Wednesday, April 19, 2023

रातो मच्छिन्द्रनाथको प्रतिमूर्तिको जिम्मा र्कीतिपुर नगरपालिकाले लिने बैठकमा सहभागी भएका दुई जनाले सोहि दिन जारी गरे विज्ञप्ति

 रातो मच्छिन्द्रनाथको प्रतिमूर्तिको जिम्मा र्कीतिपुर नगरपालिकाले लिने

बैठकमा सहभागी भएका दुई जनाले सोहि दिन जारी गरे विज्ञप्ति 

माथिको फोटोमा देखाएझै यसरी पानेजु आएर जिवित याकःमिसालाई पूmल परसाद दिन आउने गथ्र्यो । अहिले त्यही ठाउँमा तल दिएको फोटोमा झै प्रतिमूर्ति बनाएर प्यंगःथांमा राखिएको छ । यसरी जिवित देवी याकःमिसाको मूर्ति बनाएर वर्षको एक दिन भेट्ने करुणामयलाई सँधै राख्न खोजेकोले ३२ पानेजुहरुले त्यो मूर्ति हटाउन अनुरोध गरेका हुन ।


बाघभैरवस्थित तःग्वःगं उद्घाटन कार्यक्रमको प्रमुख अतिथिको रुपमा कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले सार्वजनिक रुपमै प्यंगःथांबाट करुणामय र याकःमिसाको प्रतिमूर्ति हटाउने घोषणा गरेका थिए ।

कीर्तिपुर नगरपालिकाले कीर्तिपुर वडा नं २ प्यंगःथांमा प्रतिस्थापन गरिएको रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति त्यहाँबाट हटाई सुरक्षित स्थानमा राख्ने निर्णय गरेको छ । यस निर्णयसंगै चार महिनादेखि शुरु प्रतिमूर्ति विवाद क्रमशः साम्य हुने परिस्थिति बनेको छ । नगरपालिकाका प्रमुख राजकुमार नकर्मी, कीर्तिपुर नगरपालिका वडा नं. १,२,३, ९, १० र ७ नं. वडाका वडाध्यक्षहरु, थांबहाः दाफा खलः, गःछेँ दाफा खलः, इच्छेँ दाफा खलः समल दाफा खलः र पत्रकारहरु सहित गत चैत्र २९ गते बुधबार बसेको बैठकले सो निर्णय गरेको हो । यस अघि चैत्र १४ गते मंगलबार ललितपुर महानगरपालिकामा बसेको बैठकमा महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सो मूर्ति त्यहाँबाट हटाएर ‘गुठी संस्थानको बन्द कोठामा राख्ने बताउनु भएको थियो । तर बुधबारको बैठकमा कीर्तिपुरबासीको धार्मिक आस्थालाई समेत मध्यनजर गरी नगरपालिकाले मूर्तिलाई कीर्तिपुरभित्रै व्यवस्थापन गर्ने निर्णय गरिएको थियो । मेयर राजकुमार नकर्मीले गत चैत्र २७ गते सोमबार बाघभैरव परिसरमा तःग्वःगु गँ उद्घाटन गर्न आयोजित समारोहमा रातो मच्छिन्द्रनाथ र कीर्तिपुरसंग जोडिएको परम्परा, सांस्कृतिक एकतालाई ध्यानमा राखेर सो मूर्ति त्यहाँबाट हटाउन सार्वजनिक रुपमै आग्रह गर्नुभयो । प्रतिमूर्तिका विषयमा पुरातत्व विभागको पछिल्लो निर्णय, श्री ह्यग्रीव भैरवनाथ ३२ पानेजु संघ, मूर्ति स्थापना गर्न पहल गर्ने कीर्तिपुर प्यंगःथाःको सुखी गंछें समाजको भावना र आकांक्षा र प्राप्त सुझाव समेतलाई ध्यानमा राखेर सो निर्णय गरिएको नगरपालिकाले जनाएको छ । मच्छिन्द्रनाथको  पुजारीहरुको तर्फबाट पानेजु संघले सो स्थानबाट प्रतिमूर्ति नहटाएसम्म त्यहाँ गएर पानेजुहरुले फूल चढाउने परम्परालाई निरन्तरता नदिने अडान राख्दै आएको थियो । कीर्तिपुरको सो स्थानमा मच्छिन्द्रनाथको प्रतिमूर्ति स्थापना भएपछि शक्ति स्वरुपा कन्या कुमारीलाई प्रसाद ग्रहण गराउने परम्पराको औचित्यमाथि प्रश्न उठेको संघका अध्यक्ष यज्ञरत्न शाक्यको कथन रहेको छ । मूर्ति हटाउन पानेजुहरु निरन्तर पुरातत्व विभाग, गुठी संस्थान, नगरपालिका हुँदै राष्ट्रपति कार्यालयमा समक्ष धाएका थिए । 


