Sunday, November 6, 2016

क्यानाडामा नेवाः पहिचान म्ह पूजा संस्कृती जोगाउंदै नेवार समुदाय

क्यानाडामा नेवाः पहिचान म्ह पूजा संस्कृती जोगाउंदै नेवार समुदाय



काठमाण्डौं उपत्यकाका आदिवासी नेवाः समुदायको जीवन्त एवं अमूर्त संस्कृतिको रुपमा रहेको र संसारमा नै उदाहरणको रुप लिन सफल म्हपुजा देशवाहिर पनि मनाउने क्रम झन झन तिब्र हुदै गएको छ ।

नेपालवाहिर विभिन्न मुलुकमा पुगेका नेपालीहरुले नेवाः समुदायको मात्र हैन नेपालकै पहिचानको रुपमा म्हपुजा गर्ने प्रचलन बढ्दै गएको छ । यो संस्कृति भनेको आफ्नो शरिरलाई बर्षको एक पटक पुजा गर्ने फरक किसिमको संस्कृति हो ।

झट्ट माथिका तस्विर हेर्दा तपाईंलाई लाग्न सक्छ काठमाडौंको कुनै नेवार बस्तीमा सामुहिक पूजा हुँदैछ । वास्तविकता त्यसो नभएर क्यानाडामा रहेका नेवार समुदायको सामुहिक म्ह पूजा हो यो । प्रवासमा एकै समुदायको यती ठुलो उपस्थिती हामी जो कोहीलाई पनि नौलो लाग्न सक्छ । क्यानेडियन नेवाः गुठीले टोरोन्टोको ब्राम्टोन टावर हलमा आयोजना गरेको ‘सामुहिक म्ह पूजा’ (अर्थात–आङ पूजा) मा झन्डै १५० क्यानाडाबासी नेपालीहरुको उपस्थित थियो ।

सामुहिक ‘म्ह पूजा’ संगै ११३७ औं नेपाल संवतको शुभकामना आदान प्रदान गर्दै सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो । केही बिदेशी र केही अन्य समुदायका मनिसहरु पनि पूजामा सहभागी थिए । प्रवासमा रहेर पनि आफ्नो संस्कृतीलाई निरन्तरता र संरक्षण गर्न सकिने नमुना स्वरुप यस्तो कार्यक्रम आयोजना गरिदै आएको आयोजकले बताएको छ । सन् २००५ पांच देखी निरन्तर हुँदै आएको म्ह पूजा १२ वर्ष पूरा गरेको खुशीयालीमा यो पूजालाई अर्को साल निकै बिषेश र भब्य बनाइने आयोजक संस्था नेवाः गुठीका महासचिब बिमल श्रेष्ठले बताए ।

No comments:

Post a Comment