Thursday, September 2, 2021

कीर्तिपुरका धर्म महर्जन बर्लिन म्याराथनमा भाग लिन जाने

 कीर्तिपुरका धर्म महर्जन बर्लिन म्याराथनमा भाग लिन जाने



कीर्तिपुर सन्देश साप्ताहिक

कीर्तिपुरका भेट्रान म्याराथन धावक धर्म महर्जनको आगामी आश्विन १२ गते हुने विश्वको चर्चित बर्लिन म्याराथन दौडमा सहभागी हुने भएको छ । त्यसको लागि यही भाद्र ३१ गते उहाँ त्यसतर्फ जानुहुने भएको छ । 

उहाँको सफलताको कामना गर्दे कीर्तिपुर खेलकुद विकास समाजले यहि भाद्र २४ गते विहान ८ बजे विदाई तथा शुभकामना प्रदान गर्ने कार्यक्रम रहेको छ । 

स्मरणीय छ उहाँले यो भन्दा अगाडी वेस्टन म्याराथनमा भाग लिनु भएको थियो । 

उक्त दौडमा उहाँले ३ घण्टा ५ मिनेटमा दौड पूरा गर्नु भएको थियो भने विश्व चर्चित अन्य चारवटा म्याराथन दौड सिकागो, लण्डन, टोकियो र न्यूयोर्क म्याराथन दौडमा भाग लिने लक्ष्य धावक धर्म महर्जनले राख्नु भएको छ । 

No comments:

Post a Comment