निस्वार्थ प्रेमकी खानी आमा
संगिता उप्रेती श्रेष्ठ
कीर्तिपुर
आज मैले आमाबुबा र एउटा आफुले जन्माएको आफ्नै प्राणभन्दा पनि प्यारो मुटुको टुक्रा सन्तान बीचको एउटा तितो सत्यलाई कलमको सहारा मार्फत केही वास्तविक तितो यथार्थलाई कोर्ने प्रयास गरेको छु । मैले कोरेका यी शब्दहरुले कसैको जिन्दगीमा मेल खाए माफी पनि माग्दछु । किनकी सत्य तितो नै हुन्छ र जीवनमा वास्तविकता र यथार्थ हुन्छ ।
एउटा नारी या छोरी आफ्नो जन्म घरबाट सिन्दूर र पोतेमा बन्धनमा बाँधिएर आफ्नो जन्मदिने आमाबुबा इष्टमित्र सबैलाई छाडेर डोलीमा चढेर एउटा नयाँ संसारमा सुनौलो सपना सजाएर आएकी हुन्छिन् । त्यो पराई घरलाई आफ्नो दिलो ज्यान लगाएर सबैलाई खुशी दिन्छिन् । आपूm पटक पटक मर्दै पराईलाई आफ्नो बनाउँछिन् । एउटा नारीको धेरैवटा रुप र भूमिका हुन्छ । तिनै नारी छोरी हुन्छिन्, उनको नारी भएर अर्थात् छोरी भएर जन्म हुनुको पूर्णता आमा भएपछि पाउँछिन । एउटा सन्तानलाई जन्मदिने क्रममा ति आमाले धेरै कष्ट र संघर्ष गर्नुपर्छ । यस्तै हजारौं संघर्ष गर्दै मिठो सपना देख्दै ९ महिना गर्भमा राखेर जन्मदिन्छिन र यो सुन्दर संसार देखाउँछिन ।
त्यहिी सन्तानको खुशीमा आफ्नो देख्छिन् । त्यही सन्तानको लागि आफ्नो जिउ ज्यान दिन्छिन । पढाउँछिन्, लेखाउँछिन आपूm भोकै बसेर आफ्नो सन्तानको पेट भरिदिन्छिन् आपूm कैयौं रात नसुती आफ्नो सन्तानलाई सुताउँछिन जति नै सन्तान भए पनि सबैलाई उतिकै माया ममता, स्नेह दिनसक्ने महान आमाहरु आज उनीहरुलाई आफ्नो सन्तानको आवश्यकता र सहाराको जरुरी हुन्छ । तर त्यही समय कयौं आमा बुबाहरु एक्लै बाँच्नु परेको छ । बेसहाराको जिन्दगी बिताउनु परेको छ । तिनै सन्तानको एक बोली सन्नकै लागि तड्पिनु परेको छ । किन यस्तो हुँदैछ हामी र हाम्रो समाज कतातिर जाँदै छ । सबै पढेलेखेकाहरु छन् । शिक्षितहरु छन तर पनि किन यस्तो हुँदैछ ? यस्तै यस्तै कुराले पिरोलिंदै म एकदिन आफै भित्रभित्रै हराउँदै आफैलाई प्रश्न गर्दै थिएँ । आखिर किन हुन्छ यस्तो ।
अचानक मेरो ध्यान एउटा नाटक भनौं या कथा भनौं मेरो ध्यान अचानक त्यतैतिर केन्द्रित भयो । मैले नाटक सुन्दै गएँ । नाटक पात्र आमा बुबा र छोरा थिए । छोरालाई जन्मदिएको छ महिनामा ति आमाले आफ्नो पति गुमाएकी हुन्छिन् । उनले आफ्नो पतिलाई गुमाइ सकेपछि आफ्नो आफ्नो सारा संसार त्यही छोरामा देख्छिन समय वित्दै गयो । एकदिनको कुरा हो आमा आफ्नो छोरालाई झोलुङ्गोमा सुताएर खेलौना दिएर आपूm काममा व्यस्त भएकी हुन्छिन् । त्यही बीच छोरा रोएको आवाज सुनिन्छ । आमा आँतिएर छोरा भए तिर जान्छिन छोराको आँखाबाट रगत बगिरहेको देख्छ । आमा आतिंदै छोरालाई च्यापेर अस्पताल पुग्छिन् । छोराको उपचार गर्न डाक्टर समक्ष अनुरोध गर्दछिन । आफ्नो छोराको उपचारको लागि, ममतामयी ती आमाको एकमात्र सहाराको रुपमा रहेको त्यो सानो छ महिनाको छोराको आँखाले नदेख्ने कुरा डाक्टरले भनेपछि आमा बिन्ति गर्दै रुन थालिन डाक्टर अब म के गरुँ । आमाको यस्तो रोदन सुनेपछि डाक्टरले भन्नुभयो कि कसैले आँखा दान दिएको खण्डमा तपाईंको छोराले फेरी पहिलाको जस्तै यो संसार देख्ने छ । डाक्टरको यस्तो कुरा सुनेपछि आमाले खुशी हुँदै भनिन् कि डाक्टर साब मेरो आँखा झिकेर छोरालाई राखीदिनुस । आमाले यस्तो भनेपछि डाक्टरले पनि आमाको आँखा झिकेर छोरालाई राखिदिए । आमा छोराले आँखा देख्ने भएपछि खुशी हुँदै घर फर्किन् ।
