Thursday, August 12, 2021

ट्रि मिडिया न्युजको “विजनेस दर्शन” म्यागाजिन शुभारम्भ कार्यक्रम

ट्रि मिडिया न्युजको “विजनेस दर्शन” म्यागाजिन शुभारम्भ कार्यक्रम



कीर्तिपुर सन्देश साप्ताहिक

ट्रि मिडिया न्युज कीर्तिपुरको “विजनेस दर्शन” म्यागाजिन सुभारम्भ कार्यक्रम सम्पन्न भएको छ । गत साउन २५ गते सोमवार कीर्तिपुर नगाउँस्थित दर्शन सहकारिको भवनमा शुभारम्भ कार्यक्रम सम्पन्न भएको हो ।



विजनेस दर्शनका सम्पादक सन्तोष गन्धर्वद्वारा संचालित कार्यक्रमको सभापतित्व पत्रिकाका निर्देशक दिपक नेपालीले गर्नु भएको थियो । बरिष्ठ पत्रकार नजरराम महर्जनले विमोचन गर्नु भएको उक्त कार्यक्रममा कीर्तिपुरका पत्रकारहरू श्रीकृष्ण महर्जन, नारायण महर्जन, ललेन्द्र शाक्य, संस्कृतिविद प्रयागमान प्रधान, प्रेमकृष्ण श्रेष्ठ, मथुरा खनाल, मोति शर्मा, अमिर श्रेष्ठ, रिता श्रेष्ठ, विन्दु श्रेष्ठ लगायतको उपस्थिति रहेका थिए ।

उक्त पत्रिकाको प्रकाशकः ट्रि मिडिया न्यूज, जुन मोबिल्याण्ड ग्रुप अफ कम्पनिजको अन्तर्गतको छ । निर्देशक ः दिपक नेपाली, सम्पादक ः यशोदा राई, प्रधान सम्पादक ः सन्तोष गन्धर्व रहुन भएको छ । 



कार्यक्रममा उपस्थित पत्रकारहरुको जिज्ञासा र सुझावको प्रतिउत्तर दिनेक्रममा प्रकाशक टिमका निर्देशक दिपक नेपालीले विजनेस दर्शन म्यागाजिनले किर्तिपुरको ऐतिहासिक धरोहरलाई विजनेसको रुपमा परिवर्तित गर्ने प्रतिबध्दता जनाउनु हुँदै यहि उद्देश्य पूर्तिका लागि विजनेस दर्शन म्यागाजिनको उत्पति भएको बताउनु भयो । देशब्यापि रुपमा विजनेस दर्शन म्यागाजिनलाई सफल बनाउन प्रकासाक टिम सधै एक ढिक्का भएर लागि पर्ने पनि निर्देशक दिपक नेपालिले बताउनु भयो।



विजनेश दर्शन सुभारम्भ कार्यक्रममा आउनु भएका आगन्तुकहरुबाट सल्लाह सुझाब सन्कलन गरि म्यागाजिनको अर्को अंकमा समेट्ने पनि प्रकाशक टिमले जनाएको छ । उक्त पत्रिकाको सम्पादकीयमा यसरी लेखिएका छन ।

 बिजनेश दर्शनको जन्म कीर्तिपुरको गौरब

ऐतिहासिक नगरी कीर्तिपुरको पहिचानका रुपमा तपाईहरुमाझ बिजनेश दर्शन प्रकाशन भएको छ । आफ्नो पहिलो प्रकाशनमा केही मनमा लागेका कुरा यस सम्पादकीयका रुपमा व्यक्त गर्न पाउँदा खुशी लागेको छ । कोरोना भाइरस संक्रमण र यसको जोखिमले निम्त्याएको परिस्थितिको सामना तपाईं हामी सबैले गरेका छौं । त्यसमा पनि बदलिँदो राजनीतिक घटनाक्रमले हामी सबैलाई निराश बनाएको छ । त्यस्तो अवस्थामा जन्म लिएको विजनेश दर्शन ले तपाई हाम्रा आवजलाई अवश्य समेट्ने विश्वास दिलाउन चाहन्छौं ।


कोरोना भाइरस संक्रमण र विभिन्न विपत्तिले थला परेको नेपालको समग्र आर्थिक अवस्था र नागरिकको खबरदारीलाई हामी प्रमुख प्राथमिकता दिनेछौं । हाम्रो उद्देश्य, कीर्तिपुर क्षेत्रको आर्थिक सुधकार तथा स्थानीय निकायसँग जनताको सवाललाई प्रस्तुत गर्ने जमर्को गरेका छौं । हामी कसैंप्रति प्रभावित भएर, कसैको मानहानी हुने र पत्रकारिताको मर्यादालाई ख्याल रुाख्दै ऐतिहासिक नगरी कीर्तिपुरको प्रतिष्ठा बचाई राख्ने हाम्रो प्रयासमा कटिवद्ध छौं ।



हालै अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७७/०७८को फागुनसम्मका समष्टिगत आर्थिक परिसूचक, राजस्व परिचालन र खर्च व्यवस्थापनको अवस्था र सोही अवधिसम्मका आर्थिक–सामाजिक विकासका प्रमुख सूचकहरु समावेश गरी आर्थिक सर्वेक्षण २०७७/०७८ प्रकाशन गरेको छ । त्यसमा आर्थिक वर्ष 2076/077 मा कोरोना भाइरस महामारीबाट नेपालको अर्थतन्त्र प्रभावित हुन गई आर्थिक वृद्धिदर पछिल्लो दुई दशकमै पहिलो पटक २ दशमलव १२ प्रतिशतले ऋणात्मक रहेको छ जुन आर्थिक वर्ष २०७१/०७२ मा गएको विनाशकारी भूकम्पबाट सिर्जित आर्थिक क्षति भन्दा उच्च रहेको छ । अर्थ मन्त्रालयको यो अध्ययनले के देखाउँछ भने हामी पनि अब जिम्मेवार भएर अघि बढ्नु पर्छ कि हाम्रो मुख्य जिम्मेवारी निभाउने क्रममा स्थानीय तहलाई संघीय सरकारसंग प्रत्यक्ष जोड्न एउटा सुन्दर पुलको काम गर्ने छौं । यहाँहरुको साथ सहयोग सधैं रहने हामीले विश्वास लिएका छौं । यस क्षेत्रको साना उद्योग, कृषी, व्यवसाय, पर्यटकीय क्षेत्रको अध्ययन गरी विकासका लागि पहल गर्ने र राज्यलाई उत्तरदायी बनाउन हामी खबरदारी गर्ने छौं ।







No comments:

Post a Comment