Saturday, May 4, 2013

आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–३ मा नेपालको हार

आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–३ मा नेपालको हार

नवीन महर्जन

नेपाल लगायत आयोजक वर्मुडा, युगान्डा, ओमान, अमेरिका र इटाली गरी ६ राष्ट्र सम्मिलित आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–३ को प्रतिस्पर्धा गत आइतवारदेखि सुरु भएको छ । यो प्रतियोगिता ८ दिनसम्म चल्नेछ । यस डिभिजन–३को फाइनल पुग्ने टिम सन् २०१४ मा न्यूजिल्याण्डमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका एसोसियट र एफिलिटेड १० राष्ट्र सम्मिलित वान डे वल्र्डकप छनोटमा खेल्ने अवसर पाउँछ । यदि यस छनोट खेलमा शिर्ष २ स्थान ओगट्न सफल भएको टिम अष्ट्रेलिया र न्यूजिल्याण्ड द्वारा संयुक्त आयोजन गर्ने सन् २०१५ को विश्वकप क्रिकेटमा खेल्न पाउने छ । साथै डिभिजन –३ को फाइनलमा पुग्न सफल २ टिम डिभिजन –२मा उक्लिने छ भने सन् २०१४ मा न्यूजिल्याण्डमा हुने विश्वकप छनौटमा शिर्ष चार मा रहन सके वा–डे मान्यता प्राप्त टिम हुनेछ । तसर्थ यो प्रतियोगिता निकै महत्वपूर्ण प्रतियोगिता हो । अझ नेपालको लागि क्रिकेट खेलमा फड्को मारी विश्वकप तिर उक्लिने सुवर्ण अवसर हो ।

पूर्वी अमेरिकाको नयाँ क्रिकेट माहौल रहेको यस डिभिजन –३ मा नेपाल खेल्न लागेको यो पहिलो हो । नेपाल वाहेक आयोजक बर्मुडा, ओमन, युगान्डा, इटाली र अमेरिका यस अघि डिभिजन–३ खेलिसकेका टिम हो ।

अहिलेको नेपाली टिमको प्रदर्शन, खेलाडिको इतिहास हेर्ने हो भने यस प्रतियोगितामा उत्कृष्ट खेल खेल्न सक्छ भनेर विश्वास गर्न सकिन्छ र उच्चस्तर खेल देखाउनु पनि पर्ने छ ।

नेपालले सन् २००८ मा डिभिजन ५मा तेस्रो हुँदै माथि उक्लिन असमर्थ रह्यो । तर सन् २०१० मा नै नेपाल डिभिजन –५ च्याम्पियन भएर डिभिजन–४ मा उक्लिन सफल भयो । तर सन् २०१० मा नै सम्पन्न डिभिजन–४ फेरी एकपल्ट तेस्रो भएकोले अघि बढ्न सकेन तर सन् २०१२ मा नेपाल डिभिजन– ४ को च्याम्पियन हुँदै डिभिजन –३ मा उक्लिएको थियो ।

यस प्रतियोगितामा सम्मिलित नेपाली क्रिकेट टोलिको कप्तानमा पारस खडका, उपकप्तान ज्ञानेन्द्र मल्ल, अन्य खेलाडिहरूमा शरद भेषवाकर, अनिल मण्डल, सुभाष खकुरेल, प्रदीप ऐरी, अमृत भट्टराई, चन्द्र साउद, पृथु वास्कोटा, सन्जम रेग्मी, बसन्त रेग्मी, शक्ति गौचन, विनोद भण्डारी र राहुल विक रहेका छन ।

गत आइतवार पहिलो खेल नेपालले परिचित प्रतिद्वन्द्वी अमेरिकासँग खेलेको थियो । जसमा अमेरिकाले पहिले ब्याटिंग गर्दै ६ विकेटको नोक्सानीमा ३६६ रन बनायो । ३६७ रनको लक्ष्यका साथ मैदानमा उत्रेको नेपालले ४९.५ ओवरमा सबै खेलाडि गुमाएर २७२ रन बनायो र नेपाल ९४ रनले पराजित भएको थियो ।

त्यसैगरी नेपालको दोस्रो खेल गत सोमवार युगान्डासँग भएको थियो । नेपालले पहिले ब्याटिंग गरेर ४४.२ ओभरमा सबै विकेट गुमाएर ११६ रन मात्र बनाउन सफल भयो । जसको जवाफमा ब्याटिंग गर्न आएको युगान्डाले २७ ओवरमा ४ विकेट गुमाएर लक्ष्य प्राप्त ग¥यो । 

नेपालको तेस्रो खेल आज आयोजक वर्मुडासँग हुनेछ भने चौथो खेल भोलि विहिवार ओमन विरुद्ध र अन्तिम लिग आउँदो शनिवार २१ गते इटाली विच हुने कार्यक्रम रहेको छ ।

नेपालका लागि श्रीलंकाली प्रशिक्षक पुतुदु दासानाइकेले नेपाली टिम सम्हालेपछि नेपालले पछिल्लो ७ महिनामा डिभिजन –४ जित्नुका साथै एसीसी इलिट रुपमा आयोजक युएईसँग संयुक्त विजेता बन्नु, गत महिना घरेलु महिनामा सम्पन्न एसीसी २०÷२० कपको फाइनलमा पुग्नुलाई सकारात्मक रुपमा लिनु पर्दछ । यसैलाई मध्यनजर गरी नेपालको प्रदर्शनमा अबश्य राम्रो हुन्छ भनेर अनुमान गर्न सकिन्छ । यसैलाई मध्य नजर गरी नेपालले गत १ हप्ता अगाडि जयपुरमा जुन अभ्यास म्याच खेले यसैले पक्कै पनि यो डिभिजन –३ को लागि महत्वपूर्ण सावित हुनेछ ।

No comments:

Post a Comment