Thursday, January 3, 2013

पहिचान सहितको संघियताको लागि जनजाति नेताहरू एक हुनुपर्छ

अंक ७४  ने. सं. ११३३ थिंलागा पञ्चमी बुधवाः २०६९ पुष १८ गते  बुधवार Jan 2,2013

पहिचान सहितको संघियताको लागि जनजाति नेताहरू एक हुनुपर्छ

दिपेश लिम्बु खाम्बेक

सोच्दैछु म आखिर किन आदिवासी–जनजातीहरूको आन्दोलनहरू गन्तव्यमा नपुग्दै रोकिन्छ ? मेरो अनुभव र छोटो विश्लेषण ।

यस्तो लाग्थ्यो केही समय पहिला भएको यानीकि संविधान बन्ने बेलाको आदिवासीहरू आन्दोलन देख्दा अब आदिवासीहरू साच्चिकै उठे, जागे र परिवर्तन ल्याएरै आन्दोलन रोकिनेछ । अब हाम्रो देशमा पहिचान सहितको संघियता सुनिश्चि छ र सदा–सदाको लागि छुवा–छुत, भेद–भाव र असमान नीति र परिपार्टीको अन्त्य भै देश साच्चीकै सबै जात–जाती, भाषा, धर्मावलम्बीहरूको साझा फूलवारीको रुपमा विकास भइ प्रगति र उन्नतिको पाईलातिर लम्कनेछ ।

त्यहि सुन्दर नेपाल र नेपालीहरूको भविष्यको कल्पना गर्दै पहुँचले भ्याएसम्म र चिनेजानेको आदिवासी नेताहरूलाई बारम्बार अनुरोध पनि गरे आन्दोलन नरोक्नु होला संविधान नबनेसम्म भनेर र गद्दार नेताहरूको भरोसा नगर्नुहोला भनेर आखिर अपुरो किन हो अपुरो सम्झौता भयो ।

अमेरिका आएका र जानकारीमा आएसम्मको हाम्रो नेताहरूसँग बारम्बार भेटघाट र अन्तरक्रिया पनि गरियो । अन्तरराष्ट्रिय स्तरमा विश्वभरका आदिवासी जनजाति महासंघका साथीहरू वीच पटक पटक स्काईप बैठक बसी,प्रेस वक्तव्य निकाल्ने, दुतावासमा धर्ना दिने ज्ञापन पत्र बुझाउनेदेखि लिएर संघियता विरोधी नेताहरूलाई कालो झण्डा देखाउनेसम्म गरियो, साथै विभिन्न योजनाहरू पनि बनाईयो ! यतिसम्म कि आन्दोलनलाई बल पुगोस भनेर हाम्रो नेताज्यूहरूलाई अमेरिका सयर पनि गराईयो यद्यपि फिप्नाका टिमका साथीहरूको पूर्ण सहयोग थिएन तर पनि मेहेनत र पसिनाको कमाई खर्च गरेर विशाल कार्यक्रमहरू गरियो ।

अमेरिकाको विभिन्न राज्य र शहरहरूमा करिव एक महिनासम्म खाना, निन्द्रा, खर्च, अनि समयको वास्ता नगरी ! त्यसमा धेरै सहयोगी र हातेमालो गर्ने साथीहरूलाई धन्यवाद नदिइ रहन सक्दिन .... म ।

मेरो विश्लेषणमा .... यी दुई चार अनुभवहरू पाएँ १) हामीहरू विच अझै पनि भावनात्मक एकता नहुनु । २) हाम्रो नेता भनौदाहरू कुनै न कुनै पार्टीको झण्डा बोक्नु र विचारसंग नजिक हुनु । ३) हाम्रो नेताहरू पनि व्यक्तिगत स्वार्थ र बाहुनवादी नेताहरूको लोलिपोपमा झुलिनु । ४) बैचारिक मतभेद र व्यक्तिगत मतभेद थाती राखी सिंगो विचार, भावना, उद्देश्य र गन्तव्यको निक्र्योल गरि आन्दोनमा अडिग  रहन नसक्नु ५) हामीहरूकै महत्वाकांक्षा बढी आफ्नो कै खुट्टा तानी नेता बन्ने आकांक्षाले ग्रसित हुनु । ६) विचार, उद्देश्य नीति अनि गन्तब्य एक हुँदाहुँदै पनि बेग्ला बेग्लै समुहमा विभाजित हुनु र ७) देश (केन्द्रिय नेतृत्व) या प्रदेशमा नेतृत्व गर्ने आदिवासीका नेतागणहरूले हाम्रो एकता, आन्दोलन र उद्देश्यको सहिमानेमा आत्मसात गर्न नसक्नु ।

......... अरु धेरै पाटाहरू खोल्नुछ २००४ नोभेम्बरदेखिको अनुभव अनि आरोहहरूका धेरै पाटोहरू खोल्नु छ .... फेरि अर्को भेटमा ।

जय लिम्बुवान, संघिय अभिवादन ।

No comments:

Post a Comment