Wednesday, February 8, 2017

कीर्तिपुरको खेलकुद परिसर ढलमतिमा परिणत सम्बन्धित निकाय मौन

कीर्तिपुरको खेलकुद परिसर ढलमतिमा परिणत सम्बन्धित निकाय मौन






कीर्तिपुर सन्देश÷
कीर्तिपुरको प्रवेशद्वार नयाँबजार जहाँ कीर्तिपुर प्रवेश गर्नेहरुलाई फोहरको डुंगुरले स्वागत गर्ने गरिंदै आइरहेको छ ।

          २०७३ आषाढ ३१ गते भव्य कार्यक्रम गरी कीर्तिपुरलाई दिशा मुक्त क्षेत्र घोषणा गरिएको थियो । दिसा मुक्त क्षेत्र घोषणा गर्दैमा दिसा मुक्त क्षेत्र भयो भएन अनुसन्धानकै विषय रहेको छ । तर फोहोर मुक्त भने हुन सकेको छैन ।

            बाटोको दक्षिणतिर प्लास्टिकको फोहोरको डुंगुर देख्न सकिन्छ । कसैले उक्त फोहोर सफा गर्ने प्रयास गरेको छैन । धेरै विरोध भएपछि नगरपालिकाले कहिलेकहिं डोजर पठाएर माटोले पुरिदिने काम गर्छ । गएको दशैंमा यही खेलकुद मैदानमा कीर्तिपुर महोत्सव भएको थियो । त्यतिबेला चौरमा पानी जमेकोले डोजर ल्याएर पानीको निकासको लागि ढल खोल्दा ढल फुटेको थियो । त्यसबेलादेखि बिग्रेको अथवा फुटेको ढल निकासलाई राम्ररी बनाएको छैन । महोत्सव गर्नेहरु एउटा पसल कवलको १५ हजार भाडा लिएर २ दुईसय पसलको ३० लाख रुपैया लिएर कुलेलम ठोके । कीर्तिपुरस्थित नयाँबजार क्लबलाई रु.एक लाख दिएको भन्ने सुन्नमा आएको हो । यथार्थ कति दियो थाहा छैन ।

      अहिले एक हप्तादेखि त्यहाँ अर्कै दृश्य देख्न र भोग्न परिरहेको छ । प्लास्टिक बालेर निस्केको धुवाँले बृद्ध बृद्धाहरुलाई सास फेर्न गाह्रो हुने त छँदै छ ।  कीर्तिपुर सामुदायिक खेलकुद मैदानमा बेला बेलामा ढल फुटेर मैदान ढलमति बन्न पुग्छ । जसले गर्दा फुटवल खेल्नेहरुले आफ्नो खेल स्थगित गर्नु पर्ने हुन्छ ।
   विगत एक हप्तादेखि उक्त स्थानमा कीर्तिपुरको आधाजसो ढलको निकास हुने ढल फुटेर मैदानमा छताछुल्ल भएका छन । आधा खेलकुद मैदानमा फोहर ढलको पानीले ढाकेको छ ।

यस्तो अवस्थामा फुटवल खेल्ने कुरै भएन । त्यो मैदानभन्दा अलि अग्लो ठाउँमा बनाई राखेको बास्केटवल कोर्ट र भलिबल कोर्टमा पनि ढलमतिमा परिणत भएको फुटवल खेल मैदानबाट आउने दुर्गन्धले गर्दा खेल खेल्नबाट बन्चित रहनु परेको छ ।

   त्यस्तै त्यस फोहरबाट उत्पन्न हुने फोहोरका दुर्गन्धले स्थानीयबासीहरु पिडित बनेका छन् । ती दुर्गन्धबाट आउने किटाणुहरुले जहाँ तोके पनि फोका उठ्ने चिलाउने गरेको छ । जसले गर्दा घरबाट बाहिर निस्कनै गाह्रो भएका छन ।

स्थानीयवासीले खानेपानीको शुल्क बुझाउन जाँदा पचास प्रतिशत ढल निकासको भनी शुल्क लिने खानेपानीमा रिपोर्ट गर्न जाँदा पनि वास्ता नगरेको, कीर्तिपुर नगरपालिकामा सिकायत गर्न जाँदा पनि बेवास्ता गरेको स्थानीयबासीको भनाई रहेको छ ।

  एक दुई दिनभित्र यो समस्याको समाधान भएन भने खानेपानी र नगरपालिका घेराउ गर्ने भएका छन । शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरेपछि कदा कदम चाल्ने तयारीमा रहेको एक जना स्थानीयवासीले कीर्तिपुर सन्देशलाई बताउनु भएको छ ।

No comments:

Post a Comment