Friday, May 3, 2013

का.म.न.पा.का सयौं युवा सङ्घीय समाजवादीमा प्रवेश

अंक ९१ ने. सं. ११३३ चौलागा खष्ठी बुधवाः २०७० बैशाख १८ गते बुधवार May 1, 2013

का.म.न.पा.का सयौं युवा सङ्घीय समाजवादीमा प्रवेश

जातीय मुक्तिको लागि संघीयता, वर्गिय मुक्तिको समाजवाद भन्ने मूल नाराका साथ गठन भएको सङ्घीय समाजवादी पार्टी नेपालको काठमाण्डौं पार्टी विस्तार अभियान तिब्र रुपमा भइरहेको छ ।

काठमाण्डौं महानगरपालिका वडा नं.१८ को सामुदायिक भवनमा गत चैत्र २४ गते सम्पन्न भएको एक कार्यक्रममा महानगरपालिकाका विभिन्न वडाहरूमा स्वतन्त्र र विभिन्न सामाजिक आर्थिक संगठनमा क्रियाशील सय जना भन्दा बढी युवाहरू सङ्घीय समाजवादी पार्टी नेपालमा संलग्न हुने घोषणा गरेका छन । त्यसरी सङ्घीय समाजवादी पार्टी नेपालमा प्रवेश गरेका युवाहरूमा काठमाण्डौं महानगरपालिका अन्तर्गतका १,१०, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९ र ३० वडाका छन ।

सङ्घीय समाजवादी पार्टी नेपालको काठमाण्डौं जिल्ला समिति सदस्य श्यामकृष्ण प्रजापति र अर्का सदस्य सृजन श्रेष्ठ लगायत युवाहरूको सकृयतामा आयोजना भएको उक्त युवा भेलालाई पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले सम्बोधन गर्दै देशभरीबाट सङ्घीय समाजवादी पार्टीमा नेपाली जनताको आकर्षण दिनानुदिन बढ्दै गएको छ नेपालको वर्गीय र जातीय मुक्तिको लागि सङ्घीय समाजवादी पार्टी मात्र सही विकल्प रहेको बताउनु भएको थियो । त्यसरी नै सङ्घीय समाजवादी पार्टीको काठमाण्डौं जिल्ला अध्यक्ष सानुराजा शाक्यले मुलुकलाई अगाडि बढाउने दायित्व युवाहरूको काँधमा आएको र पुराना दलहरू असफल भएकोले सङ्घीय समाजवादी पार्टीको जन्म आवश्यकताले नेपाली जनताले जन्माएको हो भन्नु भएको थियो ।

त्यसरी नै सङ्घीय समाजवादी पार्टीको खेलकूद महासंघका इन्चार्ज विजय राईले सङ्घीय समाजवादी पार्टीमा युवाहरूको आकर्षण रहेको बताउनु भएको छ भने नेवाः जागरण मञ्चका अध्यक्ष सुजिव बज्राचार्यले नेवाः प्रदेश लगायत पहिचान सहितको संघीयताको लागि युवाहरूले राजनीतिक रूपमा अगाडि बढ्नु पर्ने र त्यसरी बढ्दा सङ्घीय समाजवादी पार्टीबाट अगाडि बढ्नु नै आजको आवश्यकता हो भन्नु भएको छ ।

No comments:

Post a Comment