Wednesday, September 20, 2023

कीर्तिपुरका दुई सहकारी एकीकरणः कार्यक्षेत्र काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला भरि रहने

 कीर्तिपुरका दुई सहकारी एकीकरणः कार्यक्षेत्र काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला भरि रहने

 कीर्तिपुर नगरपालिकास्थित वडा नम्बर–९ मा रहेका २ वटा सहकारी संस्थाहरु एकीकरण भएका छन् । दर्शन बचत तथा ऋण सहकारी संस्था र निर्मल बुद्ध भूमि बचत तथा ऋण सहकारी संस्थालाई बागमती प्रदेश सरकार, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय सहकारी महाशाखाबाट मिति २०८० भदौ २५ गतेको निर्णयबाट एकीकरण गरिएको हो । 

दर्शन साकोसले मिति २०७९ पुष २३ को साधारण सभा र निर्मल बुद्ध भूमि साकोसले मिति २०७९ पुष २९ को साधारण सभाले एक–अर्कासँग एकीकरण गर्ने घोषणा गरेका थिए । एकीकरणपछि दर्शन साकोस कै नामबाट सम्पूर्ण कारोबार एकिकृत गरि संचालन गरिने र दुबै साकोसको मुख्य कार्यालय एउटै वडामा भएकोले निर्मल बुद्धभूमिको मुख्य कार्यालयको पनि सम्पूर्ण कारोबार दर्शन भवनबाट नै सञ्चालन हुने दर्शन साकोसका अध्यक्ष दिनेश दर्शनधारीले जानकारी दिनुभयो ।

सहकारी अभियानले नेपालमा सहकारीहरुलाई एकीकरण मार्फत् घटाउने उद्देश्यमा हाल सम्म ६ वटा सहकारी एकीकरण गरि आफूुहरुले पनि एकीकरण अभियानमा इँट्टा थपेको अध्यक्ष दर्शनधारीले बताउनुभयो । २०७८ सालमा दर्शन साकोसले काठमाडौँ–१७, खुसिबुको सोनित्य साकोस र काठमाडौँ–२९, घट्टेकुलोको आदिबासी महिला साकोस गरि २ वटा र २०७९ मा निर्मल बुद्धभूमि साकोसले पनि काठमाडौँ–२, लाजिम्पाटको  आरोग्य साकोस र काठमाडौँ–२२, महाबौद्धको हाम्रो भरोसा साकोस गरि २ वटा सहकारीहरु एकीकरण गरेका थिए । 

दुईटै सहकारीको एकीकरण पछि संचालक समिति र लेखा समितिमा केहि हेरफेर भएको छ । नयाँ संचालक समितिमा दर्शन साकोसका अध्यक्ष दिनेश दर्शनधारी सहित ६ जना दोहोरिएका छन् । सहमतिमा नै दर्शन साकोसका संचालक सदस्य दिपक नेपालीको ठाउँमा निर्मल बुद्धभूमिबाट १ जना अनिल अधिकारीले संचालक सदस्यको रुपमा स्थान पाएका छन् भने लेखा समितिमा निर्मल बुद्धभूमिबाट सनिता कटुवालको संयोजकत्वमा ३ जना चयन भएका छन्  । 

एकीकरण पछि यो सहकारीको कार्य क्षेत्र काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला भरि रहने र दुबै संस्थाहरुको शेयर रकम, लगानी, दायित्व, ऋण सबै एकिकृत गरिनुका साथै  नीतिहरु दुबैमा एकै किसिमको भएमा दर्शन साकोसको लागू गर्ने र कुनै एक संस्थामा नभएको नीतिहरु जुन संस्थाको छ सोहि संस्थाको नीतिलाई नै एकिकृत संस्थाको नीतिको रुपमा लागू गर्ने अध्यक्ष दर्शनधारीले जानकारी दिनुभयो । 

एकीकरण पश्चात् मुख्य कार्यालयको रुपमा कीर्तिपुर नगरपालिका–९ स्थित संस्थाको आफ्नै भवनमा रहने र साविक काठमाडौँ –२, काठमाडौँ –१७, काठमाडौँ –२२, काठमाडौँ –२९, कीर्तिपुर –४ र चन्द्रागिरी –९ मा सेवा केन्द्र सञ्चालनको स्वीकृति पाएको उनले जानकारी गराउनु भयो । 

चरम आर्थिक मन्दी अनि सहकारीहरुले आफ्नो सदस्यको निक्षेप र ब्याज फिर्ता गर्न नसकेको अवस्थामा एकीकरण गरेर के फाइदा छ भनेर सोधिएको प्रश्नमा अध्यक्ष दर्शनधारीले भन्नु भयो, ‘यो एकीकरण भर्खर मात्र भएको होइन हामीले यसको लागि पहल गरेको नै ४ वर्ष भयो । जुनबेला एक सहकारी एक सदस्य भन्ने नीति सरकारले ल्यायो, त्यही बेलाबाट नै हामीलाई एक किसिमको डर पैदा भएको थियो । यसका साथै निर्मल बुद्धभूमि साकोस र दर्शन साकोसका धेरै सदस्यहरु दोहोरिएका छन् । भविष्यमा कुनै बेला सरकारले कडा रुपमा नीति लागू गर्यो भने पक्कै हामी मध्ये एउटा सहकारीलाई ठुलो अप्ठ्यारो पर्न सक्छ भन्ने सोचेर एकीकरण प्रयास गरेका थियौं । अब हामी दुई वटा सहकारीका दोहोरिएका सदस्यहरुको कारणले कहिले पनि सहकारी अप्ठ्यारोमा नपर्नेमा ढुक्क छौं ।

एकीकरण र अहिलेको तरलता समस्यामा कुनै सम्बन्ध नरहेको पनि उहाँले स्पष्ट पार्नु भयो । तरलता समस्या अब चाहेर पनि सहकारी र सहकारीका संचालक अनि सहकारी संघ महासंघहरुले मात्र समाधान गर्न नसक्ने र यसको लागि सरकारको तपÞर्mबाट नै सदस्यको बचत फिर्ताको लागि नयाँ नीति बनाएर सहयोग गरे केहि समयमा नै सहज हुने पनि अध्यक्ष दर्शनधारीको भनाई छ ।

सहकारीमा यो तरलताको समस्या कहिले सम्म होला भन्ने अर्को प्रश्नमा उहाँको भनाईमा १।२ वर्ष पनि जान सक्छ र केहि महिनामा पनि सुल्झिन सक्छ । तर, बैंकमा जहिलेबाट देखावटी नभई साँचो तरलता भई सहज रुपमा कम ब्याजदरमा ऋण प्रवाह गर्न थाल्नेछ त्यही दिनबाट सहकारीमा पनि तरलता सहज हुन्छ । त्यसैले अब सहकारी मात्र होइन बजार चलायमान गर्न लागि समेत बैंकको हातमा रहेको उनको भनाई छ ।


No comments:

Post a Comment