Saturday, October 1, 2022

“थुनुवाको डायरी” २०६७ मंसिर ९ गते विहिवार २५ नोवेम्बर २०१० पचासदिन

 “थुनुवाको डायरी” २०६७ मंसिर ९ गते विहिवार २५ नोवेम्बर २०१० पचासदिन

     म भद्रवन्दी गृह पसेको आज पचास दिन भयो । पचासवां दिन । पचास–सयको ठूलो महत्व हुन्छ । भोलि मेरो १७ नं.मा पेशी छ । त्यो पेशीमा बहस हुन्छ कि हुँदैन । बहस भए पनि म सामान्य तारिखमा छुट्छु कि छुट्दिन । यी सबै यावत कुराहरू मेरो मनमा खेलिरहेको छ । अस्ति कार्तिक २५ गतेको पेशीको बेला मेरो मन यति उत्साहित भएको थियो कि पेशी सर्दा म दुई दिन विरामीनै भएँ । त्यसैले मंसिर ३ गतेको पेशीमा म त्यति उत्साहित भइनँ । अहिले त मैले मतलव नै राखिनँ । छुटे बाहिर जाउँला, नछुटे यहिं बसुंला । आपूmले केही गर्न सक्ने होइन ।

सँधैझै आज पनि ४ बजे निद्रा खुल्यो । उठेर गएर नित्य कर्म गरें । डाँडामा गएर एउटा चुरोट पिएँ । मजस्तै निद्रादेवीको काखबाट विस्थापित भएका मानिसहरू फात्तफुत्त आइरहेका छन्, मजस्तै मनको पीडा विसाउन चुरोटको सहारा लिंदै एकछिन धुवां फ्याक्न आएका छन् । नम्बर लागेको छैन त्यसैले कुरा गर्न मिल्दैन । सुँईसुँई चुरोट तान्यो, धुवां उडायो आयो । आकाशमा हेरें । आकाश सफा नै छ । कुकुल्यां कू कुखुरा बास्यो । कोठामा आएर डायरी लेख्न थालें ।

५.४५ बजे उठेर बाहिर घुम्न गएँ । ६.४५ बजे चिया खाएर ओमशान्तिमा गएँ । आज पनि सुदिप भाइजी आउनुभएको छ । आजको मुरलीमा मानिसलाई नरबाट नारायण बत्र प्रेरणा दिएको रहेछ । राम्रो विचार, राम्रो व्यवहार र कर्मले मानिस नारायण बत्र सक्छ । अब म ब्रम्हा बाबाको चेला भएर यो स्वार्थी दुनियाबाट अलग्ग रहन चाहन्छु ।

ओमशान्तिवाट कोठामा आएँ । डायरी लेखुं भनेर कापी कलम तयार पारें । डायरी के लेखुं ? कसको बारेमा लेखुं ? जति लेखे पनि सकिंदैन । लेख्न थालें भने मलाई ती बच्चाहरूको याद आउँछ । जसको कारण आज म बाहिरी दुनियाबाट अलग्ग भएर यो चारपरर्खालभित्र बस्नु परिरहेको छ । अझसम्म पनि मलाई विश्वास लाग्दैन उनीहरूले मप्रति यस्तो गम्भिर आरोप लगाएको होला । मलाई बा र डैडी भनी नथाक्ने छोरीहरूले आज मलाई किन पराई ठाने ? मेरो मुहार अलिकति मात्र मलीन भयो भने चिन्तित हुने छोरीहरू आज कसरी मन बांधिराखेको होला ? म बुढो अशक्त भत्रे उनीहरूलाई थाहा छ । त्यसैले त म पाँगामा गइरहेको बेला अलिकतिमात्र पानी प¥यो भने पनि दुवैजनाले दुईतिर हातको पाखुरा समातेर मलाई कीर्तिपुरसम्म पु¥याउन आउँथे । माया दोहोरो हुन्छ । त्यसैले त म पनि उनीहरूलाई त्यतिकै माया गर्थें । उनीहरूलाई कसैले केही भन्यो भने म रिसाइ हाल्थें । प्रेम अन्धो हुन्छ भनेको साँच्चीकै रहेछ । मानिस कतिसम्म स्वार्थी हुनसक्छ भत्रे प्रमाण अहिले मैले पाइरहेको छु ।

आई लभ यु भत्रे एसएमएस क्ःक् देखेपछि मैले उनीबाट मोबाईल खोसें । उनलाई घरबाट निकाल्ने कुरा गरें । उनी त मोबाईल बिना बस्नै नसक्ने भैसकेकी रहिछिन् । उनले स्कूलमा मोबाईल चोर्दा समाते । यो कुरा मैले थाहा पाएँ भने उनलाई एक मिनेट घरमा राख्दिन भत्रे थाहा पाएर आफ्नो इज्जत जोगाउन मेरो इज्जतमाथि खेलवाद गरिन । आफ्नो भविष्य चौपट पारिन् । हुन त उनीहरूलाई भविष्यको के चिन्ता ? अलिकति ठूली भइ भने विवाह गर्न हतार । बिहे गरेर २÷३ जना बच्चाहरू जन्माउँछन् । उनीहरू बुढी हुन्छिन् । अनि लोग्नेले अर्को तरुनी केटी लिएर भाग्छन् । अनि उनीहरू भाग्यको खेल भनेर बच्चाहरू पालेर बस्छन् । तीनैजना केटीहरूकी आमाहरूको नियति यस्तै त छ नि । उनीहरूका लोग्ने मरेका छैनन् तर कसैसँग लोग्ने पनि छैनन् । यस्ताले मलाई के मान्छन ?

