Saturday, August 12, 2023

रोटरी क्लब अफ कीर्तिपुरको चौथो पदस्थापन तथा चार्टर दिवस सम्पन्न

रोटरी क्लब अफ कीर्तिपुरको चौथो पदस्थापन तथा चार्टर दिवस सम्पन्न

रोटरी क्लब अफ कीर्तिपुरले चौथो पदस्थापन तथा चार्टर दिवस कीर्तिपुर हिलसाइड होटल एण्ड रिसोर्टमा भव्यताका साथ सम्पन्न गरेको छ ।

श्रावण ४ गते विहिवार भएको कार्यक्रमको अध्यक्षता क्लबको प्रेसिडेन्ट रोटरियन दामोदर रेग्मीले गर्नुभएको थियो । प्रमुख अतिथि रोटरी डिस्ट्रिक्ट ३२९२ को वर्तमान डिस्ट्रिक्ट गभर्नर रोटरियन राजेन्द्र प्रसाद धोजु र विशिष्ट अतिथिमा राष्ट्रिय आविष्कार केन्द्रका डा. महावीर पुन हुनुहुन्थ्यो ।

स्वागत मन्तव्य क्लबका संस्थापक अध्यक्ष राज्य लक्ष्मी वैदारले तथा शुभकामना मन्तव्य प्रमुख अतिथि धोजु र विशिष्ट अतिथि पुनले राख्नु भयो । यसैगरी अन्य विशेष अतिथिमा डिस्ट्रिक्ट ३२९२ का पूर्व डिस्ट्रिक्ट गभर्नर जितेन्द्र बहादुर राजभण्डारी, संतोष रिजाल, राजिव पोखरेल, संजय गिरि, बासुदेव गोल्यान, तिर्थमान शाक्य, केशव कुंवर, डिजिएन राजेन्द्र शेरचन, डिजिइ विनोद कोइराला, जिएस आर कौशलेन्द्र कुमार दास,एजि शारदा आचार्य पोखरेल, डिस्ट्रिक्ट सचिव डा.दिनेश राज बज्राचार्य र दुर्गादेवी सुवेदी, कीर्तिपुरका डिएसपि राजु लामा, नगरपालिका प्रतिनिधि अनुज प्रधान आदिको उपस्थिति रह्यो ।


यसैगरी अन्य अतिथिहरुमा डिस्ट्रिक्ट विभिन्न चेयर, आफिसियल, रोटरी, इनरह्वीलर क्लबका अध्यक्षहरु, सचिवहरु, पूर्वअध्यक्षहरु रोटराक्ट क्लब अफ कीर्तिपुरका सदस्यहरु सिद्धार्थ बैंक कीर्तिपुरका प्रतिनिधि, इन्टराक्ट क्लब अफ कीर्तिपुर मा.वि.का विद्यार्थीहरु, सञ्चार माध्यम आदि गरी १४२ जनाको उपस्थिति रह्यो । कार्यक्रममा रोटरी कीर्तिपुरका पूर्व अध्यक्ष पुण्य राज अधिकारीले गत वर्षको कार्यक्रम भिडियो मार्फत प्रस्तुत गर्नु भएको थियो । आफ्नो कार्यकालका साथीहरुलाई मायाको चिनो प्रदान गनुभयो । 

यसैगरि वर्तमान अध्यक्ष दामोदर रेग्मीले प्रमुख अतिथि, विशिष्ट अतिथि, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई मायाको चिनो प्रदान गर्नुभयो । साथै सबै उपस्थितलाई पूmलको गमलाले स्वागत गरिएको थियो साथै डायरी प्रदान गएिको थियो । 

कार्यक्रममा क्लबको सोभिनियरको तेस्रो संस्करण विमोचन गरिएको थियो र सबैलाई १÷१ प्रति प्रदान गरियो । कार्यक्रम संचालन क्लबका मेन्टर सानु अमात्य, सहजिकरण जिएसआर कौशलेन्द्र कुमार दास र सचिव श्याम प्र. साहले गर्नु भएको थियो ।

यस क्लबले रोटरी इन्टरनेशनल र डिस्ट्रिक्टको मुल्य मान्यता अनुसार विभिन्न सामाजिक क्षेत्रमा सेवा प्रदान र कार्यक्रम सञ्चालन गर्दै आएको छ । तीन वर्षको छोटो अवधिमा क्लबले कीर्तिपुर तथा डिस्ट्रिक्टमा कुशल छवि स्थापना गरेको छ । नयाँ ११ सदस्य सहित हाल यस क्लबमा ३८ जना सदस्यस्हरु रहेका छन ।

कार्यक्रममा रोटरी कीर्तिपुरले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा.महावीर पुनलाई रु.५९,९६६÷ तथा रोटराक्ट क्लब अफ कीर्तिपुरलाई रु.२९,९८३÷ सहयोग प्रदान गरिएको थियो ।


No comments:

Post a Comment