Thursday, December 23, 2021

मुआब्जा नदिइकन अर्काको घरमा डोजर चलाउन पाईंदैन

 मुआब्जा नदिइकन अर्काको घरमा डोजर चलाउन पाईंदैन


(यो उतर मोहडाको घर हो । यस घरको पूर्वतिर अरुले आफ्नो जग्गाको सिमाना सिमेन्टको पर्खाल बनाइसकेको छ । यो सिमानामा १३ फिट मात्र बाटो छ । यो घरवालाले पनि १३ फिट बाटो छोडेर घर बनाइएको छ । तस्वीरमा हेर्न सक्नुहुन्छ ।)

नगरपालिकाको दोहोरी नीति हो कि पछि जग्गा किनेर घर बनाउन आउनेले स्ववासी नेवाःलाई धम्क्याएको हो ।


(अब यो घरलाई मात्र १८ फिटको बाटोको मापदण्ड कायम गरी पर्खाल भत्काउन चिन्ह लगाएको छ । तस्वीरमा हेर्नुहोला । यो घरको पुर्व १३ फिट बाटो भए पुग्ने अनि यो घरमा मात्र १८ फिट किन ? यो असमानता भएन र ?)

यो कीर्तिपुर न.पा. वडा नं.७ ध्वांगलँको बाटो हो । दूधपोखरीबाट खानेपानी ल्याउन सिधा पाइप जोडेर ल्याएको बाटो भएर यसलाई ध्वांग लँ (ध्वाँगको बाटो) भनेका हुन । हामी बच्चा छँदा यो बाटोमा ३ जना साथीहरु एकसाथ पाँग्रा गुडाएर खेल्थें । अहिले कहिं कहिं त ३ पूmटमात्र बाटो बाँकी छ । कहिँ त आफ्नो कम्पाउण्डभित्र यो बाटो राखी सक्यो । अहिले पाँगादेखि भाजंगल जाने मूलबाटोबाट उत्तरतिर बाटो खोलेको छ । 


(यो खाली जग्गावालाको हैरानी हेर्नुस । यो जग्गाको दक्षिणमा मूल सडक छ । मूल सडकको लागि जग्गा छोड, अहिले भाजंगल लाने बाटो खोलेको छ । दुबैतिरबाट बाटोको लागि जग्गा लिंदा उसको जग्गा नै हुँदैन । अब विना मुआब्जा उसको जग्गा लिंदा ऊ त सुकुम्वासी हुने भयो । ऊप्रति अन्याय हुनेभयो । अतः मुआब्जा नदिइकन बाटो बढाउन पाईंदैन । अर्काको घरमा डोजर चलाउन पाईंदैन भन्ने जनमानसको भनाई रहेको छ । यदि जवर्जस्ति गरियो भने ठूलो विद्रोह हुनसक्छ ।)

जुन बाटोको नगरपालिकाको मापदण्ड १३ फिट रहेको छ । १३ फिट बाटो छोडेर घर बनाईराखेको नेवाःलाई १८ फिट बाटो चाहिन्छ । ५ फिटको लागि डोजर लगाएर पर्खाल भत्काइदिन्छु भनी धम्कि दिन थालेका छन । अति भएपछि हामी कहाँ गुहार माग्न आयो । हामी गएर स्थलगत निरीक्षण गर्न जाँदा हामीले पाएको केही फोटाहरु यहाँ राखिएको छु । हेर्नुहोला । के यो दोहोरो मापदण्ड होइन र ?

1 comment:

  1. यो पोस्टमा जे लेखिएको छ त्यो सरासर गलत हो। सडक निर्माणसँग सम्बन्धित समितिका व्यक्तिसँग गएर कुरा गर्ने प्रयास गर्नुहोस्। कसैको कुरा सुनेर सार्वजनिक प्लेट फारममा गलत जानकारी नदिनुहोस्। जनतालाई सही जानकारी दिने प्रयास गर्नुहोस्।
    धन्यवाद कीर्तिपुर सन्देश

    ReplyDelete