Thursday, September 2, 2021

कीर्तिपुरमा गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरको उद्घाटन

 कीर्तिपुरमा गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरको उद्घाटन

प्रमुख अतिथि कीर्तिपुरका मेयर रमेश महर्जनलाई स्वागत गर्नुहुँदै बोर्ड अफ डाइरेक्टर के.बि.रोका, गीता शर्मा र शाखा प्रबन्धक रसना शाक्य लगायत

कीर्तिपुर सन्देश साप्ताहिक


प्रमुख अतिथि कीर्तिपुरका मेयर रमेश महर्जनले रिबन काटी गार्डेन मार्ट डिपार्टमेण्ट स्टोरको उदघाटन गर्दै ।

कीर्तिपुर वडा नं. ९ तःगःवपि स्थित शिव शिखर बहुउद्देश्यीय सहकारीद्वारा संचालित गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरको उद्घाटन कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले रिवन काटी गर्नु भयो । 


मेयर रमेश महर्जनलाई आफ्नो फैक्टरीमा उत्पादीत सामानहरु उपहार प्रदान गर्नुहुँदै गीता शर्मा, के.वि. रोका र रशना शाक्य

      गत भाद्र १२ गते शनिवार विहान एक समारोहका वीच उद्घाटन कार्यक्रम भएको हो । डिपार्टमेन्ट स्टोरको तेस्रो तल्लासम्मको सामान अवलोकनपछि आफ्नो मन्तब्य राख्ने क्रममा मेयर महर्जनले शिव शिखरको उपकार ब्रायण्डका आफ्नै थुप्रै सामानहरु राखीएको छ, आफ्नो उत्पादन सामानहरु बेच्न बिचौलिया राख्नुको सत्ता आफ्नै डिपार्टमेन्ट स्टोरमा सामान बेच्दा सामान सस्तो हुनु र सुद्ध हुने आशा ब्यक्त गर्नु भयो । 

      साथै आजकालका मानिसहरु डिपार्टमेन्ट स्टोरमा आएर एउटै छटमुनि आफुलाई चाहिने सबै सामान किन्ने चलन भइसकेको पनि उहाँले बताउनु भयो ।  

उपमेयर सरस्वती खडकालाई आफ्नो फैक्टरीमा उत्पादीत सामानहरु उपहार प्रदान गर्नुहुँदै गीता शर्मा, के.वि. रोका र रशना शाक्य        

 कार्यक्रममा कीर्तिपुर नगरपालिकाका उपमेयर सरस्वती खड्काले तःगःवपि जस्तो कीर्तिपुरको ब्यस्त बजार र घना वस्ती भएको स्थानमा रहेको यस डिपार्टमेन्ट स्टोर सफल हुने आशा ब्यक्त गर्नु भयो । 


कीर्तिपुर नगरपालिका वडा नं.९ का वडाध्यक्ष गंगाराम महर्जन गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरमा आपूmलाई मनपर्ने जुता छान्नुहुँदै

    उक्त कार्यक्रममा वडा नं. ९ का वडा अध्यक्ष गंगाराम महर्जन, वडा सदस्य सुनिता नकर्मिको पनि सहभागीता रहेको थियो ।  

कीर्तिपुर नगरपालिका वडा नं.९ का सदस्य एवं कीर्तिपुर नगर कार्यपालिका सदस्य सुनिता नकर्मि सहभागिता जनाउँदै र आपूmलाई चाहिने सामान रोज्दै

बोर्ड अफ डाइरेक्टर के.वि.रोकाका अनुसार शिव शिखर बहुउद्देश्यीय सहकारीको यो सातौं डिपार्टमेण्ट स्टोर हो ।


No comments:

Post a Comment