Thursday, January 3, 2013

समाजसेवी बेखादासको निधन

अंक ७४  ने. सं. ११३३ थिंलागा पञ्चमी बुधवाः २०६९ पुष १८ गते  बुधवार Jan 2,2013

समाजसेवी बेखादासको निधन


कीर्तिपुर नगरपालिका वडा नं. ३ भरयां पुखुसी निवासी सामजसेवी मिलनसार युवा बेखादास महर्जनको ४५ बर्षको युवा अवस्थामा नै गत सोमवार पुष १६ गते निधन भएको छ ।

सो दिन विहान हृदयघाट भएका महर्जनको उचपारका लागि अस्पतालमा लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । वि.सं.२०२५ साल असोज १० गते भरयां पुखुसीमा जन्मनु भएका बेखादास महर्जनको श्रीमती, तीन छोरीहरू र एक छोरा रहेको छ । महर्जनको सोहि दिन दीखुमा दाहसंस्कार गरिएको थियो । उहा“ मुल्यांकन मासिक पत्रिकाका सह व्यवस्थापकको रुपमा समेत कार्य गरिसक्नु भएका हुन् ।

No comments:

Post a Comment