Wednesday, May 24, 2023

महारानी कीर्तिलक्ष्मी

  महारानी कीर्तिलक्ष्मी

—Basu Pasa


दौरा सुरुवालका साथमा पलाञ्चोके जुत्ता र टोपी लगाई कम्मरमा पटुका कसी क्वाचोको थुम्को माथि बाणहरुको थुप्रो लगाउन लगाई एक्लै गोरखाली सेनासंग युद्ध गर्ने भैरवसिंह कुनै बहादुर युवकको नाम थिएन र त्यो पुरुष पनि थिएन । परन्तु ति त थिइन्—कीर्तिपुरेहरुले हारेपछि पनि हार स्वीकार नगरी युद्ध गरी नै रहने र समस्त कीर्तिपुरे नारीहरुलाई कीर्तिपुरको युद्धमा नीति निर्देशन दिई गोरखालीहरुसंग लडाउने वीराङ्गना महारानी कीर्तिलक्ष्मी ! तर गोरखाली सेनाले यिनीलाई पनि बन्दी बनाएर लगि चिसो छिडीमा बाहिरबाट कडा पहरा दिई ढोकामा ताल्चा मारी थुनेर राखेका थिए । पछि गोरखाली सेनाले भैरवसिंह भन्ने व्यक्तिको चालढालबाट लोग्ने मान्छे नभै आइमाई हो भन्ने अनुमान गरे । त्यसैले उक्त वीरङ्गनाको सतीत्व हरण गर्नका लागि खड्गवीर भन्ने एउटा सेनापति हतियारले सुसज्जित भै बन्दीगृहमा प्रवेश ग¥यो । उसले त्यहाँका पाले र पहरेदारहरुलाई ताल्चा खोल्न लगाई उनीहरुलाई दही च्यूरा खान जानु भनी पठायो । अनि आपूm एक्लै बन्दीगृहभित्र पसी बन्दीको टाउकोको टोपी झिकेर फ्याँकिदियो । टोपी रहित टाउकोबाट भैरवसिंह एउटी राम्री नारी हो भन्ने स्पष्ट भयो । त्यसले गर्दा खड्गवीर त्यस बन्दीप्रति झनझन आकर्षित भै भन्न लाग्यो— “कीर्तिपुरको युद्धमा पुरुष योद्धाहरु सकिएपछि नारीहरुले पनि भेष बदली युद्धमा उत्रेका रहेछन् भन्ने कुरा भाजंगालमा हिजो लासहरुको दाह संस्कारगर्दा मात्र थाहा भयो । तर तिमी एउटी मात्र बाँचिछौं । म तिमीलाई नाक कटाउन दिन्न र भगाई दिन्छु । तर त्यसको लागि तिमी मेरी बन्नुपर्छ ।”

यसमा बन्दी महारानीको जवाफ थियो— “देशभरिका युवक युवतीहरुले कीर्तिपुरको लागि लडेर वीरगति प्राप्त गरे । वीर कीर्तिपुरे जनताको वीरताको प्रमाण स्वरुप उनीहरु कसैले पनि आत्म समर्पण गरेनन् भने मैले आत् समर्पण गरेर आफ्नो प्राण जोगाउने ? त्यसलाई म इज्जत सम्झन्न । बरु त्यसरी दया र अनीतिको भिख मागेर आफ्नो बचाउनुलाई म बेइज्जत सम्झन्छु । आफ्नो देश नै बचाउन सकिन भने अब मलाई आपूm जिउँदो रहने रहर पनि छैन ।

बन्दी युवतीको कुरा सुनेर कामातुर भैसकेको सैनिक खड्गवीरले पुनः अनुनय ग¥यो— “त्यसो नभन । बाँच, म बचाउँछु । एक चोटी तिमी मलाई साथ त देउ ।” यति भनेर सैनिक अधैर्य भै उनलाई समात्न आइलाग्यो । यो देखेर भैरवसिंह भेषमा युद्ध गर्दा पक्राउ परी बन्दी परेकी महारानी कीर्तिलक्ष्मीले अलि पछाडि फर्केर आपूmले शरीरभित्र लुकाई राखेको खुकुरी झिकिन् । यतिकैमा “तिमी मेरो स्वास्नी बन्ने यो सुनौला अवसरलाई सत्कार गर्न जान” भन्दै अंगालो हाल्न आइपुगेको सैनिक खड्गवीरपट्टि फर्केर आपूmले शरीरभित्र लुकाई राखेको खुकरी झिकिन् । यतिकैमा “तिमी मेरो स्वास्नी बन्ने यो सुनौला अवसरलाई सत्कार गर्न जान” भन्दै अंगालो हाल्न आइपुगेको सैनिक खड्गवीरपट्टि फर्केर खुकुरी उचालिन् । उनको हातमा खुकुरी देखेर खड्गवीर अलिकति हच्केर पर स¥यो ।

“तैंले मेरो जिउँदो र सतित्वप्रति दृढ शरीरलाई के छोलास्, मलाई कसरी स्वास्नी बनाउलास् । बरु याद गर ! मेरो लासलाई कृदृष्टिले हेरिस् भने तैले अर्को जन्ममा पनि सुख पाउने छैनन् । जय कीर्तिपुर !” यति भनेर उचाली राखेको खुकुरी केही निहुराई आफ्नै छातीमा प्रहार गरेर कीर्तिपुरकै धरतीमा सदाका लागि कीर्तिलक्ष्मीले प्राण त्याग गरिन् ।

यसरी कीर्तिपुरको स्वाभिमानले कहिल्यै कसैसंग आत्मसमर्पण गरेन र एक हिन्दू वीरङ्गना नारी कीर्तिलक्ष्मी संसारको इतिहासमा अमर भएर देखा परिन् ।


No comments:

Post a Comment