Friday, December 24, 2021

संगीत मैदानको खेलाडी .... जितेन शाक्य, मंगलबजार, ललितपुर

 संगीत मैदानको खेलाडी .... जितेन शाक्य, मंगलबजार, ललितपुर


गायक ः जितेन शाक्य

मानविय स्वभाव फरक हुन्छ । कोही एउटा गीत गाएपछि संगीतकार बन्न हतारिन्छ, कोही रचनाकार अनौठो संसारमा पृथक विचार लिएर संगीत कला क्षेत्रमा उदयमान गायक जितेन शाक्य संगको छोटो संवाद —प्रस्तोता पवन जोशी


प्रस्तोता पवन जोशी

१.जितेनजी नयां नौलो खबर के ?

—संगीत मैदानको खेलाडी बन्छु भनेर लागीपरे पछी खेल्नै प¥यो । हलुका रियाजको साथ गीतहरु रेकर्ड गर्दै संगीत कलाक्षेत्रमा निरन्तरा दिने काम गर्दैछु ।

२.ब्यापक गायन प्रतियोगिता भैरहेको छ, यहांले भाग लिनु भएन ?

—अहिलेको युवापिढीलाई अघिसार्ने मेरो चाहना हो । म गायक बन्ने कोशिसमा छु । गायक हैन, मात्र प्रयासरत छु, जब संगीत ज्ञान पुर्ण प्राप्त हुन्छ, अनि प्रतियोगितामा भाग लिन्छु ।

३.प्रतियोगितामा प्रतिभा नभै आफनो मान्छे छनोट गरिन्छ रे तपाईं के भन्नुहुन्छ ?

—सुन्न त मैले पनि सुनेको थिएँ त्यस्तो कुरा, प्रतियोगितामा निश्पक्ष रुपले छनोट हुनुपर्छ भन्ने मेरो मान्यता ।

४.संगीत क्षेत्रमा राजनीतिको छत्रछायांमा कतिको चलखेल हुन्छ ?

—आपूmले चिनेको अथवा आफनो पाटीलाई सिफारिस गर्ने चलनमा रमिएको छ जस्तो मलाई लाग्दैन ।

५.संगीतको परिभाषा ?

—सुर, संगीत र आवाजको समिश्रणमा शब्द र संगीतको भावलाई छरप्रष्ट प्रस्तुत कला हो ।

६.यहाँले धेरै गीतहरु गाउनु भयो उत्कृष्ट गीत ?

—मैले खस नेपाली र नेपालभाषा गरी एक दर्जन गीतहरु गाइसकें । सोही गीतहरुबाट ५ वटा म्यूजिक भिडियो पनि निर्माण गरिसकेंं । श्रोता तथा दर्शकहरुले मनपराइ दिनुभएको हिसावमा –गन छु द्वन मतिनाय) उत्कृष्ट ठहर भएको पाइयो ।

७.म्युजिक भिडियो निर्माणको अर्थ ?

—एक प्रकारले आज भोली फेसन भैसक्यो, अडियो सुन्ने श्रोताहरु निकै कम भैसक्यो गीतलाई प्रमोट गर्ने उपाए नै भिडियो निर्माण गर्नै पर्ने भयो । त्यसैले होला ।

८.संगीत तृष्णा भन्नाले के बुझ्नु हुन्छ ?

—संगीत पनि एक प्रकारको नशा हो । लत लागी सकेपछि त्याग्न मुस्किल हुन्छ । चुरोट, रक्सी पिउनेलाई थाहा छ फोक्सो बिगार्छ तैपनि छोडदैन । वश संगीत नशा पनि त्यस्तै हो । हामीहरुको जीवननै संगीत भैसक्यो ।

९.अन्तमा ?

—कीर्तिपुर सन्देश साप्ताहिक पत्रिका मार्फत मनका कुराहरु व्यक्त गर्न पाउँदा खुसि लाग्यो । पत्रिका परिवार प्रति नमन ।


No comments:

Post a Comment