Sunday, February 3, 2013

दक्षिण एशियाली वास्केटवल च्याम्पियनमा नेपाललाई कास्य पदक

अंक ७८ ने.सं. ११३३ पोहेलागा तृतिया बुधवाः २०६९ माघ १७ गते बुधवार Jan 30, 2013

दक्षिण एशियाली वास्केटवल च्याम्पियनमा नेपाललाई कास्य पदक

नवीन महर्जन

वंगलादेशको ढाकामा सम्पन्न सिटी सेल दोस्रो दक्षिण एसियाली वास्केटवल च्याम्पियन मा नेपालले कास्य पदक जित्न सफल भएको छ । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ८२–५७ ले हराएको थियो भने दोस्रो खेलमा नेपाल आयोजक वंगलादेशसँग ७४–८४ स्कोरले पराजित भएको थियो भने तेस्रो खेलमा नेपाल पाकिस्तानसँग ६७–७८ स्कोरले पराजित भएको थियो । वास्तवमा नेपाली खेलाडीहरू प्राविधिक रुपमा सक्षम रहेको तर उँचाईको कारण तेस्रो स्थानमा चित्त बुझाउनु परेको थियो । सहभागी मध्ये पाकिस्तान र वंगलादेशसँग निकै प्रतिस्पर्धात्मक खेल खेल्दा खेल्दै हारेको थियो । वास्तवमा नेपाली टोलीको स्ट्यान्डर्ड बृद्धि भएको छ तर फिजिकल फिट्नेस र हाइट एढ्भान्तेजले पाकिस्तान र वंगलादेश भन्दा कमजोर भएका थिए ।

 नेपालले आफ्नो अन्तिम खेल धनमुन्डी जिम्नेजियममा भुटानसँग खेलेको थियो जस्को पहिलो क्वाटरमा नेपाल र भुटानले २०–२० स्कोर गरेका थिए । दोस्रो क्वाटरमा नेपालले २५–७ ले अग्रता लिन सफल भएको थियो भने तेस्रो क्वाटरमा २५–९ ले अग्रता लिएको थियो अन्तिम क्वाटरमा नेपालले २४–६ को स्कोर गर्दै समग्रमा ९४–४२ स्कारले जित हासिल गर्दै तेस्रो स्थानमा पुग्न सफल भई कास्य पदक जित्न सफल भएको थियो । यस खेलमा नेपालका कप्तान सदिस प्रधानले उत्कृष्ट खेल प्रदर्शन गरी ३२ स्कोर गरेका थिए । त्यसैगरी नेपालका विनोद महर्जनले पनि ३२ अंक जोडेका थिए । यस दोस्रो दक्षिण यसियाली वास्केटवल च्याम्पियन सिपमा आयोजक वंगलादेश प्रथम भएको थियो भने दोस्रो पाकिस्तान भएको थियो । स्मरणरहोस् यस प्रतियोगितामा अन्तरराष्ट्रिय ओलम्पिक कमिटीले भारतलाई मान्यता प्राप्त नदिएको अवस्था रहेकोले सहभागिता जनाउन पाएको थिएन भने अन्तिम समयमा अफगानिस्तानले सहभागिता जनाउन नसक्ने जानकारी दिएको थियो । वास्तवमा दक्षिण एसियाली वास्केटवलमा भारत सर्वोत्कृष्ट राष्ट्रको भने अफगानिस्तान अहिले उदय भएको टिम हो ।

सायद भारत र अफगानिस्तानले सहभागिता जनाइएको भए अझ नेपालले मेहनत गर्नु पर्ने थियो । यस प्रतियोगिताको प्रशिक्षकको रुपमा कीर्तिपुरका दिनेश चन्द्र नकर्मी जानु भएको थियो । सहायक प्रशिक्षकमा विकाश शाही जानु भएको थियो ।

No comments:

Post a Comment