परिसद ड क भत्रे केटी हेर पहिले आउँदा कति सिधासाधा सोझी देखिन्छिन् । गाउँकी केटी, धर्ममा आस्था राख्ने केटी भएर मैले माया र विश्वास गरेर २०६६ सालको दशैंमा नरेश बटालासँग गाउँ पठाई दिएँ । त्यसबेलादेखि उनीहरूको प्रेम भएको रहेछ । धेरैदिन पछिमात्र थाहा पाएँ । उनलाई त्यसरी केटाहरूसँग नहिंड भनेर सम्झाएँ । उनले मानिनन् । मैले दशैंमा घर खाली गराउने निर्णय सुनाए पछि उनीहरू मेरो विरुद्ध खनिएका हुन् । आफ्नो प्रेम असफल हुने देखेर मेरो माया, स्नेह र नाता चटक्क बिर्सेर ममाथि अमानवीय आरोप लगाइन् । मैले सिकाएको वाण ममाथिनै चलाइन् । केटाहरूले जिस्क्याए चप्पल हानेर आउनु, तिमीहरूको जिउ छुन आयो भने प्रहरीमा गएर एउटा निवेदन हाल्यो भने उनीहरूलाई ६ महिना कैद हुन्छ भनेर सम्झाएको थिएँ । आज उनीहरूले ममाथिनै प्रयोग गरे । बच्चाहरू हो यसको परिणाम के हुन्छ भनेर सोचेन । अहिले पछुटाइरहेको होला । अब उनीहरूको बारेमा नसोचुं ।

ठिक समयमा खाना खाएर कोठामा आएँ । रेडियो सुनें । रेडियोमा समाचार दियो आज मंसिर ९ गते अर्थात २५ नोवेम्बर २०१० आज विश्वभरि महिला लैंगिक विभेद दिवस मनाइरहेका छन् । यो समाचार सुनेर मेरो मनमा कुरा खेल्न थाल्यो ।

नेपालमा पनि यो दिवस धुमधामले मनाइरहेको होलान । कति पाँच तारे, तीन तारे होटलहरूको हल बूक भएका होलान् । कति सभा, गोष्ठी हुँदैछ होलान् । आज कति महिलावादी संस्थाका डलरधारी महिलाहरू पुरुष प्रधान समाजलाई गाली गरिरहेका होलान् । महिला अधिकारको लागि कुर्लिरहेका होलान् । त्यसरी कुर्ले वापत कति डलर पचाउने होलान् । यिनीहरू महिला तथा वालवालिकाका कति हितैषी हुन्, कति दुश्मन हुन् छुट्याउन गाह्रो छ । किनभने यिनीहरूले आफ्नो मुहारमा मानवतावादी या महिला मुक्तिदाताको मुखौटा लगाएका छन् ।

यो भद्रवन्दी गृह एउटा समुद्र हो । समुद्रमा जसरी विभित्र थरिका, विभित्र जातका माछा लगायत जलचरहरू हुन्छन् । त्यस्तै यहाँ विभित्र अभियोगमा वन्दी बनाईएकाहरू छन् । जसमध्ये सबैभन्दा बढी लागु औषध, महिला तथा बालबालिका र वन सम्वन्धित नै छन् । किनभने सबैभन्दा बढी वर्ष कैद पाउने मुद्दा पनि यिनै हुन् । मान्छे मा¥यो भने सजाय भए वीस वर्ष, त्यसमा पनि आधा सजाय मिनाहा भएर दस वर्षमा छुट्छन् । हातहतियार खरखजाना, लुटपाट, डाँकाजनी, ठगी इत्यादिमा ३ वर्षदेखि १० वर्षसम्म सजाय हुन्छ । जसमा आधा सजाय मिनाहा पाउँदा छिट्टै छुट्छन् । अरू अपराधमा एक दिन पनि मिनाहा हुँदैन । अनि एकचोटि यहाँ पसेकाहरू जरा गाडेझै बसिरहनु पर्छ ।

यो महिला समानता र न्यायका नाममा विदेशवाट डलर आउन थालेपछि एनजिओहरूले जमिनमा गाडिसकेका मुद्दाहरू पनि खाल्डो खनेर बाहिर निकाल्छन् । भए नभएका आरोप लगाएर मुद्दा चलाउँछन् । यसले धेरैको जिन्दगी वर्वाद पारी दिएको छ ।

आज मलाई कसैले पनि भेटघाट गर्न आएन । मलाई कहिं जान मन लागेन । कहानी लेखिरहें । बेलुका खाना खाएर ओमशान्तिमा गएँ । त्यहाँबाट आएर सुतें ।


No comments:

Post a Comment