Friday, May 3, 2013

पर्सामा सङ्घीय समाजवादी पार्टीका प्रशिक्षण

अंक ९१ ने. सं. ११३३ चौलागा खष्ठी बुधवाः २०७० बैशाख १८ गते बुधवार May 1, 2013

पर्सामा सङ्घीय समाजवादी पार्टीका प्रशिक्षण

सङ्घीय समाजवादी पार्टी नेपालको पर्सा जिल्ला समितिले  विरगंज, आदर्शनगरको चावोसति धर्मशालामा जिल्ला समिति सदस्यहरू तथा क्षेत्रीय समितिका पदाधिकारीहरूको लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । अत्यन्तै उत्साहवद्र्धक रूमा सम्पन्न भएको उक्त कार्यक्रममा सङ्घीय समाजवादी पार्टी, नेपालका महासचिव राजेन्द्र श्रेष्ठले– नेपाली जनताको परिवर्तनको महान आकांक्षालाई पुराना पाटीहरूले सम्बोधन गर्न नसकेको तथा तिनिहरूसँग नयाँ विचार पनि नभएको हुँदा नयाँ शक्तिको रूपमा सङ्घीय समाजवादी पार्टी नेपालको गठन भएको हो । सङ्घीय समाजवादी पार्टी नयाँ विचार, संगठन र कार्य पद्धतिका साथ मुलुकको समस्यालाई सम्बोधन गर्न लागी पर्नेछ । यस पार्टीले बैज्ञानिक दर्शनको रूपमा माक्र्सवादलाई आफ्नो सैद्धान्तिक आधार मानेको छ । तर नेपाली क्रान्तिको मार्ग निर्देशक सिद्धान्त भने सङ्घीय समाजवाद नै हो । नेपाली समाजको परिवर्तनको लागि नेपाली कांग्रेसको लोकतान्त्रिक समाजवाद र एमालेको जनताको बहुदलिय जनवाद असफल भै सकेको सन्दर्भमा हामीले सङ्घीयता र समाजवादलाई संयोजित गरेर २१ वटा लोकतन्त्रका साश्वत मूल्य र मान्यता सहितको सङ्घीय समाजवादलाई नेपाली क्रान्तिको सिद्धान्तको रूपमा प्रस्तुत गरेको बताउनु भयो ।

उहाँले मुलुकको समृद्धी र मानवले मानवलाई गर्ने सबै खाले शोषणबाट मुक्तिको लागि समाजवाद आवश्यक रहेको कुरा राख्नु भयो । वर्तमान राजनीतिक तथा संवैधानिक गतिरोध अन्त्यका सन्दर्भमा राष्ट्रपतिद्वारा अन्तरिम संविधानको मूल मर्म र भावना, लोकतन्त्रको मूल्य मान्यता, बाधा अड्काउ फुकाउसम्बन्धी मान्य सिद्धान्त र राष्ट्रिय हित विपरीत गरिएको २५ बुँदे संविधान संशोधन आदेश खारेज गर्नु पर्ने, राजनीतिक संयन्त्रको नाममा तीन दल र मधेशी मोर्चा समेतको चार पक्षीय सिन्डिकेट हुन नहुने तथा वर्तमान रेग्मी सरकार आफ्नै खुट्टामा उभिन नसक्ने गरी ४ पक्षीय सिन्डिकेटले “सिखंडी” बनाएको कुरा उल्लेख गर्दै संविधान सभा नभएको वर्तमान परिप्रेक्षमा राष्ट्रिय सहमतिको लागि निर्वाचन आयोगमा दर्ता भएका सबै दलहरूबीचको सम्मेलनबाट निचोड निकाल्नु पर्दछ भन्ने सङ्घीय समाजवादी पार्टीको मान्यता रहेको बताउनु भयो । यसका लागि असंवैधानिक संविधान संशोधनको खारेजी र चार पक्षीय संयन्त्रको विघटनको पक्षमा रहेका सबै शक्तिहरूसँग मिलेर संयुक्त जन संघर्ष अगाडि बढाउने बताउनु भयो । सङ्घीय समाजवादी पार्टी नेपाल पर्सा जिल्ला अध्यक्ष सरिफ अहमदको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष विरेन्द्र यादवले स्वागत मन्तव्य राख्नु भएको थियो । सचिव नथुनी प्रसाद कुशवाहाले संचालन गर्नु भएको उक्त कार्यक्रममा राजेन्द्र श्रेष्ठले सङ्घीय समाजवादी पार्टी बारे, पार्टी केन्द्रिय सदस्य नित्यानन्द ताजपुरियाले पार्टी विधान र संगठनात्मक सिद्धान्त बारे तथा केन्द्रिय सदस्य राजकुमार यादवले नेतृत्व विकास बारे प्रशिक्षण दिएको थियो ।

No comments:

Post a Comment