्तांक ८० र कक्षा ११ श्रीया प्रजाप्रति प्राप्तांक ८० लाई शिक्षिका जानुका पौडेलले प्रदान गर्नुभयो ।

जनसंख्या शिक्षामा शिक्षक पुष्पसिं थापामगरले कक्षा ११ का मनोज चेपाङ र कक्षा १२ का इश्वर दोङलाई प्रदान गरियो । शिक्षक देवराज महर्जनले स्वास्थ्य तथा शारीरिक शिक्षा कक्षा ११ मनिसा तामाङ र कक्षा १२ का समिक्षा तामाङलाईस पुरस्कार प्रदान गरियो । त्यस्तै लेखा तर्फ कक्षा ११ का श्रीया प्रजापति, कक्षा १२ का पदममाया श्रेष्ठलाई शिक्षक शिवराम श्रेष्ठले पुरस्कार प्रदान गरियो ।

इलेक्ट्रिकल इन्जिनियरीङ कक्षा १२ का विद्यार्थीहरुलाई अतिथि ईं दुर्कमान महर्जनले आजिटि पत्र वितरण गर्नु भएको थियो । प्राविधिक प्रदर्शनीमा सहभागी शिक्षक तथा विद्यार्थीहरुलाई अतिथि ईं दुर्कमान महर्जन र ईं पद्मलाल महर्जनले प्रशंसा पत्र वितरण गर्नुभयो ।

उक्त कार्यक्रममा कीर्तिपुरकी चेली महिला बडिविल्दर ननिता महर्जन बज्राचार्यलाई सम्मान गरिएको थियो ।

No comments:

Post a Comment