Monday, November 29, 2021

कीर्तिपुरमा कीर्तिलक्ष्मीको सालिक राख्नु पर्छ, पृथ्वीनारायण शाहको होइन

 कीर्तिपुरमा कीर्तिलक्ष्मीको सालिक राख्नु पर्छ, पृथ्वीनारायण शाहको होइन




निरज मान सिंह

कीर्तिपुरमा पृथ्वीनारायण शाहको सालीक स्थापना गर्नु भनेको, फेरी एक पटक सम्पूर्ण कीर्तिपुरवासीहरूकै नाक काट्नु हो ।

अहिले कीर्तिपुरमा पृथ्वीनारायण शाहको सालिक राख्ने चर्चा चुलिएको छ । यस बारेमा युवाहरुमा धेरै असन्तोष देखा परेका छन । फेसबुकमा मात्र होइन, कीर्तिपुरबाट प्रकाशित हुने रंगिन साप्ताहिक कीर्तिपुर सन्देशमा पनि प्रकाशित भएको यो लेख यहाँ प्रस्तुत गरिएको छ —संपादक

कसले पृथ्वीनारायणको सालिक राख्न लागेको हो ? त्यो पनि कीर्तिपुरमा ? जुन ठाउँमा पुस २७ गते उसैको जन्मदिनमा उसैको नाममा थुक्छ । त्यही ठाउँमा पृथ्वीनारायणको सालिक स्थापना गर्ने आँत गरेको हो वा  कीर्तिपुरेलाई हेपेको ?!. 

१.पहिला कीर्तिपुरमा “भत्केपाटी चोक” नाउँको ठाउँ थियो । अहिले त्यही चोकको ठुलो बोर्डमा “पृथ्वीनारायण चोक” लेखेर चोकको नामाकरण गरिसकेको छ । 

२. तीनथाना र कीर्तिपुर जोड्ने दिखुू पुललाई google map मा (Google Map code MM7MC+35R, Kirtipur 44618 ) हेर्ने हो भने  Prithvi Narayan Shah Bridge  (पृथ्वी नारायण शाह पुल) PINगरी देखाउँछ । 

३.पाँगाको दहन÷दहने स्थानको नाम परिवर्तन गरी “चार धारा” राखीसकेको छ । 

किन ???

कीर्तिपुरमा पृथ्वीनारायणको होइन “वीर–वीरांगना कीर्तिलक्ष्मी सिंह”को सालिक स्थापना गर्नु पर्छ । सालिक स्थापना गर्नुपर्नाका कारणहरूः


तस्बिरः मेरो काल्पनिक, Digital Art ।

१.वि.स. १८२१ आश्विन ४ गते आइतवारको दिन कीर्तिपुर र गोर्खाको दोश्रो युद्धमा पृथ्वीनारायण शाहको भाई शूर प्रतापको आँखामा वाण हानि आँखा फुटाउने वीर-वीरांगना कीर्तिलक्ष्मी नै थिइन् ।

२.वि.स. १८२२ चैत्र ३ गते १२ बजे राती भएको तेस्रो युद्धमा कीर्तिपुरेहरूले अन्तिम साँससम्म लडेका थिए । अझ कीर्तिपुरको वीर योध्दाहरू सबै बीरगति प्राप्त भइसकेपछि पनि वीर(वीरांगना कीर्तिलक्ष्मीले क्वाःच्वमा छेलिन्दै ३ दिन ३ रातसम्म एक्लैले युद्ध लडेका थिए । अन्तः वि.सं. १८२२ चैत्र ६ गते क्वाःच्वमा लुकाई राखेको वाण सकेपछी क्वाच्वः पछाडीबाट तल झर्दै भाग्न लाग्दा कीर्तिलक्ष्मीलाई बन्दि बनाइयो । केटा सैनिकको वस्त्र लगाएकी कीर्तिलक्ष्मी सिंह केटी हो भन्ने कुरा थाहा पाएपछी गोर्खा सैनिक “खडकवीर”ले बलात्कार गर्न खोज्दा त्यसको प्रतिकार गर्दै बन्दिग्रृहमै कीर्तिलक्ष्मी सिंहले आत्महत्या ग¥यो ।

३.गोर्खा सैनिक द्वारा बन्दि ग्रृहमा बलात्कारको प्रतिरक्षा गर्दा कीर्तिलक्ष्मीको हत्या भयो । यस्तो नराम्रो कुरा लुकाउन कीर्तिलक्ष्मी सिंहको नाम नै इतिहासबाट मेट्न लगायो । कीर्तिपुरको गढपर्खाल मात्रले होइन यहाँका बीरयोद्धाले आफ्नो बिरता देखाएको कारणले पनि पृथ्वीनारायण शाहलाई कीर्तिपुर जित्न पसिना निस्केको थियो ।

४. कीर्तिलक्ष्मीको अस्तित्व÷ प्रमाण खोज्ने हो भने कीर्तिपुरको नगःच्वस्थित सरस्वती मन्दिरमा रहेको शिलापत्रमा छ । जसको स्थापना कीर्तिलक्ष्मीको बुवा क्वाथ नायः लक्ष्मी सिंह भारोले गरेका हुन । यस्तो वीर(वीरांगना कीर्तिलक्ष्मी सिंहको सालिक बनाउन छोडेर, छलकपट गरी रातबेरात युद्ध गरेर जित्ने लुटेराको सालीक बनाउनु भनेको फेरी एक पटक सम्पूर्ण कीर्तिपुर नगरवासीहरूकै नाक काट्नु बराबर हो । 

त्रिभुवन विश्वविद्यालय, अंग्रेजी स्नाकोतर उपाधिप्राप्त रमेश प्रसाद अधिकारीले आफ््नो किताबमा Gorkhali are no more brave in front of the Kirtipures. Rather a single Kirtipure Kirti Laxmi is enough brave to tackle with a group around Gorkalis  लेख्नु भएको छ ।  

समय परिवर्तन भइसक्यो । अब जित्नेको इतिहास मात्र कोर्ने होइन । अब बिरतापूर्ण नियममा बसी लड्ने वीर योद्धाको पनि इतिहास कोर्ने समय आइसकेको छ । 


2 comments:

  1. Play The Game For free with 3GP on Vimeo - Vimeo
    The game is based on the popular movie in China. The story centers on download youtube videos a woman who discovers an android that is being transported to an unknown planet.

    ReplyDelete
  2. सहि कुरा । अब कुनै बेला छलकपटले जित्ने राजाको सालिक राख्न खोज्ने हनुमानहरु बिरुद्ध सबै जनाले आवाज उठाउनु पर्छ । सो राजाले जित पछि गरेको अन्याय अपमान आज पनि नेवार बस्तीमा गुन्जिन्छ - सक्व दे साँखु शंखरापुरमा हामी खेल्ने गर्थ्यौं 'न्हे मदु किपु मी, लज्जा मचा पाँगा मी' (नाक नभएको किर्तिपुरे, लाज नभएको पाँगाबासी) भनी । यो कुरा उ बेला पृथ्वीनारायण शाहले गरेको अत्याचारलाई जनजिब्रोबाट एक पुस्ताले अर्को पुस्तालाई हस्तान्तरण गरेको ।
    आज आएर किर्तिपुरमा पृथ्वीनारायण शाहको सालिक राखिन्छ भने कस्तो प्रतिकार हुन्छ सोच्नुस !!!

    ReplyDelete