Thursday, June 1, 2023

वीराङ्गना कीर्तिलक्ष्मीको अलिखित इतिहास बन्दी अवस्थामा खुँडा धसेर प्राणत्याग

 

वीराङ्गना कीर्तिलक्ष्मीको अलिखित इतिहास 

बन्दी अवस्थामा खुँडा धसेर प्राणत्याग



@)&& r}tdf sLlt{k'/df ePsf] d"lt{snf sfo{zfnfdf d"lt{sf/ /fh' lk7fsf]6]n] agfpg'ePsf] sLlt{nIdLsf] d"lt{

शान्ति लामा

कीर्तिपुर जेठ १७ गते । दुई पटक पराजय भोगेको गोर्खाली सेना पूर्णतयारीका साथ कीर्तिपुरसँगको तेस्रो युद्धमा थियो । गोर्खाली सेनासँग महिला लडिरहेकी थिइन, पुरुषको भेषमा । यो लडाईमा कीर्तिपुर राज्यका ढोका फोरेर गोर्खाली सेना कीर्तिपुर राज्यमा प्रवेश गर्न सफल भयो । 

उनीहरुले हारेका कीर्तिपुरे सेनालाई बन्द िबनाउन थाले । एक सेनाको हाउभाउ महिलाको जस्तो देखे गोरखाली सेनाले । अपमानपूर्वक उनीहरुले कीर्तिलक्ष्मीको पुरुष भेष उतार्न लगाए । एक महिला पुरुषको भेषमा खुँडा लिएर लडिरहेको रहस्य पत्ता लाग्यो । गोर्खाली सेनाले बन्दी बनाइएकी कीर्तिलक्ष्मीको इज्जत हरण गर्न खोजे । गोरखाली सेनाको हातमा परेपछि आफुले आफैलाई खुँडा धसेर आत्महत्या गरिन्, परम्परागत सङ्कुचित समाजमा अदम्य साहससाथ लडेकी वीराङ्गनाको अवसान भयो ।

यो इतिहासको पानामा लिपिवद्ध गरिएको कुनै इतिहास हैन । यो कीर्तिपुरका बासिन्दामा श्रति परम्परा अन्तर्गत सुनाइने ऐतिहासिक घटनाको एउटा विवरण हो । यो कथा आज पनि कीर्तिपुरेबीच सुन्ने सुनाउने परम्परा रहेको इतिहासका अध्येता प्रयागमान प्रधान बताउनु हुन्छ ।

त्यही कथामा आधारित रहेर २०२२÷०२३ सालतिर कीर्तिपुरको तननी टोलमा नाटक प्रदर्शन भएको स्मरण गर्नुहुन्छ उहाँ । सम्भवतः हृदयचन्द्र सिंह प्रधानले लेखेको हुनुपर्छ त्यो कथा । राष्ट्रिय नाचघरका कलाकारले उक्त लोकनाटक प्रदर्शन गरेका थिए । यसरी लामो समयदेखि कीर्तिपुरवासीले कीर्तिलक्ष्मीको कथालाई गौरवसाथ सुनाउने गरेका थिए ।

कीर्तिपुर आक्रमणका क्रममा पृथ्वीनारायण शाहको गोर्खाली सेनाले दुईपटक पराजय बेहोर्नु परेको थियो । तेस्रोपटकको आक्रमणमा मात्र कीर्तिपुरमाथि गोर्खा राज्यले विज प्राप्त गरेको इतिहास छ । कीर्तिपुरसँगको युद्धमा गोर्खाली सेनाका तर्फबाट क–कसले लडे भन्ने कुरा इतिहासका पानामा जताततै पढ्न पाइन्छ तर दुई–दुईपटक गोर्खाली सेनालाई धपाउने कीर्तिपुरका योद्धा को–को थिए त ? भन्ने कुरा भने लिखित इतिहासमा चर्चा गरिएको पाईदैन । आखिर इतिहास जिन्तेहरुकै लेखिन्छ ।

गोरखाली फौजसँग लडेका ऐतिहासिक योद्धामध्येकी एक हुन्–कीर्तिलक्ष्मी । लिखित इतिहासका किताबमा बीराङ्गना कीर्तिलक्ष्मीबारे प्रस्ट कुरा लेखिएको पाईंदैन तर कीर्तिपुरवासीको श्रुति परम्परामा भने कीर्तिलक्ष्मीको साहसका कथाहरु आज पनि बहुप्रचलित छन् ।

कीर्तिलक्ष्मीको प्रतिमा बन्ने

इतिहासका पानामा गुमनाम रहेकी त्यही पात्र कीर्तिलक्ष्मी सिंहको इतिहास गुजागर गर्न केही कीर्तिपुरे अगुवाहरु लागिपर्दैछन । अब कीर्तिपुरमा कीर्तिलक्ष्मीको सालिक स्थापना गरिने भएको छ ।

स्थानीय सामाजिक अगुवाहरुको पहलमा कीर्तिलक्ष्मीको ढुङ्गे प्रतिमा स्थापना गर्न लागिएको हो । प्रतिमा स्थापनाका लागि कीर्तिपुरका संस्कृतिविद तथा सामाजिक अभियन्ता प्रयागमान प्रधानको संयोजकत्वमा कीर्तिलक्ष्मी प्रतिमा निर्माण तथा व्यवस्थापन समिति गठन गरिएको छ । प्रदेश ३ का सांसद पुकार महर्जन, कीर्तिपुर नगरपालिका वडा नं. १,२,३,९ र १० वडा अध्यक्षहरु सम्मिलित निर्देशन समिति पनि गठन भएको छ ।