कीर्तिपुर नगरपालिकामा भएको वैठकमा प्रतिमुर्ति प्यंगःथांबाट हटाएर आफ्नो जिम्मामा लिने घोषणा गरेका हुन ।


हरेक वर्ष रातो मच्छिन्द्रनाथलाई भोटो जात्राको लागि थतिटोलबाट तानेर जावलाखेल पु¥याउने चार दिन अघि मच्छिन्द्रनाथका पुजारी (जल पानेजु)  प्रसाद लिएर प्यंगःथांमा पुगेर शक्ति स्वरुपा कन्या (याकः मिसा) लाई प्रसाद ग्रहण गराउने परम्परा रहेको छ । रातो मच्छिन्द्रनाथ तन्त्रसाधानासंग जोडिएको देवता भएकोले प्रतिमूर्ति राख्ने गरेको इतिहास पाइएको छैन । प्रतिमूर्ति राखिएसंगै सो परम्पराले यस पटक  निरन्तरता पाउलान् कि नपाउलान् भनेर अन्यौल छाएको थियो । विवादलाई नजिकबाट नियालिरहेकाहरुले मच्छिन्द्रनाथको प्रतिमूर्तिलाई त्यहाँबाट हटाई त्यसको कला र बनाउने प्रविधिलाई कदर गर्दै कीर्तिपुरको प्यंगःथां बाहेक कीर्तिपुरको कुनै अन्य स्थान वा संग्रहालय वा गुठी संस्थानको जिम्मा सुरक्षित तवरले राख्न सकिने मध्यममार्गी सुझाव दिएका थिए । नगरपालिकाले प्रतिमूर्ति स्थापनासंग प्रत्यक्ष सरोकारको सहमतिमा सो निर्णय गर्नुलाई बुद्धिमानी कदमको रुपमा सांस्कृतिक अभियन्ताहरुले त्यसको प्रशंसा गरेका छन् । ललितपुर महानगरपालिकाले प्रतिमूर्ति हटाउने निर्णय गर्दा ‘पेलेर एकपक्षीय निर्णय गर्न खोजेको’ भन्दै सुखी गंछें समाजका पदाधिकारीहरु महानगरपालिकाको बैठकबाट बाहिरिएका थिए । नगरपालिकाको निर्णयलाई सकारात्मक रुपमा लिएको जनाउँदै समाजका सचिव नारायण महर्जनले त्यहाँबाट हटाएर अर्को ठाउँमा राख्ने विषयमा अझ छलफल गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । ‘समाजका प्रतिनिधिहरुलाई पुनः वार्तामा बोलाएर प्रतिमूर्ति निर्णय गर्नले त्यसमा सबैको स्वामित्व हुने नै भयो । अर्कोतर्फ कीर्तिपुर र ललितपुरको सांस्कृतिक सद्भाव र धार्मिक एकतालाई अझ बल पु¥याएको छ । प्रतिमूर्ति हटाउन लगातार पैरवी गर्दै आएका कानून व्यवसायी प्रकाश अवालेले भन्नुभयो । नगरपालिकाको निर्णयलाई छिटोभन्दा छिटो कार्यान्वयन गरी यही बैशाख ११ गतेदेखि शुरु हुने रथयात्रालाई थप रौनक दिनुपर्ने सांस्कृतिक अभियन्ता पृथविन्दु महर्जनको जोड रहेको छ ।

कीर्तिपुर नगरपालिकामा बसेको बैठक पछि नै बैठकमा सहभागी भएका दुई जनाले सोहि दिनमा विज्ञप्ति जारी गरेका छन् । चैत्र ३० गते जारी गरेको विज्ञप्तिमा गःछेँ दाफा खलःका अध्यक्ष अष्टमान महर्जन र दाफा खलःका सदस्य विजय महर्जनले जारी गरेको विज्ञप्तिमा यस्तो कुरा उल्लेख छ ‘कीर्तिपुर प्यंगःथांमा स्थापित करुणामय र याकःमिसाको प्रतिमूर्तिका सन्दर्भमा कीर्तिपुर नगरपालिकाले दफा खलःका प्रतिनिधिहरुको बैठक २०७९ चैत्र २९ गते बुधवार बोलाएको सर्ववितिदैछ । प्यंगःथांमा स्थापित ती मूर्तिहरुको सवालमा सरोकारवाला सुखी गःछेँ समाज र ३२ पानेजु संघवीच वार्ताको माध्यमबाट समाधान गर्नुपर्छ भनी हामीले राखेका कुरा र करुणामयको प्रतिमूर्तिलाई कीर्तिपुरमा स्थापना गर्ने भनी सर्व सहमति भएको कुरालाई निर्णयमा उल्लेख नगरेकोप्रति हाम्रो आपत्ति छ । यस विषयमा सम्वन्धित पक्षहरुवीच बार्ता र सम्वादको माध्यमबाट समस्या समाधान गर्न अनुरोध गर्दछौं ।’


No comments:

Post a Comment