जेल डायरिको छैठौं
अंशको बाकि—
सातौं भाग—
त्यसपछिका ५
दिन हनुमान
ढोका प्रहरी
खोरमा
छोराले दिन
का दिन
मलाई विहान
बेलुका खाना
पु¥याइरहेको
छ ।
मेरा साथीहरू,
आफन्तहरू बिहान
बेलुका मलाई
भेट्न आइरहेका
छन् ।
हातमा हतकडी
लगाएर बाहिर
जान मलाई
मनै पर्दैन
। तर
के गर्ने
? यो मेरो
बसको कुरा
होइन ।
सबैजनाले अदालतमा
पेशी भयो
भने म
छुट्छु होला
भनेर ढाडस
दिएर जान्छन्
। हनुमान
ढोका खोरमा
बस्दाबस्दै मैले थाहा पाएँ कि
सार्वजनिक मुद्दामा २४ दिन, जिउ
मास्ने बेच्ने
र जवरजस्ती
करणीमा ४०
दिन र
लागू औषध
र बन
मुद्दामा ९०
दिन खोरमा
राख्नसक्छ । म यहाँ आएको
भर्खर ६
दिन भयो
। मेरो
दसैं खोरमै
बित्ने भयो
।
पैसा हुने र
आफ्ना ठूला
मान्छे हुनेहरूको
लागि प्रहरी
खोर पनि
होस्टेल जस्तो
रहेछ ।
म बस्ने
कोठामा दुई
जना हत्ताकत्ता
युवाहरू छन
। उनीहरूलाई
हरेक दिन
प्लास्टिकमा प्याक गरीराखेका खानाहरू बाहिरबाट
पठाउँछन ।
कुखुराको सांप्रो,
पुलाउ, माछा
आदि खाना
हुन्थ्यो ।
दिनका दिन
त्यो खाना
खाएर उनीहरूलाई
वाक्क लागिसकेका
थिए ।
एकदिन उनीहरूले
मेरो खानासँग
साट्ने भन्यो
। हरियो
साग तरकारी
र छ्वयला
दिएँ, मलाई
कुखुराको साँप्रो
र माछा
दियो ।
पछि मैले
थाहा पाएँ,
उनीहरु त
काठमाडौंका डन रहेछन । ठेक्का
पट्टाको काममा
झगडा हुँदा
दुई जना
मान्छेहरूलाई काटेर आएका रहेछन ।
अहिले ती
मान्छेहरू अस्पतालमा औषधी गराईरहेका छन
। यदि
उनीहरू म¥यो भने
ज्यानमारा केस लाग्ने, मरेन भने
ज्यान मार्ने
उद्योग केस
लाग्ने भएको
छ ।
तैपनि उनीहरूलाई
कुनै फिक्रि
छैन ।
उनीहरूत यहाँ
आराम गर्न
आएको पो
भन्छन ।
दिउँसो १२ बजेतिर
एकजना असईले
मलाई लिन
आयो ।
कहाँ जाने
भनेको त
माथि जाने
भन्यो ।
मलाई हतकडी
नलगाईकन बाहिर
लग्यो ।
बाहिरबाट माथि
अफिस कोठामा
लैजान लाग्यो
। मैले
मनमनै सोचें—मलाई केरकार
शाखामा लगेर
केरकार गर्न
लागेको होला
। जतिसुकै
पिटे पनि,
पिट्दा पिट्दै
मारे पनि
आपूmले
गर्दै नगरेको
अपराध स्वीकार्दिन
।
माथि पुगेपछि एउटा
कोठामा जान
भन्यो ।
कोठाभित्र गएको त डी.एस.पी.कुर्सिमा
बसिरहेको थियो
। उसको
सामुन्ने सोफामा
सानुराजा शाक्य
र राजेन्द्र
श्रेष्ठ बसिरहेका
थिए ।
दुबैजनासँग हात मिलाएँ । म पनि उहाँहरूसँगै
बसें ।
कुराकानी भयो
।
“अब जे हुन्छ
अदालतबाट हुन्छ
। यहाँबाट
केही हुँदैन
बरु प्रहरी
कार्यालयबाट के सुविधा दिउँ ?” भनेर
डिएसपीले सोध्यो
।
“म लेखक हँु
। मलाई
कापी कलमको
व्यवस्था मिलाई
दिनुहोस् ।”
मैले भनें
।
“हामी तपाईंलाई
कापी कलम
त दिन्छु
तर त्यो
कापीको सुरक्षा
गर्न सक्नुहुन्छ
?” डीएसपीले भन्यो, “तपाईंलाई पाना गनेर
कापी दिन्छु
। गनेर
मात्र कापी
बाहिर लैजान
दिन्छु ।
त्यतिबेला एक पानामात्र कम भयो
भने तपार्इंमाथि
कारवाही हुनेछ
।”
म नाजवाफ भएँ
। त्यो
कापीको सुरक्षा
गर्न सकुंलाजस्तो
मलाई लागेन
। किनकी
यहाँभित्र खोरमा एकसे एक हात
सफाई गर्नेहरू
छन ।
अस्ति मेरो
खल्तीमा रहेको
चार सय
रुपैयामा एक
सय रुपैयाँ
कसैले निकालेको
थियो ।
