Thursday, January 3, 2013

संघीय समाजवादी पार्टी नेपालको काठमाडौं जिल्ला तदर्थ समिति गठन

अंक ७४  ने. सं. ११३३ थिंलागा पञ्चमी बुधवाः २०६९ पुष १८ गते  बुधवार Jan 2,2013

संघीय समाजवादी पार्टी नेपालको काठमाडौं जिल्ला तदर्थ समिति गठन

जातीय मुक्तिका लागि संघीयता, वर्गीय मुक्तिको लागि समाजवाद नारा लिएर गठन भएको संघीय समाजवादी पार्टी नेपालको संगठन विस्तार गर्ने क्रममा गत पुस ७ गते शनिवार काठमाडौं जिल्ला तदर्थ समितिको गठन गरियो ।

नेपाः बैक्वेट खुसीबुमा सम्पन्न भेलामा पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरूलार्य सपथ गराउनु हुँदै नेपालका प्रमुख राजनीतिक दलहरू संविधान निर्माणको कामलाई पन्छाएर मात्र प्रधानमन्त्रीको कुर्सी ताकेर हिंडेकाले देश राजनीतिक दुर्घटनामा परेको बताउनु भयो ।

७३ सदस्यीय उक्त काठमाडौं जिल्ला तदर्थ समितिमा सानुराजा शाक्य अध्यक्ष, पृथ्वीराज राई उपाध्यक्ष र हिराकाजी महर्जन सचिव रहेका छन । त्यस्तै सदस्यहरूमा लक्ष्मण कुमार शाही, धर्मकृष्ण श्रेष्ठ, केशव सिंह ठकुरी, वि.जि. रत्न, राजकुमार उप्रेती, दिलिप लामा, सूर्यनारायण श्रेष्ठ, सरिता मानन्धर, जलदराज वैद्य, बाबुराजा प्रजापति, पूर्णमान सिं डंगोल, राधाकृष्ण महर्जन, जेन तण्डुकार, अनिलराज महर्जन, मोहनकृष्ण श्रेष्ठ, तासी लामा शेर्पा, चन्द्रलक्ष्मी बज्राचार्य, अनुप कुमार कार्की, रत्नकाजी महर्जन, शशिकला प्रधान, रञ्जन अधिकारी रहेका छन ।

त्यस्तै तदर्थ समितिमा शिवहरि द्यःला, भिमानन्द श्रेष्ठ, शहरमान राई, अञ्जली बज्राचार्य, श्याम गुरुङ्ग, रामकृष्ण महर्जन, सुवर्ण कुमार श्रेष्ठ, लक्ष्मण बाँनिया, नानीहिरा महर्जन, न्हुच्छेनारायण महर्जन, दिपेन्द्र लामा, सुरेसानन्द वैद्य, कश्मावति बज्राचार्य, प्रेम लो तामाङ्ग, आशारत्न डंगोल, सुशिल वीर सिंह कंसाकार, चन्द्रकुमार महर्जन, सुरेन किरण लामा, महेश रत्न तुलाधर, सत्यनारायण डंगोल, नकुल सापकोटा, गौतम मानन्धर, क्रान्ति मालाकार, रुद्रप्रसाद देवभण्डारी, नेत्र राई, श्याम कृष्ण प्रजापति, गोपाल डंगोल, दावा शेर्पा, अर्जुन श्रेष्ठ, सूर्यमान डंगोल, टोकल लामा, नानीछोरी व्यञ्जनकार, कुमार जबेगु लिम्बु, निना डंगोल, प्रेमराज शिल्पकार, चेतना श्रेष्ठ, बाबुराजा महर्जन, ललिता गुरुङ्ग, श्रीकृष्ण महर्जन, राजु सुवेदी, न्हुच्छे वहादुर श्रेष्ठ, रमिता मालाकार, राजमान महर्जन, गणेशलाल मघैया, विरवहादुर तामाङ्ग, चन्द्रमान डंगोल, भिमलाल तण्डुकार र प्रकाश श्रेष्ठ रहेका छन ।

उक्त घोषणा सभामा पार्टीका केन्द्रिय उपाध्यक्ष प्रेमकृष्ण पाठक, सल्लाहकार समितिका सभापति मंगल सिद्धि मानन्धर, स्थायी समितिका सदस्य के.वि.घःजु तथा डा.गणेश योञ्जन र केन्द्रिय सदस्य रमेश प्रधानले मन्तव्य दिनुभएको  थियो । कार्यक्रमको सभापतित्व केन्द्रिय सदस्य सूवर्णमान डंगोल र  सञ्चालन मनरत्न शाक्यले गर्नुभएको थियो । उक्त पार्टीमा अधिकांश एमाले पार्टी परित्याग गरेका नेताहरूको सहभागिता रहेको नवनिर्वाचित सदस्य बि.जी. रत्नले कीर्तिपुर सन्देशलाई जानकारी दिनु  भयो ।

No comments:

Post a Comment