Thursday, January 3, 2013

घरेलु क्रिकेटमा क्लिन स्विप गर्न एपीएफ सफल

अंक ७४  ने. सं. ११३३ थिंलागा पञ्चमी बुधवाः २०६९ पुष १८ गते  बुधवार Jan 2,2013

घरेलु क्रिकेटमा क्लिन स्विप गर्न एपीएफ  सफल

नवीन महर्जन

पेप्सी स्ट्यान्डर्ड चार्टर्ड ट्वान्टी ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता गत पुस १४ गते शनिवार सम्पन्न भएको छ । फाइनल खेल एक दिवसीय राष्ट्रिय च्याम्पियन विभागीय टिम एपीएफ क्लब र क्षेत्र नम्बर ६ वैतडी विच शनिवार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न भएको थियो । उक्त खेलमा पहिले ब्याटिङ्ग गर्दै एपीएफले निर्धारित ओभरमा ५ विकेटको क्षेत्रमा १६७ रन बनाइएको थियो । यो योगफल खडा गर्न ज्ञानेन्द्रले ५७ बलमा ६९ रन बनाएको थियो । त्यसै गरी पारस खड्काले २६ बलमा ५३ रनको महत्वपूर्ण इनिङ्ग खेलेको थियो । जवाफी ब्याटिङ्गमा आएको बैतडीले केही गर्न नसकी केवल ७२ रन जोडी अलआउट भएको थियो । जस्ले गर्दा एपीएफले ९५ रनले विजयी भई एकैवर्षमा राष्ट्रिय वान डे र ट्वान्टी ट्वान्टी दुबै जित्ने पहिलो टिम भएको छ भने घरेलु क्रिकेटमा क्लिन स्विप गर्ने एपीएफ सफल भएको छ । यो जीत सँगै एपीएफले ट्रफी सँगै १ लाख २५ हजार नगद पुरस्कार हात पारेको छ भने दोस्रो हुँदै बैतडीले ७५ हजार जितेको छ ।

यस प्रतियोगिताको सेमिफाइनल गत शुक्रवार पहिलो खेल एपिएफ क्लब र क्षेत्र नम्बर ८ पोखराविच भएको थियो । उक्त खेलमा पहिला ब्याटिङ्ग गर्दै एपीएफले निर्धारित ओभरमा ३ विकेट गुमाएर १६० रन जोडेको थियो । जस्मा कप्तान पारस खडकाले अविजित ५१ रनको योगदान गरे । जवाफि ब्याटिङ्गमा ओर्लेको पोखराले १७.२ ओभरमा केवल ६५ रन बनाउँदै अलआउट भएको थियो । एपीएफका बलर सन्जम रेग्मीले ४ विकेट लिंदै पोखराको लागि घातक भए जस्ले गर्दा म्यान अफ दि म्याच हुन सफल भएको थियो भने आफनो टिम फाइनलमा पु¥याउन महत्वपूर्ण योगदान   गरे ।

त्यस्तै दोसंो सेमिफाइनल खेल क्षेत्र नम्बर ६ बैतडी र क्षेत्र नम्बर ४ भैरहवा विच भएको थियो जस्मा पहिलो ब्याटिङ्ग गर्दै भैरहवाले निर्धारत ओभरमा ९ विकेट गुमाउँदै १०९ रन बनाएको थियो भने जवाफी ब्याटिङ्गमा आएको बैतडीले निर्धारित ओभरमा ९ विकेट गुमाएर ११३ रन बनाउँदै लक्ष्य पार गरेर १ विकेटले विजयी भई फाइनलमा आफनो स्थान सुरक्षित गरेको थियो ।

