Sunday, May 19, 2013

यही हो हाम्रो चाहना

यही हो हाम्रो चाहना

राम महर्जन, की.न.पा. १६ नगाउँ

सूर्यलाई नै धपक्क छोप्दै
आकाशमा कालो वादल लाग्दा
सिम सिम पानी परिरहंदा
दिन नराम्रो आभाष हुन्छ
    राजनैतिक नेताहरू आपसमा
    आरोप प्रत्यारोपको भाषण सुन्दा
    सच्चा नेता छुत्याउन पनि
    जनता भ्रममा पर्ने गर्छ
आकाश खुल्ला भई घाम लाग्दा
सफा वातावरणमा चंचल भई
पंछीहरू आकाशमा रडेको देख्दा
राम्रो दिनको आभाष हुन्छ
    हाम्रा प्रिय नेताहरू पनि
    एकै ठाउँमा भेला भई
    राष्ट्रको चिन्तनमा व्यस्त रहँदा
    देशमा उज्यालोको महसुस हुन्छ
किन्नु सँधै व्यर्थमा जाँदा
निराश भई बस्नु पर्दा
हँसिलो मन नै खुम्चिएर
चसक्क चस्केको अनुभव हन्छ
    गोलमेच सम्मेलन चाँडै होस
    उपयुक्त समयमा चुनाव होस
    नयाँ संविधान चाँडै बनोस
    यही हो हाम्रो राष्ट्रिय चाहना

No comments:

Post a Comment