अहिले देखिएको सहकारी समस्या बारे
आफ्नो छुट्टै ब्रान्ड बनाउन सफल कीर्तिपुरका युवा व्यवसायी दिनेश दर्शनधारीसँगको छोटो भलाकुसारी
१.सर्वप्रथम तपाईंलाई बधाई दिन चाहन्छु, दर्शन सहकारी र निर्मल बुद्धभूमि सहकारी मर्ज भएकोमा, यो मर्ज पछि निर्मल बुद्धभूमि सहकारीको पुँजी, दायित्व सबै दर्शन सहकारीमा आएको हो ?
—धन्यवाद सर । सबैको साथ र सहयोगले नै हामी कीर्तिपुर कार्य क्षेत्र रहेका २ वटा सहकारीहरु एकीकरण हुन पाएकोमा हर्षित छौं । हामी दुईवटै सहकारीले पोहोर सालको साधारण सभाबाट एकीकरणको घोषणा गरेका थियौ । सबै कुरा मिलाउन त्यति सजिलो थिएन तर पनि आठ महिना लगाएर भए पनि एकीकरणलाई मुर्त रुप दिन सफल भएकोमा दुबै सहकारीको सदस्यहरुलाई हाम्रो तपÞर्mबाट पनि बधाई छ । हुन त अहिले आर्थिक मन्दीले देश नै जर्जर भएको बेला यो मर्जरको के औचित्य भन्ने पनि होला । तर अब हामी दुबै सहकारीका दोहोरो सदस्य भएका सदस्यले कुन सहकारी चुनेर बस्ने भन्ने टेन्सन हटेको छ । सरकारले कुनै दिन सबै सहकारीहरुका कुनै एक सदस्य समान प्रकृतिको एउटै मात्र सहकारीमा बस्न पाउछ भनेर आह्वान ग¥यो भने यी दुई मध्ये कुन सहकारी छान्ने भन्ने दुबिधा हट्यो । हामी दुबै सहकारी समान हैसियतमा एकीकरण भएको हो । दर्शन र निर्मल बुद्ध भुमिका सदस्यहरु सबैको जे जस्तो हैसियत थियो त्यो निरन्तर कायम रहने छ । हजुरले भन्नु भए जस्तो पुँजी र दायित्व सरेर आएको होइन । जोडेर एउटै बनाएको हो । जस्तै दर्शन साकोसको पहिला शेयर पुँजी १८ करोड थियो अब निर्मल बुद्धभूमिको ५ करोड जोडेर २३ करोड शेयर भयो । हामी दुबै संस्थाले सहमतिमा नाम दर्शनलाई नै कायम राख्ने भएकोले अब दर्शन साकोसको नाममा २३ करोडको शेयर रहन गयो । यसै गरि सबै बचत, ऋण, सम्पत्ति र दायित्व पनि जोडेर हिसाब हुन्छ अबबाट निर्मल बुद्धभुमिका सदस्यहरुको शेयर अनि बचत र ऋण के हुन्छ भन्ने पनि धेरैको जिज्ञासा छ । यसमा म के भन्न चाहन्छु भने जसको दुबै सहकारीमा शेयर, बचत वा ऋण छ त्यो पनि जोडिएर एउटै बनाउछौ । जसको निर्मल बुद्धभुमिमा मात्र शेयर वा बचत छ अब त्यो दर्शनको नाममा परिबर्तन हुन्छ । आजको मितिबाट निर्मल बुद्धभुमिमा आउने सबै शेयर र बचत पनि दर्शन साकोसको नामबाट कार्डहरु पाउनु हुनेछ । दुबै सस्थाको मुख्य कार्यालय कीर्तिपुर–९मा नै भएकोले अब केहि दिन भित्र निर्मल बुद्धभुमिको सबै कारोबार पनि नगाउँस्थित दर्शन भवनबाट नै सुरु गर्छौ । नगाउँ दोबाटोमा रहेको कार्यालयलाई बन्द गर्ने छौं । निर्मल बुद्ध भुमिका सबै कर्मचारीलाई पनि अहिले जुन जुन पदमा कार्यरत छन् त्यही पदमा मुख्य कार्यालयमा नै स्थानन्तरण गर्छौ ।
२.अहिले देशभरी सहकारीहरुमा समस्या देखिन थालेको छ । तपाईंको सहकारीको स्थिति के छ ?
