Sunday, October 30, 2016

अमात्य वंशावलीको केही कुरा— १

अमात्य वंशावलीको केही कुरा— १




राजेन्द्र अमात्य
उपत्यकामा पाइने जन जातिको थरले उपनाम जनाए पछि त्यसको इतिहास केलाउन सजिलो भएको छ । उपनाम जनाउनुको अर्थ सर्वप्रथम आफ्नो ऐतिहासिक व्यवसाय रहेको देखिन्छ ।

अर्कोतिर समयको अन्तरालबाट नयाँ व्यवसाय अपनाइएको देखिन्छ । त्यसरी उपनाम जनाउने एक थरी थर “अमात्य” रहेको कुरा वंशावली प्रकाशन समिति ललितपुरका सम्पादक रबीन्द्रलाल अमात्य लगायत ९ जना कार्य समिति खडा गरी “अमात्य वंशावली” नामक एउटा पुस्तक प्रकाशित गरेको छ । त्यही पुस्तक अध्ययन गरी केही कुरा यहाँ प्रस्तुत गर्न चाहन्छु ।

अमात्य वंशावली प्रकाशन समितिले कीर्तिपुर, ललितपुर, भक्तपुर, काठमाडौं तथा देशभर फैलिएका अमात्यहरुको खोजि नीति गरी एउटा वंशावली प्रकाशन गरेको छ । अमात्य समुदायमा पनि विशेष गरी ललितपुरका आठ कवलका अमात्य दाजुभाईहरुलाई एकत्रित गरेर जोशी चक्र अनुसार पूजा दिने र त्यसपछि सोही कवलका अमात्यमध्ये थकालीले श्री ३ महाराज तथा इन्द्रायणीको पुजा गरेर प्रसाद ग्रहण गर्ने चलन आजभन्दा करिव २०० वर्ष अगाडि आफ्नो कोही सन्तान नभएका एउटी महिलाले महाजु (अमात्य) गुथीको स्थापना गरी गुथि संचालनको लागि केही आर्थिक व्यवस्था गरेको र त्यही बेलादेखि हालसम्म गुथि
निरन्तर संचालन भएको कुरा अमात्य वंशावली पुस्तकमा उल्लेख गरिएको छ ।

आठ कवलका सबै दाजुभाईहरुको परिवार खोज्ने दौरानमा अरु अमात्य परिवार पनि सङ्कलन र सोधखोज गरेर सम्पूर्ण अमात्य समुदायका दाजुभाईहरुको बन्धुत्वको भावना सृजना गनं खोजेको र ६ थरी नेवार समुदाय मध्ये एक थर अमात्यको अलग पहिचान भएको अमात्य प्रशासनबाट पाएको प्रमुख पदको नामबाट अमात्य थर रहन गएको कुरा उल्लेख गरेको छ ।

अमात्य वंशावलीमा अमात्य थरका दाजुभाईहरुको सम्बन्ध कायम रहेमा अमात्य थरका व्यक्तिले अरु अमात्य थरका व्यक्ति अनजानमा एक–आपसमा विवाहगरी गर्न नहुने कुरा पनि उल्लेख गरेको छ ।
वर्तमान परिप्रेक्षमा अमात्य मात्र होइन, नेपालभर फैलिएका विभिन्न जातजाती तथा वर्गले पनि आ—आफ्नो वंश परम्परा अनुसार वंशजको खोजीनीति गर्नु पर्ने आवश्यक देखिन्छ । अमात्य वंशावली पुस्तकमा नेपाल
राज्यभर फैलिएर बसेका अमात्य परिवारका आ–आफ्ना पुर्खा हरुको नाम र सन्ततीहरुको नाम क्रमबद्ध रुपमा लेखिएका छन् । २०६४ सालतिर वंशावली प्रकाशन समितिका सम्पादक रविन्द्र्रलाल अमात्यले मेरो आफ्नै घरमा आएर सो पुस्तक दिएका हुन् । पुस्तकमा प्रकाशित समाग्रीहरु राम्रो लागेर पुस्तक सुरक्षित राखी राखेका छौं ।

सो पुस्तकमा काठमाडौं उपत्यकामा तीन थरी थर पाइन्छ भन्ने कुरा लेखिएका छन् । एकथरी थर व्यवसायबाट रहेको छ । दोस्रो थरी थर प्रशासनबाट मिल्न गएको र तेस्रो थरी थर धर्मबाट पाएको कुरा उल्लेख छन् । अमात्य वंशावलीमा अमात्य प्रशासनबाट पाएको थर हो भनि प्रमाणित गरेका छन् ।

नेपालको इतिहासमा सर्वप्रथम अमात्य शब्द कुनै एक व्यक्ति भगवश्वद्रले पाएको अभिलेख देवपाटनस्थित शक सम्बत् ५६८ बिक्रम सम्वत् ७०३ तदनुसार सन ६४६को भट्टारक नरेन्द्र देवको पालामा प्रकाशित भएको कुरा लेखिएको छ । नामको अगाडी अमात्य आएकोले यो शब्द थर नभईकन प्रशासन चलाउने प्रमुख पदको नामबाट अमात्य हुन गएको भन्ने कुरा स्वीकार्न सकिन्छ भनिएको छ ।

भारत तथा नेपालको समकालीन गुप्त इतिहास तथा त्यसको क्रमिक इतिहासमा भनिएको छ— त्यसबेला
राजनीतिक संस्कारमा राजालाई सहयोग गर्ने अमात्यलाई राजामात्य भनिएको कुरा लिच्छवीकालीन अभिलेखमा इतिहासविद धनबज्रले लेखिएका हुन भनिएको छ ।

राजा जयस्थिति मल्लको सामाजिक सुधारमा पाएका अनेक थरमा अमात्य पाएकोले इतिहासविद्हरुमा यो थर नभइकन प्रशासकीय नामबाट प्रख्यात भएको वर्णन पाइन्छ । त्यसरी वर्णन पाइएतापनि मल्लकालीन युगमा कुनै पनि उच्च भारदारलाई अमात्यको संबोधन नपाएकाले सो सुधारको वर्गीकरणमा यो अमात्य केवल थर भएको कुरा प्रमाण छ भनि लेखिएको छ ।

मुल्मी, मास्के, जोशी र प्रधान थरलाई मात्र संबोधन पाएकोले अमात्य जनजातिको एक थरमा ५ थरीको सत्यता पाएको कुरा नदेखिनुमा यसको ऐतिहासिक सांस्कृतिक इतिहासमा कहिले संस्कारित भयो भन्ने कुरा किटान पाउन नसक्नु भन्ने कुरा लेखिएको छ । क्रमश....

No comments:

Post a Comment