Wednesday, December 1, 2021

कीर्तिपुर नगरपालिका वडा नं.५ द्वारा ज्येष्ठ नागरिकहरुलाई कम्बल वितरण

  कीर्तिपुर नगरपालिका वडा नं.५ द्वारा ज्येष्ठ नागरिकहरुलाई कम्बल वितरण


स्थानिय तहका हरेक वडामा ज्येष्ठ नागरिकको लागि निश्चित बजेट छुट्याइएको हुन्छ । उक्त बजेटको सदुपयोग गर्दै कहिले धार्मिकस्थल भ्रमण गराउछ कहिले सामान दिएर सम्मान गरिन्छ । 


यसै सन्दर्भमा कीर्तिपुर नगरपालिका वडा नं. ५ले मंसिर १५ गते वडा कार्यालयको प्रांगणमा हिमाल कार्कीको प्रमुख आतिथ्यमा एक कार्यक्रम गरी वडाका ज्येष्ठ नागरिक भत्ता बुझेकाहरु र दलितमाा ६० वर्ष पुरा भएकाहरुलाई कम्बल वितरण गरिएको छ ।


वडाध्यक्ष राजेन्द्र कुमार महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा वडा सदस्य विक्रम महर्जनले स्वागत मन्तव्य दिनु भएको थियो ।


वडाध्यक्ष राजेन्द्र महर्जनले आफनो मन्तव्य राख्नेक्रममा वडा नं.५ ले सुरुको वर्षमा पनि यस्तै कम्बल वितरण गरिएको थियो । त्यसपछि धार्मिकस्थल भ्रमण पनि गराएको थियो । 

यसपाली फेरि जाडोको लागि न्यानो कम्बल दिएको छु । 




धार्मिकस्थल भ्रमणमा लैजाँदा बलियाहरुले मात्र लाभ उठाउन सक्ने, अशक्त विरामीहरुलाई लाभ नहुने भएकोले यसपालि सबैलाई न्यानो कम्बल बाँडने योजना राखेको बताउनु हुँदै यहाँ आउन नसक्नेहरुको लागि घर घरमा गएर दिने वा घरका कोही प्रतिनिधि आएमा पनि दिने बताउनु भयो ।








No comments:

Post a Comment