—अहिलेको देश भरिको समस्या भनेको नै तरलताको समस्या हो । देशभर समस्या हुँदा दर्शन साकोस मात्र कसरी अछुतो रहन सक्छ र ???? प्राय ९९% सहकारीको तरलता अहिले ५% भन्दा तल भएको कुरा अब त लुकाएर लुक्न सक्दैन । अहिले त बजार भरि त्रासै त्रास छ । अहिले कुनै पनि सहकारीले पूर्ण रुपमा बचत र ऋणको कारोबार गर्न सकेको छैन । एकातपÞर्m सदस्यहरुको मनोबल गिरेको अवस्थाले सहकारीमा बचत फिर्ताको भिड लागेको छ । अनि बचत फिर्ता पाउन नसक्दाको पिडा सदस्यहरुमा छदै छ । अर्कोतपÞर्m सहकारीमा संचालक एकातपÞर्m, कर्मचारी अर्कोतपÞर्m अनि सदस्यहरु अर्कोतपÞर्m गरि तिन चिरा भएको छ । १०% देखि १५% तरलता बोकेर कारोबार गर्ने सहकारीहरुले यस किसिम मन्दी कहिले नदेखेकाले राम्रै सहकारीहरुका संचालकहरु पनि अब कुन बेला हामी पनि जेल जानु पर्ने हो भनेर मानसिक पिडा लिएर बसेका छन् । सहकारी र बैंकबाट ऋण लिएकाहरुले ऋण तिर्न नसकेर दिन दिनै लिलामीको ओइरो लागेको छ । बैंक र सहकारीलाई लिलामीको सम्पति नबिकेर अर्को तनाब छ । व्यापार ब्यबसाय ठप्प प्राय छ । शटरहरु ५०% खाली भई सके । भएका पसलमा पनि सामान नबिकेर भाडा समेत तिर्न नसक्ने अवस्थामा पुगेका छन् । युवा जति यहाँ भबिस्य नदेखेर सबै विदेश गैसके । सरकार कानमा तेल हालेर बसेको जस्तो छ । यस्तो बिकराल अवस्थामा हामीले मात्र होइन सबै सहकारीले नै आफ्नो स्वास्थ ठिक छ भन्न सक्दैन आजको दिनमा । सबै सहकारीमा सदस्यहरु आतिएर पैसा झिक्न मात्र गएको अवस्थामा हामी सहकारीले मात्र होइन कुनै बैंक वा राष्ट्र बैंकले पनि दिन सक्दैन ।
३. सबैले एकैचोटि निक्षेप झिक्दा समस्या आएको भन्नुभयो । ती निक्षेप रकम कहाँ लगानी गर्नु भयो ? त्यो लगानी कहिलेसम्म उठ्छ ?
—हाम्रो सहकारी शुद्ध बचत तथा ऋणको कारोबार गर्ने संस्था भएकोले लगानी कहाँ भयो भन्ने प्रश्नको जवाफ हाम्रो सदस्यहरुलाई नै ऋण लगानी भएको छ भन्नु पर्ने हुन्छ । तर तपाईले इन्गित गर्न खोज्नु भएको हाम्रो लगानी बजारमा हल्ला भए जस्तो रिस्क भएको क्षेत्र जस्तै जग्गा र शेयरमा लगानी छ कि भनेर सोध्न खोज्नु भएको होला । तपाईलाई मेरो बारे त धेरै कुरा थाहा नै छ । म शेयर बजार बिरोधि हुँ । मैले तपाईको पत्रिका मार्फत नै शेयर बजारमा लगानी गर्नु भनेको जुवा खेल्नु सरह हो भनेर लेख पनि लेखेको थिए । अहिले शेयर बजारले धेरै मान्छेलाई सडकमा ल्याएको नै केहि निश्चित घरानियालाई झन धनि बनाएको अवस्थामा सहकारीको त के कुरा हाम्रो व्यक्तिगत पनि एक रुपैया पनि लगानी शेयरमा छैन । मैले थाहा पाएसम्म ऋण लगानी पनि शेयर खेल्ने लाई गरेको छैन । अहिले जग्गा पनि खरिद बिक्रिको हिसाबले