समय बित्दै गयो । छोराले समय समयमा ती आमालाई सोध्ने गथ्र्यो आमा हजुरको आँखा खोइ त । किन हजुरले आँखा नदेख्नु भएको ? आमाले पनि छोरालाई सँधै एउटै जवाफ दिन्थिन, “बाबु मेरो आँखा म जन्मदै थिएन ।” समय बित्दै गयो । छोरा ठूलो हुँदै गयो स्कूल पनि जाने भयो उसलाई आफ्नो आमाको आँखा नभएकोमा लाज लाग्न थाल्यो । कसले कतै पनि आफ्नो आमालाई परिचित गराउन चाहेन आमालाई अपहेलना गर्न थाल्यो । आमाले जसोतसो गर्दै पढाउँदै लेखाउँदै हुर्काइन र छोराको विवाह पनि गरि दिइन । बुहारीले पनि ति सासुलाई आँखा नदेख्नी यस्ती नराम्री बुढी भन्दै अपहेलना गर्न थालिन उसै समय ति बुहारीले आफ्नो लोग्नेसंंग भनिन कि तिम्री आमालाई बृद्धाश्रममा लगेर राख र म यस्तो आँखा नदेख्नी तिम्रो आमाको स्याहार सुसार गर्न सक्दिन । आफ्नो श्रीमतीको कुरा सुनेर त्यो छोराले पनि बृद्धाश्रममा लाने निर्णय गरेर आमालाई बृद्धाश्रमा राखेर आयो ।
आमालाई बृद्धाश्रममा राखेर आएपछि उनीहरु धेरै खुशी भई बस्न थाले । एकदिनको कुरा हो ति आमा हातमा एउटा पूmल र चिठी लिएर छोराको घरको ढोका ढकढक्याउन पुगिन । छोराले ढोका खोल्दै भन्यो “फेरि किन आयौं तिमी यो घरमा ?”
आमाले खुशी हुँदै भन्यो, “छोरा आज तिम्रो जन्मदिन हो । तिमीलाई शुभकामना दिनमात्र आएको हुँ । म जान्छु तिमी चिन्ता नगर” भन्दै आमाले हातमा भएको पूmल र चिठी छोरालाई दिन्छिन र सन्तानबाट सँधैभरि धेरै धेरै खुशी मिलोस बाबु तिमीलाई जन्मदिनको धेरै धेरै शुभकामना छ भन्दै आमा त्यहाँबाट आफ्नो गन्तव्यतिर लाग्छिन । छोरा पनि ढोका बन्द गर्दै आमाले दिएर जानु भएको चिठी खोल्न थाल्यो । उसले त्यो चिठी पढ्यो । चिठीमा लेखेको थियो कि मेरो प्यारो छोरा तिमीले सँधै आमा हजुरको आँखा खौइ त भनेर सोध्दा सदैब ढाँती रहें । आज म तिमीलार्य सही र वास्तविक कुरा भन्दैछु आज तिमीले जुन यो सुनौलो संसार हेरिरहेका छौ नि बाबु त्यो तिम्रो आमाको आँखा हो । मैले नै तिमीलाई आँख दान दिएको थिएँ । जब छोराले आमाको चिठी पढ्यो उ भावुक भयो । आमालार्ई खोज्न थाल्यो । तर जुनबेला उसले आमालाई खोज्यो आमाको निस्वार्थ ममतालाई बुझ्यो । त्यतिबेला निकै ढिलो भइसकेको थियो । आमाले संसार छाडीसक्नु भएको थियो ।
हामीले यो कथाबाट केही सिक्यौं, केही ज्ञान प्राप्त गरौं जति नै सन्तान भए पनि उतिकै निस्वार्थ माया प्रेम स्नेह दिने यस्ती देवी सरी ममतामय आमाबुबालाई सदैव सम्मान गरौं । माया गरौं आमाबुबाको काखमा बस्न पाएकोमा गोरव गरौं । आमाबुबाको त्याग समर्पण संघर्षलाई मनन गरौं भोलि हाम्रो पनि त्यही दिन आउँछ यो एउटा समय चक्र हो । बुझौं आमा बुबाको चाहाना र भावनालाई बुझौं, आफ्नै साथमा राखौं । जुन घरमा आमाबुबाको बास हुन्छ । त्यो घरमा भगवानको पनि बास हुनेछ । भगवान खोज्न कतै जानै पर्दैन भगवान हामीसंगै हुनुहुन्छ ।
No comments:
Post a Comment