Monday, August 14, 2023

रबि महर्जनको नेतृत्वमा मङ्गल बहुमुखी क्याम्पस भूतपूर्व विद्यार्थी समूह गठन

 रबि महर्जनको नेतृत्वमा मङ्गल बहुमुखी क्याम्पस भूतपूर्व विद्यार्थी समूह गठन


मङ्गल बहुमुखी क्याम्पसबाट अध्ययन पूरा गरेर जानुभएका भूतपूर्व विद्यार्थीहरुको प्रथम भेलाबाट गत साउन २० गते शनिवारका दिन पहिलो ब्याचका रवि महर्जनको नेतृत्वमा मङ्गल बहुमुखी क्याम्पस भूतपूर्व विद्यार्थी संघ गठन भएको छ । कृष्ण क्याटरिङको सभा हलमा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. लक्ष्मी बहादुर महर्जनको सभापतित्वमा सञ्चालित प्रथम भेलाबाट ९ सदस्यीय कार्य समिति गठन भएको थियो ।

कार्यक्रममा उपस्थित भूतपूर्व विद्यार्थी एवं व्यवस्थापन समितिका पदाधिकारी र सदस्यहरुलाई क्याम्पस प्रमुख प्रदिप महर्जनले स्वागत गर्नु भएको थियो । स्वागत मन्तव्यको क्रममा क्याम्पसको वर्तमान स्थिति, भावी योजना र भूतपूर्व विद्यार्थी संघको महत्व र आवश्यकता बारे प्रकास पार्नु भयो ।

सोहि अवसरमा सहायक क्याम्पस प्रमुख रकि महर्जनले क्याम्पसको गतिविधि  Quality Acreditation Assurance र भूतपूर्व विद्यार्थी संघको महत्व र कार्यपद्धतिका बारेमा स्लाइडहरु प्रस्तुत गर्नु भएको थियो ।

उक्त भेलामा छलफल गरी भूतपूर्व विद्यार्थी संघ गठनका लागि आएका नामहरु क्याम्पस प्रमुख प्रदिप महर्जनले सभा समक्ष पढेर प्रस्तुत गर्नुभयो । उक्त प्रस्तावित व्यक्तिहरु अध्यक्ष पदमा रवि महर्जन, उपाध्यक्ष पदमा श्रृजना बज्राचार्य,सचिव मुना महर्जन, कोषाध्यक्ष दिपक खत्री सदस्यहरुमा राजेश्वर महर्जन, जिना महर्जन, सावित्रा कुंवर, रोजेश महर्जन र रोहिक महर्जनलाई तालिबजाएर सर्वसम्मतीले निर्वाचित गरेका थिए ।

निर्वाचन पश्चात नव निर्वाचित संघका अध्यक्ष रवि महर्जनले आपूmलाई निर्वाचित गरेकोमा सम्पूर्ण उपस्थित महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नुका साथै भूतपूर्व विद्यार्थी संघको माध्यमबाट आपूmहरुले सिकेको ज्ञानसीपलाई भूतपूर्व विद्यार्थीहरु माझ आदान प्रदान गर्नुका साथै क्याम्पसको हित हुने र विकास कार्यमा सहकार्य गर्दै जाने समाज र शैक्षिक कृयाकलापहरु गर्ने बताउनु भयो ।

कार्यक्रमको अन्त्यमा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. लक्ष्मी बहादुर मर्हनले शैक्षिक सुधारको लागि अनुसन्धान नितान्त आवश्यक र त्यसको लागि  Mangal Research Centre  स्थापना गर्ने कार्य भैरहेको बताउनु भयो । मंगल क्याम्पस भू.पू विद्यार्थी संघमा निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई पदाधिकारी एवं सदस्यहरुलाई बधाई ज्ञापन गर्नु हुँदै यो संघ भनेको एउटा शाखा जस्तै भएकोले क्याम्पस हितको लागि यसले महत्वपूर्ण योगदान गर्न सक्ने बताउनु भयो । अन्त्यमा उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नु भयो । 

उक्त कार्यक्रममा उपाध्यक्ष प्रा.डा. श्यामकृष्ण महर्जन, सदस्य आकर्षण प्रधान र संयोजक डा.सिद्धिबहादुर महर्जनको पनि उपस्थिति रहेको थियो ।

Kirtipur sandesh issue 607 Aug 9


No comments:

Post a Comment