शुन्यमा झरेको छ । धेरै जग्गा ब्यबसायी टाट पल्टेको र लिलामीको जग्गा समेत बिक्न छोडेको भन्ने सुन्नमा आएको छ । अहिले सरकारले कित्ता काट पुरानो अवस्थामा खोल्दा समेत मालपोत कार्यालय सुन्य प्राय छन् । मान्छेसँग खरिद गर्ने शक्ति नै छैन । कुनै बेला जग्गामा बूम भएको बेला हरेक मान्छे मात्र होइन हरेक बैंक अनि सहकारी समेत आफ्नो सबै पैसा जग्गामा लगानी गर्थे । तर हाम्रो सहकारी अपबादको रुपमा रह्यो । केहि जग्गा ब्यबसायी हाम्रो पनि सदस्य भएकोले वहाँहरु लाई केहि रकम नचाहेर पनि लगानी ग¥यौ । तर पूर्ण रुपमा धितो लिएर गरेका छौं । केहिले ब्याज समेत नतिरेकोले पत्रिकामा नाम समेत निकाली सकेका छौं । अब पनि पैसा तिर्न आएन भने लिलामी गर्छौ भनेर जानकारी समेत गराई सकेका छौं । अब हाम्रो सहकारीको अन्य लगानीको बारे पनि भन्छु । हाम्रो कार्य क्षेत्र भित्र बस्ने सदस्यहरुको व्यापार ब्यबसाय बृद्धिको लागि पनि ऋण लगानी गरेका छौं । ठुला कजयधचययm देखि साना किराना पसलसम्मलाई धितो र बिना धितो दुबै खालको ऋण लगानी गरेका छौं । अहिले मन्दी भएर वहाँहरुले पनि समयमा साँवा ब्याज बुझाउन गाह्रो भईरहेको देखिन्छ ।
कोविड पछि सबैलाई एउटा कुराको महसुस भएको छ कृषिलाई प्राथमिकता दिनु पर्छ । सरकारले समेत कृषि गर्ने ब्याज अनुदान समेतको व्यवस्था गरेको छ कृषि ऋण लिनेलाई । सरकारले चकलाबन्दी खेति र सामुहिक कृषिलाई बिषेस महत्व दिएको छ । हाम्रो सहकारीले पनि यस्तो कृषि गर्नेलाई कृषि योग्य जग्गा खरिददेखि लिएर कृषि ब्यबसाय गर्न समेतलाई धितो लिएर ऋण लगानी गरेका छौं । अहिलेको मन्दीमा कृषिमा पनि मन्दी आएको र अहिले लम्पी कपष्ल जस्तो रोगÞले उहाँहरुको कृषि ब्यबसायमा समेत असर पर्दा सहकारीको ऋणको ब्याजमा समेत असर परेको छ । जुनसुकै ऋण भएता पनि सदस्यले समयमा नतिरी संस्था समेत अप्ठ्यारो परेको अवस्थामा ऋणी सदस्यको धितो लिलाम गरेर भए पनि आफ्नो बचतकर्ता सदस्यको बचत फिर्ता गर्नु पर्ने हामीले पनि बुझेका छौं । तर अहिले आर्थिक मन्दीको अवस्था भएर हाम्रा ऋणी सदस्यलाई केहि समय केहि नभनी बसेका छौं । जुन दिनबाट बजार सहज हुन्छ बैंकहरुमा देखावटी होइन साचो ऋण प्रवाह हुन थाल्छ । जग्गाको खरिद बिक्रि पहिला जस्तै सहज हुन्छ त्यो दिनबाट हामी मात्र होइन सबै सहकारीले सहज रुपमा कारोबार गर्न थाल्ने छन् । पहिला जस्तै जति पैसा पनि जम्मा गर्न र झिक्न सक्ने छन् ।
४.अहिले एउटा समाचार बाहिर आएको छ, सहकारीको समस्या समाधान गर्न बनेको कार्यदलले समस्याग्रस्ट सहकारीलाई सरकारले धितो जमानी लिएर सस्तो ब्याज दरमा ऋण उपलब्ध गराउने । के यो समाचार सत्य हो ?
