Sunday, February 3, 2013

कीर्तिपुरमा फुटवल मैदान निर्माण

अंक ७८ ने.सं. ११३३ पोहेलागा तृतिया बुधवाः २०६९ माघ १७ गते बुधवार Jan 30, 2013

कीर्तिपुरमा फुटवल मैदान निर्माण



कीर्तिपुरको नयाँबजार  वसपार्कस्थित चौरमा व्यवस्थित फुटवल मैदान बनाउन कीर्तिपुर सामुदायिक खेलकुद विकास समितिले धमाधम काम गरिरहेको छ । काठमाडौं जिल्ला खेलकुद परिषदको आर्थिक सहयोगमा खेलकुद विकास समितिले बनाइरहेको हो । यसै सन्दर्भमा अहिले स्क्याभेटर, रोलर, ग्रेडर र डोजर लगाएर मैदान सम्याउने काम भैसकेकोे छ ।

उक्त स्थानमा स्थानीय जनता र नगरपालिकाको सहयोगमा वास्केटवल कोर्ट र भलिवल कोर्ट निर्माण भैसकको छ । अब फुटवल मैदान पनि तयार भएपछि यो एउटा मिनी रंगशाला नै बनेको छ । यस खेलकुद मैदान निर्माणले गर्दा युबाहरूले विभिन्न किसिमका खेलहरूको अभ्यास गर्न पाउने भएकोले युवाहरू कुलतमा लाग्नबाट बच्ने आशा गर्न सकिन्छ । साथै कीर्तिपुरमा सुस्ताइरहेको फुटवल खेलको प्रगति हुने आशा गर्न सकिन्छ ।

यसमा स्थानीय निकायले पनि सहयोग गर्नु पर्ने देखिन्छ । मैदानको उत्तरपट्टि बाटोको डिलमा नगरपालिकाले प्याराफिट बनाई दियो भने बाटोको रिटेनिंग वालजस्तै भएर बाटोलाई पनि भर हुने र खेलकुद दर्शकहरूले बस्ने ठाउँ पनि पाउने छ ।

No comments:

Post a Comment