Saturday, May 6, 2023

कीर्तिपुरमा करुणामय र याकःमिसाको प्रतिमुर्ति हटाउन हस्ताक्षर संकलन

कीर्तिपुरमा करुणामय र याकःमिसाको प्रतिमुर्ति हटाउन हस्ताक्षर संकलन 


कीर्तिपुर वडा नं. २ प्यंगःथांमा सुखी गःछेँ समाजले करुणामय र याकःमिसाको प्रतिमुर्ति छ महिना पहिले बाजागाजा बजाएर धुमधामका साथ पाटनदेखि कीर्तिपुरसम्म जात्रा गरेर ल्याएका थिए । उक्त पैतिमुर्ति स्थापना गर्ने वितिक्कै बुंगमतीका ३२ पानेजु संघले विरोध गरे । तुरुन्त मुर्ति निकाल्न अनुरोध गरे । तर सुखी गःछेँ समाज मुर्ति निकाल्न तयार भएन । मुर्ति निकाल्न, ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका, पुरातत्व विभाग र गुठी संस्थानले समेत मुर्ति निकाल्न अनुरोध गरेका थिए । तैपनि सुखी गःछेँ समाजले मुर्ति निकाल्न मानेन । पानेजुहरुले जबसम्म प्रतिमूर्ति प्यंगः थांमा राखी राख्छ तबसम्म बर्षको एकचोटि याकःमिसालाई चढाउन आउनु पर्ने पूmल परसाद चढाउन नआउने निर्णय गरियो ।



पानेजुहरुको तर्क थियो । याकःमिसा जिवित देवी हुन । जिवित देवीको मुर्ति बनाउनु सरासर गलत छ । त्यस्तै करुणामयको प्रतिमुर्ति पाटनमा सिबाय अन्त कहिं राख्न नहुने मुर्ति राख्यो । अर्को तर्क वर्षको एकचोटि भेट्ने करुणामय र याकःमिसाको प्रतिमुर्ति सँधै संगै रहने भएपछि पूmल परसाद दिन आउनुको कुनै औचित्य रहेन ।



यो परम्परा तोडनु हुँदैन भन्ने प्रायः कीर्तिपुरबासीको ठहर छ । यसरी परम्परा तोडियो भने यसको दोष त गःछेँ टोललाई आउने भयो । त्यसैले एक समूहका कारण सिंगो गःछेँको इज्जत जाने भएकोले गःछेँ पासा पुचःले सो प्रतिमुर्ति हटाएर परम्परा बचाउनको लागि हस्ताक्षर अभियान सुरु गरेको हो ।



आइतवार मेयरसँग सल्लाह गरेर प्रतिमुर्ति झिकेर नगरपालिकाको जिम्मामा दिने भनेको छ । 

शनिवार विहान करुणामय र याकःमिसाको प्रतिमुर्ति हटाउनु पर्छ भनेर हस्ताक्षर संकलन भैरहेको ठाउँमा गःछेँका एकजना मानिसलाई सोधें, “तपाईंहरुले पाटनबाट बाजागाजासहित मूर्ति ल्याएर गःछेँमा स्थापना गरेको थियो, अहिले हटाउनु पर्छ भनेर सही गर्न आउनु भयो किन ?”




“त्यतिबेला यसरी राख्नुृ हुँदैन भन्ने थाहा थिएन । अहिले थाहा भयो । त्यसैले निकाल्नु पर्छ भनेर सही गर्न आएको ।”

“थाहा नभएको बेलां गरेको गल्तिलाई थाहा पाएपछि सुधार्नु बुद्धिमानी हो ।” अर्कोले जवाफ दियो ।



त्यतिकैमा एकजना जेष्ठ नागरिकले भन्यो, “यहाँ करुणामय स्थापना गरेर पान्जु को हुने ? पुजा विधि कसले सिकेको छ ? हाम्रो घरको कोठामा पुजा गर्ने देउता हो र ? बाघभैरव पुजा गर्ने एउटा जातीले गर्छ, चोभारको आदिनाथको पुजा गर्ने पुजारीहरु छन । यहाँ को पुजरी हुने ?”

अर्कोले भन्यो, “जसले जे भने पनि पूmल परसाद चढाउन आउने परम्परा तोड्नु हुँदैन ।”

हस्ताक्षर संकलनका एक जना अगुवासँग सोधें “प्यंगःथांबाट मूर्ति हटाएर कहाँ राख्ने ?”

“नगरपालिकासँग समन्वय गरेर जहाँ राख्नु परे पनि राख्ने ।” भन्ने जवाफ पाएँ ।


No comments:

Post a Comment