Sunday, October 2, 2022

अमिर श्रेष्ठले काठमाडौं क्षेत्र १० क मा स्वतन्त्र उम्मेदवारी दिने

 अमिर श्रेष्ठले काठमाडौं क्षेत्र १० क मा स्वतन्त्र उम्मेदवारी दिने

आउने मंसिर ४ गते हुन लागेको संघ र प्रदेशको चुनावमा उम्मेदवारी दिने दिन असोज २३ गते तोकिएको छ । उम्मेदवारी दर्ता नभएसम्म कुन पार्टीले कसलाई टिकट दिन्छ अर्थात कुन चुनाव क्षेत्र गठबन्धनका कुन पार्टीमा जान्छ भन्ने यकिन भएको छैन । यो अवस्थामा स्वतन्त्र उम्मेदवारी दिनेहरूको बाढी जस्तै आउन थालेका छन ।

गत हप्ता चिया गफमा काठमाडौं क्षेत्र नं.१० क का निवर्तमान प्रदेश सांसद पुकार महर्जनले टिकट पाउने नपाउने ठेगान नभएको प्रकाशित भए पछि नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई निराश नबाउन अमिर श्रेष्ठले काठमाडौं क्षेत्र नं. १० क प्रदेश सांसदको लागि स्वतन्त्र उम्मेदवार दिने भएको छ । अमिर श्रेष्ठ, कीर्तिपुर नगरपालिका वडा नं.३ पालिफल निवासी हुन । त्रिभुवन विश्वविद्यालयमा उप–सचिव स्तरसम्मको पदोन्नती पछि उहाँले अनिवार्य अवकाश लिनु भएको थियो । उहाँको बुबा अमर श्रेष्ठ पालिफल गाउँ पञ्चायतको प्रधानपञ्च हुनुहुन्थ्यो । 

२०४६ सालको आन्दोलनमा कीर्तिपुर क्षेत्रका प्रधानपञ्चहरूले आन्दोलनको समर्थनमा पदबाट राजिनामा दिनेमा अमर श्रेष्ठ पनि एक हुन । उहाँको घरनै नेपाली काँग्रेस समर्थक हुन । आपूm नोकरीमा रहेको भएर खुलेर नेपाली कांग्रेसको रुपमा बाहिर आउन नसके पनि नेपाली कांग्रेसको क्रियाशील सदस्य हुन । त्रि.वि.मा ने.वि.संघ र प्राध्यापक संघलाई सहयोग गर्दै आएको छ । उहाँ शारिरीक सुगठनको कीर्तिपुरमा जिमखाना ल्याउने पहिलो व्यक्ति हुनुहुन्छ । उहाँ खेलकुद परिषद त्रिपुरेश्वरमा पनि आवद्ध हुनुहुन्थ्यो । वि.सं.२०५० सालतिर उहाँले कुस्ति खेलको सहायक प्रशिक्षक भएर खेलकुद परिषद त्रिपुरेश्वरमा काम गर्नु भएको थियो ।



सुरुमा गठबन्धनको सिटको आधार पहिले जसले जहाँ जितेको हो सो ठाउँमा उसैलाई दिने भन्ने निर्णय भएको खबर बाहिर आएको थियो । तर पछि संघमा पाउनेले प्रदेशमा नपाउने भनेर माओवादी या जसपालाई दिने कुरा आएपछि नेपाली कांग्रेसका कार्यकर्ताहरूमा निराशा छाएको छ । 

त्यही निराशालाई मध्यनजर गरेर अमिर श्रेष्ठले काठमाडौं क्षेत्र नं. १० क प्रदेश सांसदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नु भएको बुझीएको छ । त्यसको लागि उहाँले आफ्ना सहकर्मि साथीभाइहरूसँग सल्लाह गर्न थालेका छन । दक्षिणकाली नगरपालिकामा समेत सम्पर्क राख्न थालेको बुझिएको छ । उहाँको समर्थनमा एक जमात तयार भइसकेको बताएका छन ।






No comments:

Post a Comment