त्यसैले मैले
कापी कलमको
कुरा नगरीकन
भनें— म
डायबिटिजको रोगी मलाई हिंडिरहनु पर्छ
। त्यसैले
तल यता
छेउबाट उता
छेउसम्म हिंडन
दिनुहोला ।
रोलकलमा जान
भ¥याङमा
तल माथि
गर्दा हिंड्न
गाह्रो छ
। रोलकलमा
जान नपर्ने
गराई दिनुस
।”
“ल हुन्छ, म
केटाहरूलाई भनिदिन्छु । डायबिटिजको रोगीलाई
बलात्कारको आरोप ? हा..हा..हा
कुनै संस्था
लागेको होला
।” डीएसपीले
हाँस्दै भन्यो
।
“हो, भ्वाइस अफ
चिल्ड्रेन भन्ने संस्था लागेको छ
।” मैले
भनें ।
डि.एस.पि.को कोठामा
निकैबेर कुराकानी
भयो ।
के मात्र
कुरा गर्ने
? सानुराजा र राजेन्द्र जान उठ्नुभयो
। म
तल आएँ
। त्यस
दिनदेखि मलाई
त्यहाँ बरण्डाभित्र
घुम्न दियो
। प्रहरीहरूले
पनि सम्मान
दिन थाले
। अबदेखि
मैले रोलकल
हुँदा तल
चोकमा उभिन
जानु परेन
।
पेशीको लागि अदालत
या सीडीओ
अफिस लगेका
५÷६
जना हरेक
दिन छुट्ने
या जेल
चलान हुन्थ्यो
। फेरि
८/१०
जना थप्थे
। दुई
सय पचास
जनाभन्दा कम
कहिल्यै भएन
। जानेभन्दा
आउनेको संख्या
बढ्न थाले
। केटाहरू
मात्र होइन,
केटीहरू आउनेक्रम
पनि बढ्न
थालेको छ
। केटीहरू
पनि कोही
मसाज सेन्टरबाट,
कोही डान्सबारबाट
समातेर ल्याएको
भन्थ्यो ।
३५/४०
वर्ष उमेरका
महिलाहरूलाई पनि ल्याएको छ । कोही लागूऔषध
प्रयोग गरेका,
कोही क्यासिनोबाट,
कोही जिउ
मास्ने बेच्ने
अभियोगमा पक्राउ
गरेर ल्याउँथ्यो
। ती
केटीहरूलाई फकाउन त्यहाँ भित्रका दादा
टाइपका केटाहरू
कुरा गर्न
जान्छन ।
उनीहरूलाई चिया खुवाउँछन् । बाहिरबाट
मगाएर खाना
खुवाउँछन ।
उनीहरू दिनभरि
कोठामा हुँदैनन्
। कहाँ
जान्छन् कहाँ
जान्छन् ।
चेकिंग आउने
बेलामा भने
आइपुग्छन ।
मलाई सबभन्दा गजब
त एकैदिनमा
६ जना
तेश्रो लिंगीहरू
समातेर ल्याउँदा
भयो ।
अहिलेसम्म मैले लिंग नछुटेका तेश्रो
लिंगीहरू खासै
देखेको थिएन
। अहिले
प्रत्यक्ष देख्न पाउँदा म खुशी
भएँ ।
एक जनाको
अनुहार केटाजस्तो
थियो, लुगाचाहिं
केटीको लगाइराखेको
थियो ।
मैले उसलाई
हेरिरहँदा उनले भनिन्, “ए बुढो
† मलाई देखेर
लोभ लाग्यो
कि क्या
हो ?”
एक जना केटाले
मेरो हात
समातेर कोठाभित्र
लगेर भन्यो,
“बा, यिनीहरूसँग
आँखा जुधाउनु
हुँदैन ।
बोल्दै नबोल्ने
। यिनीहरूले
हाम्रो बेइज्जत
गरीदिन सक्छन्
।’
मलाई सहयोग गर्दै
आइरहेका बाजिगरको
पेशी हुनेभयो
। फाइल
बुझाउन दुई
सय रुपैयाँ
खर्च चाहियो
भन्यो ।
अनि बल्ल
ऊसँग सोधें,
“बाबु तिमी
के मुद्दामा
आएको ?”
“बा, म पोखरा–काठमाडौं चल्ने
बसको खलासी
थिएँ ।
एकचोटी बसमा
ठूलै मान्छेको
पाकेट मारेछ
। थानकोट
पुगेपछि पाकेट
मारेको उसले
थाहा पाएछ
। सबैको
पाकेट हे¥यो । झोला चेक
ग¥यो
। उसको
पैसा भेटाएन
। अनि
मैले नै
पाकेट मारेर
पैसा गायब
गरेको भन्ने
आरोप लगाएर
मलाई प्रहरीमा
बुझाई दियो
। आज
एक्काईस दिन
भयो ।
अब चौबीस
दिनको दिन
सी.डी.ओ अफिस
लान्छ ।
धरौटी खुल्छ
होला ।
तर के
गर्ने धरौटी
तिर्न सक्दिन
। म
जेल जानुपर्छ
। तपाई
छुट्नुस है
बा ।”
मैले उसलाई दुई
सय रुपैयाँ
दिएँ । ऊ खुसी भयो
।
No comments:
Post a Comment