Monday, August 14, 2023

उज्वल स्कुलको बिदाई तथा अभिनन्दन कार्यक्रम

 उज्वल स्कुलको बिदाई तथा अभिनन्दन कार्यक्रम



कीर्तिपुर नगरपालिका वडा नं.५ शहिदपथस्थित उज्वल शिशु निकेतन एकेडेमीले एसइइ–२०७९मा उत्तीर्ण आफ्ना विद्यार्थीहरुलाई एक कार्यक्रम गरी विदाई तथा अभिनन्दन गरियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा.शिवशंकर महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि की.न.पा.का कार्यवाहक नगरप्रमुख तथा उपप्रमुख शुभलक्ष्मी शाक्य हुनुहुन्थ्यो । अन्य अतिथिहरुमा कीर्तिपुर शिक्षा शाखा प्रमुख टंकलाल गैरे, शिक्षा आयोगका सदस्य नन्द कुमारी महर्जन, कीर्तिपुर न.पा. वडा नं.५ का वडाध्यक्ष राजेन्द्र कुमार महर्जन, वडा नं.८ का वडाध्यक्ष सानुमैंया महर्जन, रामकृष्ण दुवाल, प्रा.डा.धर्मराज डंगोल सहित विभिन्न स्कुलका प्रधानाध्यापकहरु हुनुहुन्थ्यो ।

प्रिन्सिपल दिलमान महर्जनले स्वागत मन्तव्यको साथै विद्यालयको प्रगति विवरण सुनाउनु भयो ।

उक्त विद्यालयका एसएलसी पहिलो ब्याचका विद्यार्थी उपेश महर्जन जो हालसालै गोरखापत्रको सल्लाहकार सम्पादकमा नियुक्त हुनु भएको थियोले आफ्नो स्कुल जीवनबारे बताउनु हुँदै, विषय छनौटमा आफ्नो इच्छानुसार छान्नु पर्छ । उच्च शिक्षाको लागि विदेशै जानुपर्ने भन्ने होइन । स्वदेशमै बसेर पनि केह ीगर्न सकिन्छ भन्ने उदाहरण आफु भएको बताउनु भयो ।

कार्यक्रमको बीच बीचमा विद्यार्थीहरुबाट सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । विद्यालयमा सबभन्दा बढी अंक ल्याउने एक जना छात्र र एक जना छात्रालाई दिइने पुरस्कार छात्रमा राजेश बस्नेत ३.९५ जिपिए, सुमिना श्रेष्ठ ३.९० जिपिएलाई प्रमुख अतिथिले प्रमाण पत्र र नगद रु.१०,००१÷ सभापतिले प्रदान गर्नुभयो ।

प्रमुख अतिथि का.वा.मेयर शुभलक्ष्मी शाक्य सुनिताले पहिले एसएलसी भनिन्थ्यो अहिले एसइइ भनेको उही हो । यसलाई आइरन गेट पार गर्ने भनिन्थ्यो । अहिले त्यस्तो लाग्दैन । अब अगाडि के विषय भन्ने बारेमा सोच्नु पर्छ, आमाबुबाको दबाव, साथीभाईको लहलहैमा विषय चुन्ने होइन । आपूmलाई जुन राम्रो लाग्छ त्यही पढ्ने हो । डाक्टर इन्जिनियरनै बन्नु पर्छ भन्ने होइन । पढेर काम नपाएर विदेश जानेहरुको ताँती लागिरहेको छ । त्यस्को सट्टा शीप सिकेर आफ्नै देशमा केही गर्नु राम्रो हुन्छ । कीर्तिपुर नगरपालिकाले सिटिइभिटिबाट सम्बन्धन प्राप्त गरी प्राविधिक कलेज खोल्न लागेको बताउनु भयो ।

गत साउन १९ गते पाँगा पार्टी भेन्यूमा भएको उक्त कार्यक्रमको समापन गर्दै सभापति प्रा.डा.शिव शरण महर्जनले उपस्थित सबैजनालाई धन्यवाद दिंदै कार्यक्रम समापन गरियो ।


No comments:

Post a Comment