—समाचार सत्य हो कार्यदलले यो बुँदालाई प्राथमिकतामा राखेर आफ्नो प्रतिबेदन बुझाएको हो । सरकारले के गर्छ हेर्न बाकि छ । अहिले सबैभन्दा ठुलो बदमासी नै बैंकहरुले गरेका छन् । बैंक कसका हातमा छन् भनेर मैले भनि रहनु पर्दैन होला । बजारमा भएका हल्ला अनि दुर्गा प्रसाई, डाक्टर सुरेन्द्र के सी जस्ता मान्छेहरुले बोलेका कुराFacebook वा Tiktok मा हेर्दा थाहा भई हाल्छ । अहिले सहकारीहरुलाई झन अप्ठ्यारोमा पार्न बैंकहरुले अर्को सुत्र प्रयोग गर्दैछन् । त्यो झन खतरनाक छ । यदि तपाईले भने जस्तो सरकारले आफै कन्ट्रोलमा लिएन भने बैंकमा पैसा जति पनि छ भनेर हल्ला गर्ने अनि त्यो पैसा सिमित घरनियाले मात्र चलाउने । सहकारी मात्र होइन अन्य ब्यापारी पनि हेरेको हेरै हुने अवस्था आउन सक्छ । आजको दिनमा तपाई हामीले यदि बैंकमा ऋण लिन जाने हो भने तपाइको एक करोडको सम्पतिलाई मुस्किलले २० लाख पनि Valuation गर्दैन । त्यस्मा पनि कोरोना पछिको आर्थिक मन्दीमा कम्पनी जसरि पनि नाफाको चाहिन्छ । कर तिरेको हुनु पर्छ । यो भनेको तिमी नेपालमा नबस यहाँको सम्पति बेच र विदेश जाउ भन्न खोजेको हो । त्यही ठाउँमा ठुला घराना हुने हो भने खोला नाला वा डाडा काँडा जहाँका जग्गाले पनि ठुलो ऋण पाउछ । त्यसैले सरकारले कि त सरकारी बैंक होइन भने सहकारी बैंक मार्फत यस्तो ऋण दिएमा बजार सहज हुन्छ अनि सहकारीहरु पनि स्वचालित रुपमा चल्न थाल्ने छन् ।
५.तपाईंको शेयर सदस्य र बचतकर्ताहरुलाई के सल्लाह दिन चाहनु हुन्छ ? अथवा कहिलेसम्म सहजता होला ?
—अहिले असहज परिस्थिति सहकारीहरुको आफ्नो कारण भन्दा पनि देश मै उत्पन्न भएको आर्थिक मन्दीको कारण आएको हो । अहिले त सबै सदस्यले धैर्य गरेर बस्ने बेला हो जस्तो लाग्छ मलाई । अहिले केहि सहकारीहरुले विदेश पनि पैसा लग्यो भन्ने सुने । यदि त्यो सत्य हो भने त्यस्ता सहकारीलाई कारबाही गर्नु पर्छ । त्यस्तै पैसा खाएर केहि सहकारीका संचालक भाग्यो भन्ने कुरा पनि आयो र त्यस्तालाई पनि कारबाही हुनु पर्छ । अहिले बल्ल सहकारीहरुमा सदस्यले हाम्रो लगानी कहाँ छ भनेर सोध्न थालेको छ । यस्तो कार्य हरेक सहकारीमा सदस्यले सधै सोध्नु पर्छ भने संचालकले पनि समय समयमा जानकारी दिनु पर्छ ।
हामीले हाम्रो सदस्य मध्येबाट छानेर कहाँ कहाँ ऋण लगानी गरेका छौं र यो सुरक्षित छ कि छैन भनेर हरेक वर्ष ऋण लगानी भएका परियोजनाहरुमा अनुगमन भ्रमण लाने गरेका छौं । त्यहाँ जान नपाएका सदस्यहरुलाई पनि त्यहाँको भिडियो खिचेर साधारण सभामा देखाउने गरेका छौं । त्यसैले हाम्रो सदस्यहरु आतिनु पर्ने अवस्था छैन । हामी सबै संचालकहरु प्राय लोकल नै छौं । हाम्रो घर खेत सबै यही छन् । अनि भागेर जाने ठाउँ पनि छैन । त्यसैले हामी लोकल मान्छेहरुबाट संचालित भएकोले पनि कोहि पनि डराउनु पर्दैन । हामीले हाम्रो सम्पति कहाँ कहाँ छ भनेर पनि देखाई सकेका छौं । दर्शन र निर्मल बुद्धभुमिका शेयर सदस्यहरुलाई मात्र होइन सम्पूर्ण अरु सहकारीका सदस्यहरुलाई समेत के आग्रह गर्छु भने एक दुई वटा अपबाद बाहेक कुनै पनि सहकारीका संचालकहरुले पैसा खाएर भाग्ने नियत राख्दैन । अहिलेको बिषम परिस्थितिमा