Tuesday, August 15, 2023

राराहिल मेमोरियल स्कुलको एसइइ–२०७९का विद्यार्थीहरुलाई बधाई तथा अभिनन्दन

 राराहिल मेमोरियल स्कुलको एसइइ–२०७९का विद्यार्थीहरुलाई बधाई तथा अभिनन्दन


वि.सं.२०४६ सालको आन्दोलनमा कीर्तिपुरमा सहादत प्राप्त गर्नु भएका राजमान, राजेन्द्र, हिराकाजी र लनबहादुर शहिदहरुको नामहरुको पहिलो अक्षरबाट राराहिल नामले २०४९ सालमा स्थापना भएको राराहिल मेमोरियल स्कुलले एसइइ–२०७९ मा सफल विद्यार्थीहरुलाई बधाई तथा अभिनन्दन गरियो ।

बाघ भैरब बैंक्वेट नगाउँको हलमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि कीर्तिपुर न.पा.का कार्यवाहक नगर प्रमुख तथा उपमेयर शुभलक्ष्मी शाक्य सुनिताले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गनुभयो । अन्य अतिथिहरुमा कीर्तिपुर न.पा. शिक्षा अधिकृत कमला पोख्रेल, की.न.पा. वडा नं.५ का वडा अध्यक्ष राजेन्द्र महर्जन, राराहिल शैक्षिक गुठिका गुठियारहरु, शहिदका परिवार लगायत अतिथिमा हुनुहुन्थ्यो ।


प्रिन्सिपल जगतबहादुर महर्जनले स्वागत मन्तव्य दिनुका साथै स्कुलको विभिन्न गतिविधिहरु बारे जानकारी दिनुभयो । राराहिल स्कुलका विद्यार्थी अभिज्ञा बेलबासेले जिपिए ४ ल्याएर स्कुलको मान बढाई दिएकोमा धन्यवाद दिनु हुँदै बेलबासे परिवारसँग राराहिल स्कुलको गहिरो सम्बन्ध रहेको बताउनु भयो । २०७५ सालमा अभिज्ञा बेलबासेको दिदी अपेक्षा बेलबासेले पनि जिपिए ४ नै ल्याएको बताउनु भयो ।

स्कुल व्यवस्थापन समितिका अध्यक्ष नारायण महर्जनले बेलबासे परिवारका श्रीमान श्रीमती दुवैजना शिक्षित सरकारी नोकरीमा हुन्छ त्यसकै फल छोरीहरुमा पनि पढने जाँगर बढेका हुन । आमाबुबाको प्रेरणा र स्कुलको सिकाईका कारण आज राराहिल स्कुलको नाम राख्न सकेकोमा धन्यवाद दिनुभयो ।

जिपिए ४ ल्याउन सफल विद्यार्थी अभिज्ञा बेलबासेले मन्तव्यको क्रममा स्कुलमा भर्ना हुँदा आफ्नो नाम पनि लेख्न जानेको थिएन । यस विद्यालयमा पढ्दै जाँदा गुरुहरुको प्रेरणाले विभिन्न अतिरिक्त क्रियाकलापमा भाग लिंदै आपूmलाई सक्षम बनाउँदै लगें । विद्यालयलाई एउटा ठूलो परिवारको रुपमा रह्यौं । विद्यार्थीको पढाई अब्बल हुनको विद्यालयमा पढ्ने वातावरण, गुरुबा गुरुमाहरुको माया स्नेह, भौतिक पूर्वाधार पनि राम्रो हुनुपर्छ । जुन सबै कुरा यस विद्यालयमा उपलब्ध छ । यस विद्यालयमा पढेदेखि यहाँ छोडेर अन्त जाउँजस्तो कहिल्यै भएन । आउने दिनमा पनि विद्यालयको नाम राख्न सकोस भनी अहिलेका ब्याचलाई शुभकामना दिनुभयो ।

 जिपिए ४ ल्याउने विद्यालय टपर अभिज्ञा बेलबासेलाई भूतपूर्व विद्यार्थी हाल जापानमा रहेका सुरोज महर्जनको तर्फबाट रु.१०,०००÷ नगद, विद्यालयका सातौं ब्याचका छात्रा स्व.पलिस्था मानन्धरको सम्झनामा वहाँको मातापिताको तर्फबाट कदर पत्र सहित रु.१०,०००÷ र विद्यालयको तर्फबाट प्रिन्सिपल जगत बहादुर महर्जनले रु.१०,०००÷ प्रदान गर्नुभयो ।

प्रमुख अतिथि का.वा.नगर प्रमुख शुभलक्ष्मी शाक्य सुनिताले एसइइ पास विद्यार्थीहरुलाई बाहिर जानेमात्र विचार गर्नु हुँदैन । देश विकासको लागि आपूmहरुले पनि केही योगदान गर्नुपर्छ भन्ने भावना हुनुपर्ने बताउनु भयो । कीर्तिपुर नगरपालिकाले गत वर्षदेखिनै कीर्तिपुरका ३ वटा क्याम्पसहरु मंगल, शहीद र जनाधार क्याम्पसमा पढ्ने विद्यार्थीहरुलाई स्नातक तह पढ्न निशुल्क पढाइरहेको, यस वर्षदेखि एसइइ पास भएर पनि कलेज फिस तिर्न नसकेर पढाई छाड्नु पर्ने अवस्था आएमा त्यस्ता विद्यार्थीहरुलाई कीर्तिपुर नगरपालिकाले निशुल्क पढाइ दिने बचन दिनुभयो ।



No comments:

Post a Comment