Sunday, November 6, 2016

कतारमा नयाँ वर्ष र म्हपुजाको आयोजना

कतारमा नयाँ वर्ष र म्हपुजाको आयोजना











काठमाण्डौं उपत्यकाका आदिवासी नेवाः समुदायको पहिचान बनेको म्हपुजा उपत्यकामा मात्र सीमित नभई मुलुकभरी नै लोकप्रिय बन्दै गएको छ ।

नेपालको कुनै पनि कुनामा पनि म्ह पुजा भन्नासाथै नेवाः समुदायको पहिचान हो भन्ने कुरामा कसैको पनि दुई मत हुँदैन । त्यतिमात्र हैन पछिल्लो समयमा म्हपुजा अन्तर्राष्ट्रियकरण भएको छ ।
जुन जुन मुलुकमा नेवाः र नेपालका अन्य समुदाय बसोवास गर्दै आएका छन् ती स्थानहरुमा नेपालकै पहिचानको रुपमा म्हपुजा गर्ने प्रचलन हुँदै अएको छ ।

विभिन्न मुलुकमा सामुहिक रुपमा म्हपुजा गर्दै आएको समाचार विभिन्न संचार माध्यममा आइरहेको अवस्था छ । म्ह भनेको शरिर हो । शरिरलाई नै पुजा गर्ने विश्वको कुनै पनि समुदायमा नभएको मौलिक किसिमको यो संस्कृति भनेको संघर्षवादी सद्धान्तको आधारमा सौगन लिई मनाउने गरिन्छ ।

  वैदेशिक  रोजगारको लागि कत्तारमा पुग्नु भएका नेवारहरुले आफ्नो पहिचानको लागि नेवाः पुचः कतार गठन गरिएको छ । नेपाल सम्वतको नयाँ बर्ष र म्हपुजाको अवसरमा कत्तारको दोहामा नेवारहरु भेला भएर सामुहिक रुपमा म्हपुजा गर्नुका साथै नेपाल सम्वत ११३७ नयाँ वर्षको भिन्तुना आदान प्रदान गरियो ।
पाँगाका डा.देवकाजी डंगोल संरक्षक उक्त पुचःले डंगोलकै प्रमुख आतिथ्यमा सो कार्यक्रम गरिएको हो ।

महिला र पुरुष सम्मिलित उक्त कार्यक्रममा सांस्कृतिक मण्डः बनाएर सबैलाई सामुहिक रुपमा म्हपुजा गराएका थिए । म्हपुजा पछि भोजको आयोजना गरिएको थियो ।

No comments:

Post a Comment