Thursday, October 27, 2022

काठमाण्डौ क्षेत्र नं.१० मा कसले बाजि मार्छ ?

 काठमाण्डौ क्षेत्र नं.१० मा कसले बाजि मार्छ ?



     आउने मंसिर ४ गते हुन लागेको आम निर्वाचनको चर्चा व्यापक रुपमा चल्न थालेका छन । निर्वाचन चिन्ह प्राप्त गरेपछि फेसबुक पेजमा विभिन्न थरिका विज्ञापनहरू हुन थालेका छन । निर्वाचन आयोगले कार्तिक १८ गतेदेखिा मात्र घर दैलो गर्न पाउने बताए पछि बाहिरी प्रचार प्रसार अलि कम भएको देखिन्छ । तैपनि भित्र भित्र जारी छ । 

      काठमाडौं क्षेत्र नं.१० मा नेपाली कांग्रेस र नेकपा एमालेको सिधा भिडन्त हुने देखिन्छ । क्षेत्र नं.१० मा दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिकाको वडा नं.२ देखि ११ सम्म पर्छ । गत बैशाख ३० गते भएको स्थानीय निर्वाचनमा दक्षिणकाली नगरपालिका र कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसले मेयर उपमेयर सहित जितेका छन । चन्द्रागिरी नगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका मेयरमात्र जितेका छन । उपमेयरमा नेकपा एमालेका उम्मेदवारले जितेका छन ।

     क्षेत्र नं.१० को कूल मतदाता संख्यामा दक्षिणकाली नगरपालिकामा–१८१२७, कीर्तिपुर नगरपालिकामा–३०८१७ र चन्द्रागिरी नगरपालिकामा–२७९६२ गरी जम्मा ७६९०६ रहेका छन । यदि २०७४ सालमा पार्टीहरूले पाएको मतलाई लिंदा नेपाली कांग्रेसले २४१९० र नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनले २१९०७ प्राप्त गरेका थिए । तेश्रो हुने विवेकशील साझा पार्टीले २००३ मत प्राप्त गरेका थिए । २०७४ सालको निर्वाचनमा नेपाली कांगे्र्रसले बाम गठबन्धनलाई २२८३ मत हराएका हुन ।

अहिले बाम गठबन्धन भएको छैन । लोकतान्त्रिक गठबन्धन भनेर नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको गठबन्धन भए पनि क्षेत्र नं.१० मा माओवादी गठबन्धनबाट बाहिरिएका छन । नेपाली कांग्रेसले राजन के.सिलाई नै दोहो¥याएको छ भने नेकपा एमालेले युवा संघको केन्द्रिय सदस्य हिमेश के.सि.लाई टिकट दिएको छ । माओवादीले केन्द्रिय सदस्य पूर्व सांसद अन्जना बिसंखेलाई टिकट दिएका छन । गत बैशाखमा भएको स्थानीय चुनावमा वडाध्यक्षहरुले पाएको मतको आधारमा भन्ने हो भने नेपाली कांग्रेस अग्रपंक्तिमा छ ।

नेपाली कांग्रेसले दक्षिणकाली नगरपालिकामा ६६६३, कीर्तिपुर नगरपालिकामा ९४११, र चन्द्रागिरी नगरपालिकामा ८७४१ गरी जम्मा २४८१५ मत पाएको छ ।

त्यस्तै नेकपा एमालेले दक्षिणकाली नगरपालिकामा ५४७०, कीर्तिपुर नगरपालिकामा ६४५९ र चन्द्रागिरी नगरपालिकामा ७०१० गरी जम्मा १८९३९ मत प्राप्त गरेका छन ।

          माओकेन्द्रले दक्षिणकाली नगरपालिकामा उम्मेदवार नै उठाएको छैन । कीर्तिपुर नगरपालिकामा ६ वटा वडामा उम्मेदवार उठाएर जम्मा १७६८ मत मात्र पाएको थियो । त्यस्तै चन्द्रागिरी नगरपालिकामा माओवादी केन्द्रले ४ वटा वडामा उम्मेदवार उठाउँदा जम्मा २८६३ मत पाएका छन ।

यसरी हेर्दा नेकपा एमाले भन्दा नेपाली कांग्रेसको ५८७६ मत बढी देखिन्छ ।

मंसिर ४ गते हुने आम निर्वाचनमा पहिलेको भन्दा अहिले अलि भिन्न देखिन्छ । अहिले १८ जना उम्मेदवारहरू छन । त्यसमा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रदिप विष्टले उम्मेदवारी दिएका छन । जो नेपाली कांग्रेस तरुण दलका नेता पनि थिए । युवा जोशका साथ चुनावमा खटीरहेका छन । अर्को लौरो चुनाव चिन्ह लिएर उम्मेदवार दिएका इन्द्र बहादुर बराल पनि नेपाली कांग्रेसकै कार्यकर्ता हुन । त्यस्तै नेपाली कांग्रेस विपिका करुवा चुनाव चिन्हका उम्मेदवार शन्त प्रसाद श्रेष्ठ पनि नेपाली कांग्रेस पृष्ठभूमिका हुन । 

       यसरी नेपाली कांग्रेस पृष्ठभूमिका उम्मेदवारहरूले नेपाली कांग्रेसको मत विभाजन गर्ने देखिन्छ । अरु पार्टीबाट उठेका उम्मेदवारहरूले कस्को कति मत काट्छ यसमा निर्भर गर्छ । एमालेले यस क्षेत्रको लागि खासै परिचय नभएका उम्मेदवार उठाईदिंदा नेपाली कांग्रेसको जित सुनिश्चित जस्तै बनाई दिएको छ । 

     प्रदेश सभाको कुरा गर्दा क्षेत्र नं.१० ‘क’ मा पनि नेपाली कांग्रेसकै पलडा भारी छ । २०७४ सालको चुनावमा नेपाली कांग्रेसले १४७२९ मत पाएका थिए । त्यतिबेलाको बाम गठबन्धनले १३७१९ मत पाएका थिए । प्रदेश ‘क’ मा दक्षिणकाली र कीर्तिपुर नगरपालिका पर्छ । यी दुईटै नगरपालिकामा स्थानीय निर्वाचनमा पाएको मत अनुसार एमाले भन्दा नेपाली कांग्रेसले ४१४५ मत बढी प्राप्त गरेको छ । यो हिसावले प्रदेश ‘क’ मा नेपाली कांग्रेसले जित्ने सम्भावना बढी छ ।

चुनाव हो कसले जित्छ, कसले हार्छ भन्न सकिंदैन । अनुमान गर्ने मात्र हो ।

क्षेत्र नं.१० प्रदेश ‘ख’ मा नेकपा एकीकृत समाजवादीलाई नेपाली कांग्रेसले समर्थन गरेका छन । त्यसैले एकीकृत समाजवादीले जित्ने सम्भावना बढी छ ।

माओवादी केन्द्रका उम्मेदवार अन्जना बिसंन्खेको व्यक्तित्वले गर्दा तेस्रोसम्मको स्थितिमा आउन सक्छ, नभए तेस्रो स्थान राष्ट्रिय स्वतन्त्र पार्टीले लिन सकिन्छ । अहिलेसम्मको स्थिति हेर्दा यस्तै देखिन्छ । निरन्तर घर दैलो कार्यक्रम चलाईरहेका छन । युवाहरु आकर्षित हुँदै छन ।

No comments:

Post a Comment