Sunday, May 19, 2013

दलहरुको सहमतिको विरोध हो कि कार्कीको ?

 सम्पादकीय

दलहरुको सहमतिको   विरोध हो कि कार्कीको ?

पछिल्लो समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्कीलाई नियुक्तिका लागि संवैधानिक समितिले सिफारिश गरेको घटनालाई लिएर नागरिक समाज तथा विद्यार्थीहरुले सतकमा नै विरोध प्रदर्शन गर्न थालेको छ । विरोध प्रदर्शन गर्नुको कारण कार्की जनआन्दोलनका दोषी ठहर भइसेकेको अवस्थामा नै अख्तियारमा ल्याउन लागेकोले हो ।

अहिलेको विरोध प्रदर्शन हेर्दा कार्कीलाई विरोध गरेको जस्तो देखिन्छ । तर बास्तवमा प्रमुख चार राजनीतिक शक्ति एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेतातहरुले सहमति गरि कार्कीको नाम सरकालाई पठाएको र त्यसैको आधारमा संवैधानिक परिषदले सिफारिश गरिएको हो । 

चार राजनीतिक शक्तिले निर्णय गरेका कारण नै कार्कीको विषयमा विवाद भएको अवस्थामा दलका नेताहरुले गरेको काम कारवाहीलाई विरोध नगर्नुका कारण कार्कीलाई मात्र विरोध गरेको जस्तो अभाष हुन थालेको छ ।
अतः वास्तवमा कार्कीको विरोध गर्नु भन्दापनि चार राजनीतिक शक्तिले जुन ढंगवाट निर्णय गरेको छ त्यसकै विरोध गर्नुपर्ने हो । चार राजनीतिक शक्ति संविधान निर्माणको सवालमा सहमति गर्न नसक्ने र संविधानसभाको बैठक समेत संचालन गर्न नसकेका कारण संविधानसभा भंग भएको वर्तमान अवस्थामा नागरिक समाज र सचेत नागरिकले शीर्ष नेताहरुले विभिन्न किसिमका निर्णय गरेको कुरालाई लिएर जनताको पक्षमा सचेत नागरिक अघि बढ्नुपर्ने कुरालाई प्राथमिकता दिनुपर्ने अवस्था छ ।

No comments:

Post a Comment