Friday, January 6, 2023

कीर्तिपुरको छोरीले राखिन कीर्ति

 कीर्तिपुरको छोरीले राखिन कीर्ति


Asle sapkota Dangol

     हालै पोखरामा सम्पन्न नवौं  राष्ट्रिय खेलकुदमा कीर्तिपुरकी छोरी आस्ले सापकोटा डंगोलले पौडी खेल तर्फ ६ वटा स्वर्ण पदक जितेर साँच्चीकै कीर्ति राख्न सफल भइन । 

     कीर्तिपुरकी चेली हाल क्यालिफोर्निया रहँदै आउनु भएकी आस्ले सापकोटा डंगोल कीर्तिपुर पाँगाका पूmटवल खेलाडी गोल किपर सञ्जयलाल डंगोलकी जेष्ठ सुपुत्री हुन । सन २०१० मा ४ वर्षको उमेरदेखि पौडी खेल्दै आउनु भएकी आस्ले सापकोटा डंगोलले पौडी तर्फ ५० मिटर फ्रिस्टाइल, १०० मिटर फ्रिस्टाइल, ८०० मिटर फ्रिस्टाइल, ५० मिटर बटर फ्लाई, १०० मिटर बटर फ्लाई र २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जित्न सफल भइन । त्यस्तै सोही नवौं राष्ट्रिय प्रतियोगितामा पौडी तर्फ २ वटा सिल्भर मेडल समेत जित्न सफल भएकी थिइन । उनले ५० मिटर ब्याकस्ट्रोक र १०० मिटर ब्याकस्ट्रोकमा दोश्रो स्थान हासिल गर्दै सिल्भर मेडल प्राप्त गरेकी थिइन । 

       यसै नवौं राष्ट्रिय खेलकुदकै दौरान आस्ल १०० मिटर बटर फ्लाईमा राष्ट्रिय रेकर्ड तोडेर आफनो नाममा नयाँ रेकर्ड राखेर कीर्तिपुरको गौरव बढाएकी थिइन । तिनी अहिले आफ्नो आमाबुबासँग अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएकी थिइन् ।आस्ले सापकोटा डंगोलले ६ स्वर्ण पदक जित्ने क्रममा १०० मिटर बटर फ्लाई पौडी प्रतियोगितामा गौरिका सिहंले ८ औं राष्ट्रिय खेलकुदको क्रममा नेपालगञ्जमा राखेको राष्ट्रिय कीर्तिमान १ः९ः९७ मिनेट समयमा सुधार गर्दै १ः७ः७४ मिनेटको राष्ट्रिय रेकर्ड  राख्न सफल हुनु भएकोमा कीतिृपुर गर्व गर्दछ । ४ वर्षको उमेर देखि पौडी खेल्न थालेकी आस्ले सापकोटा डंगोलले क्यालिफोर्नियामा पनि आपूmलाई सफल पौडीबाजको रुपमा स्थापित गर्दै १०० मिटर बटर फ्लाई, १०० मिटर ब्याकस्ट्रोक, २०० मिटर ब्याकस्ट्रोक, ५० मिटर र १०० मिटर फ्रिस्टाइलमा छनोट हुन सफल भएका थिए ।  हाल उनी १६ वर्षकी भएकी छिन भने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उनले क्यालिफोर्नियामा बसोबास गर्दै गैर आवासिय नेपालीहरुको रुमा NRNA को तर्फबाट सहभागिता जनाएको थयो ।

–प्रदिप महर्जन–

No comments:

Post a Comment