Thursday, December 16, 2021

विभेद विरुद्धको इन्कलाब– डंगोल जेनी बल्खु, काठमाडौं

विभेद विरुद्धको इन्कलाब– डंगोल जेनी बल्खु, काठमाडौं



सिंगो देशका जनताहरु विभेद मुक्त भएर जिउने नागरिक अधिकार हो । कोही काखा कोही पाखा गर्नु कदापी स्वीकार्न सकिंदैन । सामाजिक अभियन्ता डंगोल जेनीसँगको छोटो संवाद–प्रस्तोता पवन जोशी



                                                     प्रस्तोता पवन जोशी

१.जेनी हिजो आज के मा व्यष्ट हुनुहुन्छ ?

—अफिस, घर र पार्टीको काममा अली व्यष्ट छु ।

२.टिकटकलाई कसरी हेर्नुहुन्छ ?

—मेरो नजरमा मनोरञ्जनको साथै ज्ञानगुणका कुराहरु, सन्देश मुलक समाचारको रुपमा पाएकी छु । हाम्रो देशमा वाक स्वतन्त्रताले गर्दा टिकटक मार्फत धेरै कुराहरु सामाजीक संजालमा सर्व साधारण जनताले हेर्न पाएकोमा सकारात्मक मान्छु ।

३.सामाजीक अभियन्ताको अर्थ ?

—समाजमा रहेका निम्नवर्गको हक हित, अधिकारको निम्ति निस्वार्थ भावनाले लडने योद्धा व्यक्तिहरुनै अभियन्ता हो । सरकारी निती नियम विरुद्ध आवाज उठाउँदै विपन्न वर्गको साथी बनेर रुपान्तरणको सहि मार्ग खोज्ने कृया कलाप जन समक्ष प्रस्तुत गर्छौं ।

४.तपाईहरु इन्कलाव जिन्दावाद किन गर्नुहुन्छ ?

—देश र जनताको सेवा गर्छु भनेर कसम खाएका व्यक्तिहरुले वचन फेरे पछि बाध्यताले इन्कलाब जिन्दावादको बाटो रोज्छौं  ।

५.तपाईंहरुको पनि आफ्नो प्यानल हुन्छरे हो ?

—हाम्रो प्यानल हुँदैन, सम्पूर्ण निर्धा निमुखा जनताहरुको हक हित र सुरक्षाको निम्ति हामी एक भएर अगाडी बध्छौं, वहांहरुको अधिकार सुरक्षित पार्छौं ।

६.तपाईंहरु बाहेक अरु ककस्ले समाज रुपान्तरणको भूमिका खेल्छ ?

—देशभक्त र सच्चा नागरिकहरुले आ–आफ्नो तरिकाले देश र जनताको हितमा काम गरिराखेकै हुन्छ । कोही खवरदारी गरेर कोहि चेतना मुलक समाचार संप्रशन गरेर अझ शिक्षा मुलक चलचित्रले पनि समाज रुपान्तरणको भूमिका खेलेको हुन्छ ।

७.सरकारको विरोध गर्नु भनेको आ–आफ्नो संस्थाको प्रचार प्रसार गर्नु हो ?

—विल्कुल होइन । अन्याय, अत्याचारको निर्मुल पार्दै मर्कामा जिउन बाध्य जनताको अधिकार खोसिनुबाट जोगाउन राहत स्वरुप त्यस्तो कार्यक्रम प्रस्तुत गरेका हौं । सरकार सम्पूर्ण जनताको अभिभावकको नाताले राम्रो काममा समर्थन, नराम्रो काममा विरोध गर्नै प¥यो ।

८.मानविय जीवनलाई कसरी हेर्नुहुन्छ ?

—असहाय वर्गले कष्टकर जीवन यापन गर्दै दुःख र वेदनाको भुमरीमा बाँच्न बाध्य भएका छन । तर पनि सतकर्म गर्नुनै मानविय धर्म हो ।

९.अन्तमा ?

—मनका कुराहरुलाई कीर्तिपुर सन्देश साप्ताहिक पत्रिकामा पोख्न पाउँदा खुसि लाग्यो अभिवादन सबैमा ।


No comments:

Post a Comment