Friday, August 13, 2021

कीर्तिपुर वडा ९ मा उद्घोषण तालिम सम्पन्न

 कीर्तिपुर वडा ९ मा उद्घोषण तालिम सम्पन्न




गत श्रावण २० गते वडा ९ स्तरीय महिला संजालको आयोजनामा कीर्तिपुर वडा ९ को सहयोगमा कीर्तिपुर मा.विको हलमा १० दिने नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न गरियो । सभापति वडा ९ स्तरीय महिला संजालका अध्यक्ष संगिता महर्जन, प्रमुख अतिथि कीर्तिपुर न.पा का उपप्रमुख सरस्वती खड्का, बिशिस्ट अतिथि कीर्तिपुर वडा ९ का अध्यक्ष गंगाराम महर्जन, वडा महिला सदस्य तथा महिला संजालकी संरक्षक सुनिता नकर्मी, अधिवक्ता जमुना नकर्मी, संचारकर्मी विरेन्द्र शाक्य, पत्रकारहरु, महिला समूहका सदस्यहरुको उपस्थिति रहेको थियो ।



तालिममा २५ जनाको सहभागीता रहेका थिए । यो १० दिनको तालिममा आयोजक महिला संजालकी सचिव तथा संचारकर्मी अनिता महर्जन प्रशिक्षकको रुपमा रहेको थियो भने शिक्षासेवी नन्दकुमारी महर्जन (नानीमिस), अधिवक्ता जमुना नकर्मी साथै संचारकर्मी विरेन्द्र शाक्यले पनि प्रशिक्षण दिएको थियो । यो तालिम श्रावण ११ गते शुरु भएर २० गते समापन गरियो । १० दिनको तालिममा सहभागी प्रशिक्षार्थीहरु मध्य नै लसता माँ पुचबाट शान्ति महर्जन र तुँचुक  महिला समूहबाट सुमित्रा श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए । सहभागी प्रशिक्षार्थीहरुमा नयाँ बजार महिला समूहका हर्मिला महर्जन, बालकुमारी मिसाः पुचःबाट जीना महर्जन, खल्ब मिसाः पुचबाट सरिता महर्जन, मिलिजुली आमा समूहबाट संगिता ढकाल, सुनगाभा महिला समूहबाट शान्ति महर्जन र विद्यार्थीबाट त्ग् मा ःबकतभच गर्दै रहेका सबिना महर्जनले तालिमको अनुभव तथा आफ्ना विचारहरु राखेका थिए । “महिला क्षमता अभिवृद्धि गराउने उद्देश्यले वडा ९ भित्रमा भएका हालसम्मका १७ वटा महिला समूहका दिदीबहिनीहरु र विद्यार्थी वर्गहरु समेत समेटेर यो तालिम संचालन गरेका हौ ।” सुनिता नकर्मीले बताए । “यो तालिम दिनुको उद्देश्य भनेकै महिलाहरु समाजमा दुई चार जनाको सामु र मञ्चमा उभिएर आफ्नो परिचय समेत दिन नसकेकोले आफ्ना मनमा लागेका भावनाहरु खुलस्त रुपमा सबैको सामु राख्न सक्ने गराउनु हो । यसैले महिलाहरु शिक्षाको कारण, कानुनको ज्ञानको कमी र भाषाको ज्ञान नभएकै कारण बोल्न गाह्रो भएकोले यही विषयमा पोख्त प्रशिक्षकहरुबाट पनि कक्षा संचालन गरेका थियौ । यो १० दिनको तालिम उनीहरुका लागि अपुग महसुस गरेको छ र आगामी दिनहरुमा पनि निरन्तर आफूले सिकेका महिला हकहित अधिकार र ज्ञान दिने कुरामा म कहिले पछि हट्ने छैन” प्रशिक्षक अनिता महर्जनले बताए । 



  कार्यक्रममा प्रशिक्षार्थीहरुको कुरा सुनेर प्रमुख अतिथिको रुपमा आउनुभएका सरस्वती खड्काले ज्ञानवद्र्धक खेल खेलाउदै साथै आगामी दिनहरुमा महिलाहरुले आफ्आफ्नो समूहमा हिसाब किताब राख्न नसकेकोले राम्रोसंग ब्यवस्थित तरिकाले समूह संचालन गर्नका लागि लेखा ब्यवस्थापन तालिम दिने र कानुनमा पनि महिलाहरुको पहुँच हुन सक्ने जस्ता कार्यक्रमहरु राख्ने कुरा बताउनु भयो साथै सबै प्रशिक्षार्थीहरुलाई हौसला दिदै बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।  



“अहिले सम्म हामीलाई हौसला साथ र सहयोग दिनु हुने बजेतको ब्यवस्था गरिदिनुहुने नगर, वडा र  प्रशिक्षकहरुलाई धेरै धन्यबाद । तालिम लिनुभएकाहरु पनि त्यतिकै नबसी आगामी दिनहरुमा पनि आफूमा भएको क्षमतालाई पहिचान गरि निर्धक्कका साथ मनको कुरा ब्यक्त गर्न सक्ने र जीवनमा परिवर्तन भएको देख्न पाउँ” भन्दै संगिता महर्जनले बधाई तथा शुभकामना ब्यक्त गरे ।

No comments:

Post a Comment