Friday, May 3, 2013

भावनाले मात्र नेपाली वीचको एकता संभव छैन

अंक ९१ ने. सं. ११३३ चौलागा खष्ठी बुधवाः २०७० बैशाख १८ गते बुधवार May 1, 2013

भावनाले मात्र नेपाली वीचको एकता संभव छैन

काजी किसान शेर्पा

नेपाली एकता र नेपाली  राष्ट्रियता निम्न मुल आधारहरूमा मात्र संभव छ ।

१. हिन्दु राजा र हिन्दु राज्य हुँदाको ‘हिन्दु धर्म’ अब गणतन्त्रको युगमा नेपाली एकता आधार हुन सक्दैन । धार्मिक रूपमा ‘धर्म निरपेक्ष’ राज्य नेपाली एकताको मुल आधार हो ।

२. एकसय भन्दा बढी भाषा भएको देशमा ‘खस भाषा’ नेपाली एकताको आधार हुन सक्दैन । भाषिक रूपमा सबै नेपाली बीचको एकता बलियो बनाउने हो भने ‘सबै मातृ भाषालाई नेपालको राष्ट्रिय’ भाषाको मान्यता दिनुपर्छ । मातृभाषा हरूको माध्यमबाट शिक्षा हासिल गर्न पाउनु पर्छ । संस्कृति भाषाको लागि १७ करोड वार्षिक बजेट दिने मातृभाषाको पाठ्य पुस्तक छाप्न ५ लाख बजेट दिन नसक्ने जस्ता विभेदकारी नीतिमा परिवर्तन नभएसम्म भाषिक रूपमा राष्ट्रिय एकता संभव छैन ।

३. अति जाडोको कारण बाक्लो बक्खु लगाउनु पर्ने नाम्चे र अति गर्मिको कारण पातलो लुगा लगाउनु पर्ने झापामा राष्ट्रिय पोशाकको नाममा ‘दौरा सुरुवाल’ लगाउन बाध्य बनाउँदैमा नेपाली एकता कायम हुँदैन । ‘सबैको पोशाकलाई नेपालको राष्ट्रिय पोशाक’को मान्यता र सबैले आफ्नो पहिचान झल्कने र मौसम अनुकुल पोशाक लगाउने अधिकार प्रदान गर्न सकेमा मात्र राष्ट्रिय एकता कायम हुन्छ ।

४. भौगोलिक, सांस्कृतिक र जैविक विविधता भएको नेपाललाई काठमाडौं सिंहदरवारमा बसेका मन्त्री र सचिवले बनाएको नीति, कार्यक्रम तथा आदेशले एकैसाथ एकै प्रकारले चल्ने अवैज्ञानिक अव्यवहारिक ‘केन्द्रीकृत शासन’ प्रणालीले नेपाली एकता कायम गर्न सक्दैन । अब सबै जनता केन्द्र शासित हैन, आफ्नोबारे आवश्यक सम्पूर्ण कानुन, नीति नियम आफैले बनाउन पाउने ‘स्वशासन सहितको संघीयता’ले मात्र नेपाली एकता जीवन्त रहनेछ , नत्र .... ।

लिम्बु, राई, तामाङ, शेर्पा, थारु, गुरुङ, मगरका साथै आदिवासी जनजातिको जनसंख्यालाई विभाजित गरेर निर्वाचनमा आफ्नो प्रतिनिधित्व आफै हुने अधिकारबाट बञ्चित गराउन महेन्द्रले ल्याएको ७५ भौगोलिक जिल्ला नेपाली एकताको आधार हुन सक्दैन । ‘पहिचान (जाति, भाषा, संस्कृति, ऐतिहासिक थातथल्लो) को आधारमा राज्यपुन संरचना’ले मात्र नेपाली एकता कायम हुनेछ ।

निचोड र सार संक्षेपःराज्यसत्ताको सबै तह र तप्कामा सबै आदिवासी जनजाति, मधेशी, दलित, मुश्लीम, महिला, अपाङ्गको पहिचान, समानुपातिक प्रतिनिधित्व सहित समतामूलक समाजले मात्र सबै नेपाली एकता स्थापना हुनेछ । कसैको भावनात्मक आव्हान र आग्रहमा नेपाली एकता संभव छैन । अस्तु । सबैले नबुझी नहुने विषय वस्तु ।

No comments:

Post a Comment