Sunday, September 25, 2016

समाजसेवी बुद्धिवहादुर ज्यापुसँग एकछिन

समाजसेवी बुद्धिवहादुर ज्यापुसँग एकछिन



कीर्तिपुर नगरपालिका वडा नं ९ पाँगा धोकासी टोलका समाजसेवी बुद्धिवहादुर ज्यापु आमा हरिमाया र बुवा सिंह बहादुर महर्जनका जेठा छोराको रुपमा वि.सं. २००० श्रावण १२ गते जन्मनु भएको हो । उहाँको  श्रीमति मोति देवी डंगोल, एक्लो छोरा ओमप्रकाश डंगोल र छोरीहरु इन्दुलक्ष्मी महर्जन र सृृजना महर्जन हुन । उहाँ कीर्तिपुर नगरपालिकाको वडा नं. ९ मा २०५४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडाध्यक्षको उम्मेदवार हुनुहुन्छ । उहाँको छोरा ओम प्रकाश डंगोल हाल बेलायतमा बसोबास गर्नुहुन्छ । —सं. 

तपाईंको पारिवारिक पृष्ठभूमि थाहा भयो । अब तपाईंको शिक्षा दिक्षाको बारे केही बताउनुहोस ।
मैले प्राथमिक शिक्षा पाँगाको जल विनायक आधार स्कूलबाट प्राप्त गरेको थिएँ । त्यसपछि काठमाडौंको क्षेत्रपाटीस्थित जुद्धोदय पब्लिक हाइस्कुलबाट २०१७ सालमा एस.एल.सी. पास गरेको थिएँ । सरस्वती कलेजबाट बि.ए. पास गरेको थिएँ । जागिरको दौरानमा देश–विदेश घुमेर विभिन्न विषयमा तालिमहरु प्राप्त गरेको छु ।
तपाईंको पेशा प्रवेश र पेशा र शिक्षा सम्बन्धि केही जानकारी दिनुहोस ः 

वि.सं. २०१९सालमा पाँगामा भरखरै खुलेको विहान संचालित जनसेवा प्रौढ हाईस्कुलमा शिक्षक भै २०२७ साल कार्तिक मसान्तसम्म काम गरेको थिएँ । सो स्कुललाई गति दिन सो अवधिमा मैले गरेको मेरो जीवनको कठिन र चुनौतिपूर्ण काम रह्यो । सो अवधिमा वि.सं.२०२६ सालदेखि २०२७ साल कार्तिक सम्म सो स्कुलमा प्रधानाध्यापकको जिम्मेवारी सम्हालेको थिएँ । वि.सं.२०४०/०४१ देखि २०४३/०४४ सालसम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पनि भएको थिएँ । हाल जनसेवा उच्च मा.वि.मा उत्कृष्ट शिक्षकको लागि तहगत पुरस्कार दाता र जनाधार सामुदायिक क्याम्पसको संस्थापक सदस्य मध्ये एक हुँ । हाल जनसेवा उच्च मा.वि. यस स्थितिमा पुगेको देख्दा मलाई गर्वको अनुभूत भैराखेको छ । सहयोगी साथीभाइहरुमा आभार प्रकट गर्दछु ।

तपाईले के कस्तो सामाजिक सेवा गर्नुभएको छ ?

जनसेवा स्कुलको स्थायित्व तथा प्रगतिको लागि २०१९ सालदेखि भौतिक, आर्थिक रुपमा योगदान गर्दै आइरहेको छु । बैंक नोकरीको दौरानमा १६/१७ वर्ष काठमाडौं बाहिर बिताउनु परेकोले दुःख लाग्छ । हाल टोल, छिमेक समाजमा विकाससँग सम्बन्धित विभिन्न कार्यक्रमहरुमा विभिन्न रुपमा सक्दो सहयोग गर्र्दै आइरहेको छु । भविष्यमा पनि निरन्तर रहने छ । २०५० सालमा पाँगा सहकारी संस्थामा अध्यक्ष भै काम गरेको र हा केही सहकारी संस्थामा सल्लाहकारको रुपमा काम गरिरहेको छु । ज्यापु महागुथि किपूको आजीवन सदस्य र पाँगा धोकासी टोलको बिचा गुठिको कोषाध्यक्ष भै काम गर्दैछु ।

तपाईंको राजनीतिक संलग्नता कुन पार्टीसँग छ ?