कीर्तिलक्ष्मीको सालिक स्थापनाको अवधारणा झन्डै एक दशक अघिदेखि नै छलफलमा ल्याइएको समितिका संयोजक प्रधानले बताउनुभयो । “कीर्तिपुरको इतिहास” एक साहसी नारीका रुपमा रहेको कीर्तिलक्ष्मीको इतिहास खोजिनु पर्छ भन्ने छलफल हुँदै आएको हो ।

”केही ऐतिहासिक दस्तावेजमा लेखिएको पनि पाइएको छ ” उहाँले भन्नुभयो । अहिलेसम्म आपूmले ऐतिहासिक दस्तावेजमा कीर्तिलक्ष्मीसम्बन्धी तथ्यहरुको खोज र अध्ययन गरिएको उहाँले बताउनु भयो । कीर्तिलक्ष्मीको प्रतिमा स्थापना गर्ने अभियान कीर्तिपुरको नागरिक स्तरबाट चलाइएको अभियान हो ।

अहिले प्रदेश ३ सरकारले प्रतिमा निर्माणार्थ १५ लाख रुपियाँ बजेट दिने भएपछि कीर्तिलक्ष्मीको प्रतिमा स्थापना गर्ने योजना साकार हुन लागेको हो ।

प्रतिमालाई कहाँ राख्ने भन्ने निर्णय अझै भइसकेको छैन । कीर्तिपुर डाँडास्थित उमामहेश्वर मन्दिरपछाडि रहेको क्वाठ –कोतघर) नजिक राख्ने छलफल भइरहेको जानकारी शाक्यले दिनुभयो । लायकू र कोतघर त्यहीं नजिक भएकाले इतिहाससँग पनि जोडिने भएकाले त्यहीं राख्नेबारे छलफल भएको संयोजक प्रधानले बताउनुभयो ।

अभिलेखमा कीर्तिलक्ष्मी

शिलालेखहरुमा कीर्तिपुरका क्वाठनायकहरुको नाम उल्लेख गरिएको पाइएको प्रधान बताउनु हुन्छ । काजीहरुको नाम पनि अभिलेखहरुमा पाइन्छ तर कीर्तिलक्ष्मीको नाम भने स्पष्ट रुपमा अभिलेखमा पाइएको छैन । उहाँ भन्नुहुन्छ, “हारेका काजी र सेनानायकहरुको नामसमेत नलेखिने इतिहासमा पुरुषको भेषमा लडेकी नारीको नाम उल्लेख गर्ला भन्ने आशा हामी गर्न सक्दैनौं । त्यसैकारण कीर्तिलक्ष्मी गुमनाम भइन ।

यस्ता शिलालेखमध्ये उमामहेश्वर मन्दिरपछाडि रहेको सरस्वती मन्दिरको शिलालेखले केही तथ्य उजागर गरेको छ । मन्दिरको अभिलेखमा क्वाठनायक लक्ष्मी सिंहले मन्दिरको मर्मत गरेको भनी उल्लेख रहेको प्रधानले बताउनुभयो । त्यसबाट त्यस ठाउँको कोतनायक लक्ष्मी सिंह रहेछन् भन्ने कुरा पत्ता लाग्ने तर्क उहाँ गर्नुहुन्छ । प्रधानका अनुसार क्वाठनायक लक्ष्मी सिंहकी छोरी नै कीर्तिलक्ष्मी हुन ।

अर्को कुरा पाटनमा छ प्रधानको जगजगी रहेको बेलाको एक ऐतिहासिक घटनाले पनि कीर्तिलक्ष्मीको इतिहास उजागर गर्ने उहाँ बताउनुहुन्छ । इतिहासकार बाबुराम आचार्यले लेख्नुभएको पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी पुस्तकमा कीर्तिलक्ष्मी सिंहको नाम उल्लेख रहेको छ । पाटनका राजा रञ्जीत मल्लको राज्याभिषेक समारोहमा उपस्थित काजीहरुको नाममा कीर्तिलक्ष्मी सिंह पनि उपस्थित रहेको पाईएको प्रधान बताउनु हुन्छ । त्यतिबेला कीर्तिपुर पाटन राज्यको उपराज्य थियो । कीर्तिपुरका क्वाठनायक लक्ष्मी सिंहको प्रतिनिधित्व गर्दै उनकी छोरी कीर्तिलक्ष्मी सिंहले राजाको राज्याभिषेकमा उपस्थित भएको हुन सक्ने उहाँ अनुमान गर्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “त्यसमा कुन ठाउँको काजी भनी उल्लेख नगरेको हुनाले कीर्तिलक्ष्मी सिंह कीर्तिपुरको हो भनी अनुमान लगाउन सकिन्छ ।” साथै मल्लकालमा “कीर्ति” शब्द असाध्यै मन पराइएको र यो नाम निकै प्रचलित रहेकाले क्वाठनायक लक्ष्मी सिंहले आफ्नी छोरीको नाम कीर्तिलक्ष्मी राखेको हुनसक्छ भन्नुहुन्छ, प्रधान ।

साभार ः यो लेख २०७८ साल जेठ १७ गतेको गोरखापत्रबाट

 


No comments:

Post a Comment