Saturday, May 4, 2013

देश मेरो नेपाल आमा

देश मेरो नेपाल आमा

राम महर्जन, की.न.पा. १६ नगाउँ

देश मेरो नेपाल आमा
कुन रोगले ग्रसित छौं
कति डाक्टर आए गए
रोग निदान कसैले गरेन
    देश मेरो नेपाल आमा
    क्षय रोग हो कि क्यान्सर
    जति डाक्टर आए पनि
    रोग निको पार्नै सकेन
देश मेरो नेपाल आमा
यसरी सँधैं रोगी भैरहे
देशको सबै सम्पतिहरू
डाक्टरहरूले सिध्याउने भए
    देश मेरो नेपाल आमा
    रोग तिम्रो स्वदेशी हो कि विदेशी
    कहिलेसम्म यसरी रोगी
    आफ्ना बाल बच्चा भोकै पारी
देश मेरो नेपाल आमा
तिमीलाई स्वस्थ बनाउन कै लागि
६०१ डाक्टरलाई देखाउँदा पनि
केही सीप लागेन हेर
    देश मेरो नेपाल आमा
    तिमीलाई लागे जस्तो नेतारोग
    एकदिन निको हुने आशा गरौं
    तिमी मरे हामी पनि मर्छौं ।

No comments:

Post a Comment