Friday, December 31, 2021

नेकपा एमाले कीर्तिपुर नगर कमिटि राधाकृष्ण बस्नेतको नेतृत्वमा

 नेकपा एमाले कीर्तिपुर नगर कमिटि राधाकृष्ण बस्नेतको नेतृत्वमा

नेकपा एमाले पार्टीको गत २०७८ कार्तिक ९ देशभर नगर अधिवेशन गर्ने अभियानको क्रममा खुल्लासत्र पछि बन्दसत्रमा नगर अध्यक्ष पदमा चुनाव हुने स्थिति आएपछि तयारी नपुगेको भनी स्थगन गरिएको थियो । 

गत पुस १० गते शनिवार नेकपा एमाले कीर्तिपुर नगर कमिटीको छैठौं नगर अधिवेशन नेकपा एमालेका स्थायी कमिटीका सदस्य, पुर्व मन्त्री तथा माननीय कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा बाघभैरब बैक्वटमा सम्पन्न भयो ।  

उक्त स्थगन भएको नगर अधिवेशन पुस १० गते गर्ने निर्णय अनुसार नेकपा एमालेको संगठित सदस्यबाट महिलामा ३ वरावर १ र पुरुषमा ५ सदस्य वरावर १ गरी कीर्तिपुरको १० वटा वडाहरुबाट आएका प्रतिनिधिहरुको बन्द सत्रबाट नयाँ पदाधिकारी सहित हाललाई ५७ सदस्यीय नगर कमिटी सर्वसम्मत रुपमा निर्वाचित गरिएको हो । 

बन्दसत्रमा उपस्थित प्रतिनिधिहरुले बन्द सत्रको अध्यक्ष मण्डललाई सर्वसम्मत रुपमा पदाधिकारी सहित सदस्य प्रस्ताव गर्न जिम्मेवारी दिए पछि अध्यक्ष मण्डलमा व्यापक छलफलपछि राधाकृष्ण बस्नेत अध्यक्ष, चिनिकाजी श्रेष्ठ उपाध्यक्ष, न्हुच्छे बहादुर महर्जन सचिव, मन्दिरा महर्जन र सुमन पोखरेल उपसचिव रहने गरी हाललाई ५७ सदस्यीय नगर कमिटी गठन गरिएको छ ।



         नगर कमिटीका सदस्यहरुमा अमन महर्जन, अनिल कार्की, अरुण डंगोल, बाबुराजा महर्जन, बाबुराम सुवेदी, भुपाल बहादुर बस्नेत, विद्या खडगी, विन्दा श्रेष्ठ, विर बहादुर बस्नेत, बैकुण्ठ शर्मा, बसन्त बस्नेत, विदुर बुढाथोकी, विष्णुभक्त महर्जन, विष्णु विष्ट, चन्द्रमाया महर्जन, दिपज्योति बज्राचार्य, देव लामा, ध्रवप्रसाद अधिकारी, दिपेन्द्र  विष्ट, गिता बानिया, गोपिकृष्ण ज्ञवाली, हर्षमान महर्जन, इन्दिरा ज्ञवाली, इन्द्रमान महर्जन, जित गोविन्द महर्जन, कविर महर्जन, सन्जयमान महर्जन, महेश्वर महर्जन, मन्जु बस्नेत, निरोज डंगोल, दुर्गा कुमार राई, राजन रुपाखेति, रमेशमान डंगोल, सिता कटेल, सुमन थापा,  गंगाराम महर्जन, सुसन महर्जन, सोम प्रसाद मानन्धर, निता बस्नेत, राजेन्द महर्जन, यादव सेढाई, रत्न कुमार महर्जन, प्रेमकृष्ण खत्री, ज्वयन्ती शाक्य, प्रेम महर्जन, हरिश श्रेष्ठ, राजेन्द्र कुमार, हरि महर्जन, सरस्वति परियार, प्रकास सिँ महर्जन, श्री कृष्ण महर्जन, राजकुमार महर्जन रहेका छन् 

        नेकपा एमालको विधान अनुसार कीर्तिपुर नगर कमिटीमा ७५ जना निर्वाचन गर्न सकिने प्रावधान रहेको छ । नव निर्वाचित कमिटीले ५ प्रतिशत मनोनित गर्न सक्ने प्रावधान रहेको छ । नेकपा एमालेका काठमाडौं जिल्ला कमिटीको सदस्य तथा कीर्तिपुर नगर इन्चार्ज लक्ष्मी कुमार महर्जनले उक्त नयाँ पदाधिकारीहरुको प्रस्तावलाई हलले पारित गरेको थियो । 

नव  निर्वाचित सदस्यहरुलाई काठमाडौं जिल्ला कमिटका अध्यक्ष, केन्द्रिय स्थायी कमिटीका  सदस्य तथा माननीय कृष्ण  राई, बागमति प्रदेश कमिटीका सदस्य तथा नगर प्रमुख रमेश महर्जन लगायतले बधाई तथा शुभकामना दिएका थिए । 

उक्त कार्यक्रममा एमाले बागमति प्रदेश कमिटीका सदस्य सरब कुमार महर्जन, काठमाडौं जिल्ला कमिटीका सदस्य तथा क्षेत्र नंं १० संयोजक गुन्जमान बस्नेत, जिल्ला कमिटीका सदस्यहरुको उपस्थित रहेको थियो ।

कीर्तिपुर सन्देश साप्ताहिक संयुक्ताङ्क ५२६ प्रकाशित मितिा ः २०७८/०९/१४

No comments:

Post a Comment