यस ट्वान्टी ट्वान्टी राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै ज्ञानेन्द्र मल्ल म्यान अफ द म्याच बन्न सफल भएको छ । उसले ५९ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ६९ रन जोडेको थियो । त्यसैगरी एपीएफका सुवास खकुरेल वेस्ट ब्याट्सम्यान साथै प्लेयर अफ द सिरिज पनि बन्न सफल भएको थियो । उनले ६ खेलमा २७४ रन जोडेको थियो । उत्कृष्ट बलरको रुपमा क्षेत्र नम्बर ८, पोखराका स्पिनर राहुल विक भए उनले ४ खेलमा ११ विकेट लिएका थिए । त्यसैगरी वैतडीका स्पिनर विनोद लामा इमर्जिङ्ग खेलाडिको रुपमा घोषणा भएका थिए । प्लेयर अफ दि सिरीज सुवासले २५ हजार नगद पुरस्कार पाएका थिए भने राहुल र विनोदले १०÷१० हजार हात पारेका थिए ।

यसरी राष्ट्रिय टिमले भरिएको एपीएफ टिमले नेपालको घरेलु क्रिकेट सबै महत्वपूर्ण प्रतियोगिता जित्दै घरेलु टोलीमा अब्बल रहेको सावित गरेको छ । समग्रमा यस टिमले ३ वर्षमा कुल ८ ट्रफी हात पारेको छ । यस टिमले २०६७ सालमा मदन भण्डारी मेमोरियल जित्दै यात्रा आरम्भ गरेको हो । यसरी नियमित रुपमा प्रतियोगिता भएर नेपाली खेलाडिले आफ्नो उच्च स्तरको मनोवल बनाई निरन्तर अभ्यास गर्ने अवसर जुतेको छ जस्ले गर्दा अन्तरराष्ट्रिय प्रतियोगितामा पनि राम्रो प्रभाव देखिन्छ ।

महिला राष्ट्रिय लिग च्याम्पियन बन्न पुलिस सफल

धनगढीमा संचालन भैरहेको महिला राष्ट्रिय घरेलु लिग प्रतियोगिता गत पुस १४ गते शनिवार सम्पन्न भएको छ । महिला घरेलु लिगमा एपीएफको बर्चस्वलाई तोड्दै पुलिस क्लब पहिलो संस्करणको महिला लिग जित्दै नयाँ इतिहास कोर्न सफल भएको छ ।

अन्तिम खेलको समिकरण अघिसम्म एपीएफले बरावरी मात्र खेले पनि पुग्थ्यो भने पुलिस क्लबले जित्नै पर्ने स्थिति थियो । सो अवस्थामा पनि पुलिस क्लबले खेलको १५ औं मिनेटमा गेरेको पेनाल्टी मार्फतको गोल नै निर्णायक भयो । यसरी पुलिस  टिमले कुल १९ अंक ल्याई प्रथम भएको छ भने एपीएफले १८ अंकमा सिमित भई दोस्रो हुन बाध्य भए । अंक तालिका अनुसार १४ अंक ल्याई आर्मि तेस्रो तथा १२ अंक ल्याई सुदुरपश्चिम चौथो स्थानमा रहे । यस प्रतियोगितामा प्रथमले ३ लाख , दोस्रोले १ लाख ५० हजार, तेस्रोले ७५ हजार र चौथोले ५० हजार पाएका थिए ।

यस लिगको सर्वोत्कृष्ट खेलाडि पुलिसकी चन्द्र भण्डारी भई स्कुटी जितिइन भने एपीएफका अनु लामा उत्कृष्ट फरवार्ड, गोल रक्षकमा पुलिसकी नमिता कुमारी दली, मिड पिल्डमा आर्मिकी रेनुका नगरकोटी डिफेन्समा सुदुर पश्चिमकी अमृत जैसी, प्रशिक्षकमा पुलिसका सन्देश श्रेष्ठ उत्कृष्ट घोषित भएर २५÷२५ हजार जितेका थिए । यसरी राष्ट्रिय महिला फुटवल पनि सफलता पूर्वक सम्पन्न भएको छ ।

No comments:

Post a Comment