सहकारीलाई बचाउने कि डुबाउने सम्पूर्ण हात तपाई सहकारीका सदस्यको हातमा छ । यदि सहकारीको लगानी सुरक्षित ठाउँमा छ भने केहि समय धैर्य गरेर बसी दिनुस् । संचालकहरुलाई नै कहिँ बाट पैसा ल्याउने बाताबरण बनाई दिनुस् । आफुले पनि सके दैनिक नसके मासिक भए पनि केहि रकम फेरी पनि जम्मा गरि संचालकहरुलाई अलिक हिम्मत दिनुस् । संचालकहरुले संस्थाको ऋण उठाउन प्रयास गरेका छन् कि छैनन चेक गर्नुस । यो कार्यमा आफुले पनि सहयोग गर्नुस । यदि सहकारीबाट लगानी गरेका ऋणहरुमा आफुले सुरक्षित महसुस गर्नु भयो भने यो कुरा संस्थाका अरु सदस्यलाई पनि भन्नुस । यदि यसरी आफु सदस्य भएको सहकारीलाई बचाउनु भयो भने अवस्य पनि एक दिन त्यो संस्थाले भोलि पनि हिजोका राम्रा दिनमा गरेका गुण जस्तै फेरी गुण गर्नेछ । होइन भने सहकारी त डुब्छ नै । तपाईको पैसा पनि डुब्न सक्छ । कुनै पनि सहकारीका संचालकले नगरेको गल्तिको सजाय दिनु भयो भने भगवानले हामी सबैलाई हेरीरहेको हुन्छ । त्यस्को असर आफुतिर पनि आउन सक्छ । सहकारीका संचालकलाई थुनेर पैसा आउने भए अहिलेसम्म जेलमा कोचेर भए पनि पैसा निकाल्नु पर्ने हो । सरकारले पनि यो कुरा राम्रोसँग बुझेको छ कि जेल हालेर भन्दा मौका दिएर पैसा उठ्न सक्छ । सो तपाई सबै सहकारीका सदस्यहरुले यो कुरा राम्रो सँग मनन गर्नु भयो भने तपाईको पैसा ढिलो चाँडो अवस्य उठ्छ । मेरो फेरी पनि सबै सदस्यलाई आग्रह नै अहिले धैर्य गर्ने र संस्था बचाउन तिर लाग्ने नै उत्तम उपाय हो ।
६.बचतकर्ताको बचतको सुरक्षा हुन्छ कि हुन्न ? कसरी सुरक्षित गर्नुहुन्छ ?
—बचत कर्ताको बचतको सुरक्षा हुन्छ कि हुन्न भन्ने प्रश्नमा हामीले ऋण लगानी सुरक्षित ठाउँमा गरेका छौं कि छैनौ भनेर हेर्नु पर्ने हुन्छ । हुन त अघि नै प्रस्टसँग भनि सके अर्को यदि हामीले लगानी गरेका ऋणहरु यदि उठेन भने त्यस्को जिम्मेवारी कसले लिने भन्ने पनि प्रश्न उठ्न सक्छ । मैले सहकारीको अध्यक्षको हैसियतले के भन्छु भने यदि ऋणबाट पैसा अशुली भएन भने हामी संचालकहरुको सम्पत्ति बेचेर भए पनि तिर्न प्रतिबद्ध छौं । हामीले लगानी गरेका केहि सदस्यहरुले पनि अहिले ऋण तिर्न सक्दैनौ तर यदि जग्गा चाहिन्छ भने दिन तयार छौं भनेका छन् । त्यसैले यदि कसैलाई अब आफ्नो बचतको सट्टामा जग्गा लिन चाहनु हुन्छ भने हामीले पनि त्यस्को तयारी गर्न लागेका छौं । हामीले निकट भबिष्यमा नै सहकारीको स्वेतपत्र जारि गरि सहकारीको बास्तबिक स्थिति सम्पूर्ण सदस्यलाई जानकारी दिने प्रयास गर्दै छौं । त्यस्तै त्यही स्वेत पत्र मार्फत नै हामीले बचत फिर्ता कसरी दिने प्लान छ अनि ब्याजहरु कसरी दिने प्लान छ ती सबै कुराको बिस्तृत विवरण स्वेत पत्र मार्फत दिने प्लान छ । यदि स्वेत पत्र जारि हुनुभन्दा पहिला नै जग्गा पास गरेर लिन चाहेमा त्यो पनि दिने तयारी गरेका छौं । हामी संचालकहरुको मुख्य लगानी रहेको कृषि बन परियोजना बेचेर भए पनि हामीले सदस्यहरुको बचत फिर्ता दिन हामी तयार छौं । तर अहिलेको मन्दीमा अन्य Platting को सानो तिनो २/३ आनाको जग्गानै बिक्रि नभएको बेला ठुलो परियोजना त झन बिक्रि हुने कुरा नै भएन ।
No comments:
Post a Comment