Sunday, November 6, 2016

कीर्तिपुर नगरव्यापि वडास्तरिय बास्केटबल सम्पन्न

कीर्तिपुर नगरव्यापि वडास्तरिय बास्केटबल सम्पन्न



—नविन महर्जन

गत कार्तिक ८ गते सोमवारदेखि प्रारम्भ भै गत कार्तिक १५ गते सोमवार सम्पन्न भएको छैठौं कीर्तिपुर नगरव्यापि वडास्तरीय बास्केटबल पुरुष एवं प्रथम महिला ३ अन ३ बास्केटवलमा क्रमश वडा नं.१७ विजयी भएको थियो । महिला इभेन्ट्समा की.न.पा. १ वडाले जीत हासिल गरेको छ ।

कीर्तिपुर नगरपालिका र कीर्तिपुर वास्केटबल एकेडेमिको संयुक्त आयोजनामा आयोजित यस प्रतियोगिताको पुरुष तर्र्फ ११ टिम र महिलातर्फ ८ टिमले सहभागिता जनाइएको थियो । लिग कम नकआउटको आधारमा सञ्चालित यस प्रतियोगिताले पुनः एकपल्ट वास्केटल खेललाई निरन्तरता गर्न टेवा पु¥याएका छन् ।
विशेष गरी कीर्तिपुर खेलकुद विकास समाजको अगुवाईमा वास्केटवल खेलप्रेमीहरुले यस वास्केटबल खेलको उद्गम स्थल कीर्तिपुरबाट नगरव्यापी वडास्तरीय बास्केटवलको पाँचौं संस्करण सम्म दो¥याएको थियो ।

खेलप्रतिको स्थीलता एवं भूकम्पले गर्दा केही वर्ष यो वडास्तरीय बास्केटबल प्रतियोगिता आयोजना नभएको अवस्थामा यस कीर्तिपुर बास्केटबल एकेडेमीले कीर्तिपुर खेलकुद विकास समाजका प्रतिनिधिहरूसँग छलफल गरी यो प्रतियोगितालाई निरन्तरता दिनेकार्य अगाडी बढाएको साथै महिलाहरुको इभेन्ट्स पनि समावेश गरेपछि सुन माथि सुगन्ध थपेको जस्तो भएको छ ।

 कीर्तिपुरमा वास्केटबल खेलसँग सम्बन्धी प्रशिक्षक, आफिसियल, खेलाडी, खेलप्रेमी सबै छन जसले गर्दा विद्यालयस्तर खेलहरु यहाँ नियमित सञ्चालन भैराखेको छ ।

क्लबस्तरीय राष्ट्रिय प्रतियोगिताहरु पनि समय समयमा हुँदै आएको छ । जसको कारण छनोट गर्ने मुख्य प्रतियोगिता यस वडास्तरीय प्रतियोगिता हुँदै आएको थियो ।अझ योप्रतियोगिताले निरन्तरता पाएकोले खेलाडीहरु बढी खुशी देखिन्छ ।

यस छैठौं कीर्तिपुर नगरव्यापी वास्केटवल प्रतियोगितामा पुरुष तर्फको फाइनल खेल वडा नं. ३ र वडा नं.१७ बीच सम्पन्न भएको थियो । जसमा ६२–५० स्कोरले वडा नं.१७ विजयी हुन सफल भएको थियो ।

त्यसैगरी प्रथम थ्री अन थ्री महिला इभेन्ट्समा कीन.पा. १ वडाले ७ वडालाई १०–५ स्कोरले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको थियो ।

फाइनल खेल पश्चात एक समारोह बीच प्रमुख अतिथी सभासद राजेन्द्र कुमार के.सी.बाट पुरस्कार वितरण कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा अतिथीको रुपमा नेपाली कांग्रेस काठमाडौं जिल्ला सचिव राजकुमार नकर्मी, कीर्तिपुर नगर खेलकुद विकास समितिका संयोजक रमेश महर्जन, सोफेस नेपालका अध्यक्ष प्रा.डा. रामकृष्ण महर्जन, कीर्तिपुर खेलकुद विकास समाजका अध्यक्ष प्रदिप महर्जन लगायत सहभागी भएका
थिए । फाइनल खेल पूर्व यस क्षेत्रका रेफ्री, प्रशिक्षक र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेलाडीहरुलाई खादा लगाई सम्मान गरेका थिए ।

उत्कृष्ट खेलाडीमा महिला तर्फ वडा नं.१ का उरुषा महर्जन तथा पुरुष तर्फ वडा नं.१७ का सिद्धार्थ महर्जन घोषित भएका थिए । कार्यक्रम खेलकुद विकास समाजका सचिव नविन महर्जनले संञ्चालन गरेका थिए ।

No comments:

Post a Comment