Thursday, January 3, 2013

कीनपाको कार्यालय पायक पर्ने ठाउँमा राख्न माग

अंक ७४  ने. सं. ११३३ थिंलागा पञ्चमी बुधवाः २०६९ पुष १८ गते  बुधवार Jan 2,2013

कीनपाको कार्यालय पायक पर्ने ठाउँमा राख्न माग

कीर्तिपुर नगरपालिकाको कार्यालय कीर्तिपुरको अन्तिम पश्चिम क्षेत्रमा अपाय्क ठाउँ“मा रहेकोले कीर्तिपुरका बहुसंख्यक जनसमुदायले समस्या झेल्नु परेको समस्यालाई मध्यनजर राख्दै कीर्तिपुर डाँडाका बाहेकका पूर्व जनप्रतिनिधिहरू र विभिन्न राजनैतिक पार्टीमा आवद्ध कार्यकर्ताहरूले गत पुस १५ गते आइतवार ए वन पार्टी प्यालेसमा एक भेलाको आयोजना गरी कीर्तिपुर नगर पालिकाको कार्यालय केन्द्र भागमा राख्नु पर्ने माग गरेका छन ।

उक्त छलफल कार्यक्रममा व्यापक छलफल गरी ३ वटा ठाउँलाई विकल्पको रुपमा लिएका छन । पहिलो प्राथमिकता त्रिभुवन विश्वविद्यालयको नयाँ बजार मूलगेटको छेउमा रहेको खाली जग्गामा नगरपालिका भवन बनाउन लगाउने, दोस्रोमा पाँगाको चिखुमा रहेको ऐलानी जग्गा र कीर्तिपुर बहुउद्देश्यीय सहकारीको जग्गा लिएर भवन बनाउने । तेस्रोमा पाँगाको धुसिटोलमा रहेको कमल पोखरी र तल पोखरीलाई मिलाएर नगरपालिका भवन बनाउने सुझाव दिइएको थियो । कीर्तिपुरवासीले त्रिभुवन विश्वविद्यालयलाई ६५०० रोपनी जमिन दिइराखेकोमा आज सम्पूर्ण कीर्तिपुरवासीको सुविधाको लागि चार रोपनी जग्गा दिन त्रि.वि.ले मनाही नगर्ने आशा राखेको छ । केही गरी त्रि.वि.ले जग्गा दिन नमानेमा पाँगामा रहेको कमल पोखरीमा मुख्य भवन बनाउने र सवारी पार्किङ्गको लागि अलि पर रहेको तल पोखरीलाई उपयोगमा ल्याउने सुझाव दिइएको छ । यी सबै कुराहरू खुलाई नगरपालिकामा मांग पत्र पेश गर्ने जनाइएको छ । यस पछि कीर्तिपुरवासीको व्यापक भेलाको आयोजना गर्ने जनाइएको छ ।

No comments:

Post a Comment