वि.सं.२००६ सालदेखि नै बामपंथी नेताहरु मेरो घरमा आवत जावत थियो । मेरा पुर्वजहरु किसान संघमा लागेको हुँदा ममा सोही छाप लागेकोले म बामपंथी विचारधारालाई समर्थन गर्थें । २०५४ सालको स्थानीय निर्वाचनमा ने.क.पा. एमालेको टिकटबाट कीर्तिपुर नगरपालिका वडा नं.९ को वडाध्यक्षमा चुनाव लडेको थिएँ । हालसम्म नेकपा एमालेमै आवद्ध छु । खासमा म आपूmलाई प्रजातान्त्रिक समाजवादीको रुपमा चिनाउन रुचाउँछु ।
तपाईंले आफ्नो नामको पछाडि ज्यापु राख्नाको  कारण के होला ? ः 

त्यतिबेला ज्यापु भनेपछि साहै्र हेला गथ्र्यो । ज्यापुहरु अशिक्षित, असभ्य भन्ने ठान्थ्यो । अलिकति पढेलेखेकाहरु डंगोल, सिंह, सुवाल भनेर लेख्थे । म एसएलसी जाँच दिने भएपछि ज्यापुले पढ्न सक्छ भनेर ज्यापु जातीको पहिचान दिन र समाजमा सशक्त रुपले स्थापित गराउन, नाम प्रतिष्ठा कमाई प्रेरणाको स्रोत बन्ने उच्च आकांक्षाले गर्दा मैले ज्यापु लेखें । त्यही ज्यापु लेखेको कारण उच्च शिक्षा हासिल गर्न मलाई प्रेरणा पनि दियो ।
ज्यापु जात राख्दा कुनै किसिमको अप्ठेरो महसुस गर्नु भएको छ ?

सुरु सुरुमा अलि हिनताबोध भएको थियो । त्यो पनि नेवार समुदायमध्येबाटै हेलाको भाव सुनिन्थ्यो । तर समाजका स्थापित, विद्वान, प्रतिष्ठित व्यक्तिहरुबाट प्रशंसा बढी पाएको छु । आफ्नो कार्यालय भित्र बाहिर खटिंदा इज्जत तथा सद्भाव बढी आर्जन गरेको छु ।

तपाईं यु.के पनि घुमेर आउनु भयो । त्यहाँ नेवारहरुको स्थिति कस्तो पाउनुभयो ?

-युकेमा खासगरी लन्डनमा नेवारहरुले आफ्नो पहिचान कायम राखेको देखेको छु । त्यहाँका नेवारहरु समय समयमा एकै ठाउँमा भेला भै आफ्ना संस्कृति तथा पहिचान झल्किने विविध खाले कार्यक्रमहरु गर्दै आइरहेका छन् । हरेक साल तिहारमा म्हपुजाको दिन विविध कार्यक्रम गरी नेपाल सम्वतको नयाँ वर्ष मनाउँछन् । त्यसदिन कुनै रेष्टुराँ वा हलमा नेवारी परम्परा अनुसार आकर्षक मण्डप बनाएर सजिसजाउ भई सामुहिक म्हपुजा गर्ने विशिष्ट चलन पनि त्यहाँ पाइन्छ । आफ्ना संस्कृतिको पहिचान स्वरुप योमरी पुन्हीका दिन पनि सबै मिलेर विशिष्ट मौलिक परिकारको रुपमा सामुहिक योमरी बनाई अन्य परिकारको साथमा खानपिन गरी आपसमा रमाउने गरेको पाइन्छ । यसरी नेवारहरुको सुन्दरतम मैत्री तथा सद्भाव झल्काउने परंपरा रही आएको देखिन्छ ।

पाँगाको हिजो र आजको अवस्थामा कतिको भिन्नता पाउनु भएको छ ?

--राजनैतिक चेतना, व्यक्तिको शिक्षा तथा आर्थिक क्षेत्रमा राम्रो प्रगति भएको छ । रहन सहनमा धेरै परिवर्तन आएको छ । तर व्यक्तिवादी सोच र स्वार्थपना हावि हुँदै गएको देखिन्छ । व्यक्तिमा असन्तोष बढी देखिन्छ । समाजमा गुटवन्दी भावना बढ्दो छ ।

हाल देशको राजनीति प्रति तपाईं सन्तुष्ट हुनुहुन्छ ?

विक्रम संवत २०६२/०६३ को आन्दोलन पछि लोकतान्त्रिक गणतन्त्र आएपछि देशको विकाशमा गति लिने अपेक्षा थियो । तर यहाँ राजनेताको अभाव खट्किो, सत्ता र भागबण्डाको राजनीति मौलाएको, समानुपातिक सभासदको व्यवस्था आदिले देशमा सरकारको अस्थिरता छ । जुन देशको विकाशमा चुनौति बनेर खडा भएको छ । यस्तो स्थितिमा कोही सन्तुष्ट हुन सक्ला र ? विचारणीय छ ।

No comments:

Post a Comment