Thursday, January 3, 2013

कीर्तिपुरमा संघीय समाजवादी पार्टी नेपाल सहयोग समिति गठन

अंक ७४  ने. सं. ११३३ थिंलागा पञ्चमी बुधवाः २०६९ पुष १८ गते  बुधवार Jan 2,2013

कीर्तिपुरमा संघीय समाजवादी पार्टी नेपाल सहयोग समिति गठन

जातीय मुक्तिका लागि संघीयता, वर्गीय मुक्तिका लागि समाजवाद भन्ने नारा सहित नयाँ गठन भएको संघीय समाजवादी पार्टी नेपालको संगठन विस्तारको क्रममा कीर्तिपुरमा एक भेलाको आयोजना गरियो । केन्द्रिय सदस्य सानुराजा शाक्य र काठमाडौं जिल्ला तदर्थ  समितिका सदस्य वि.जि. रत्नको उपस्थितिमा गत पुस १५ गते आइतवार कीर्तिपुरमा भएको उक्त भेलाको सभापतित्व नजरराम महर्जनले गर्नुभएको थियो ।

भेलामा उपस्थित एमालेका कार्यकर्ताहरूले पार्टीले माक्र्सवादी सिद्धान्त र नीति त्यागेर पार्टीका नेताहरू पुंजीवादी सोचले ग्रस्त हुँदै गइरहेकोले एमाले पार्टीबाट आदिवासी जनजातिको हित विपरीत कार्य गर्दै आइरहेकोले अब त्यस पार्टीमा बसिरहनु औचित्य नरहेकोले एमाले पार्टी परित्याग गरी संघीय समाजवादी पार्टीमा लाग्ने निर्णय गरेको विचार राख्नु भएको थियो ।

स्वतन्त्र रुपमा बस्दै आइरहनु भएका कार्यकर्ताहरूले अहिलेको परिपक्षमा यस पार्टीले मात्र जातीय र वर्गिय मुक्ति दिलाउन सक्ने देखिएकोले यस पार्टीलाई सहयोग गर्न आएको बताउनु भयो ।

अहिले पार्टी विस्तार गर्न सहयोग समिति निर्माण गर्ने र निकट भविष्यमा एक बृहत भेला गरी कीर्तिपुर नगर समिति गठन गर्ने निर्णय गरियो । नजरराम महर्जनको संयोजकत्वमा सात सदस्य रहेको सहयोग समिति गठन गरिएको छ ।

No comments:

Post a Comment